Published On:Wednesday, February 25, 2015
Posted by Unknown
नगद पुरस्कार पाइने नेपाली सामाजिक संजाल सार्वजनिक
कुनै समय पेन्टागनमा सिस्टम इन्जिनियरको रुपमा काम गरेका गोविन्द गिरीले स्थापना गरेको कम्पनी सगुन इंकले यस्तो एप्लिकेशन निर्माण गरेको हो । पेन्टागनमा रहँदा गिरीले सगुनलाई गुगलजस्तै सर्च इन्जिन बनाउने प्रयास गरेका थिए ।
सूचना प्रविधि क्षेत्रमा केही फरक काम गर्ने इच्छा बोकेका गिरीले त्यही सगुनलाई सामाजिक सञ्जाल जस्तै ‘सगुन’ एप्लिकेशनको विकास गरेर सार्बजनिक गरेका छन् । यसमा फेसबुक, ट्वीटर, ह्वाट्स एप, स्न्याप च्याट, इन्स्टाग्रामसहितका मेसेजिङ साइटको विशेषता छ नै । त्यस अतिरिक्त यसमा खाता खोल्दा, साथी बनाउँदा, सेक्रेट म्यासेज पठाउदालगायतका साइटमा इन्गेज भएर विभिन्न गतिविधि गर्दा प्रयोगकर्तालाई रिवार्ड प्राप्त हुन्छ । यसलाई सगुन सोसल स्मार्ट कार्डका रुपमा प्रयोग गर्न सकिन्छ । विशेष प्रकारले डिजाइन गरिएको यो कार्डले ग्राहकलाई अनलाईन सपिङ गर्न र अनलाइनमार्फत उपहार प्रदान गर्न सहज बनाउछ । प्रयोगकर्ताले खाता खोल्नासाथ आफ्नो पिग्गी बैंकमा ५ डलर प्राप्त गर्छ ।
त्यसै गरी अन्य गतिविधिबाट जम्मा भएको रकम निश्चित समयपछि सगुन इंकले आधिकारिकता प्रदान गरेका खुद्रा विक्रेतासँग आफ्नो स्मार्ट कार्ड प्रयोग गरेर सपिङ गर्न सकिन्छ । कार्ड प्रयोगकर्ताको प्रोफाइल सगुन एप्समा समावेश गरिएको हुन्छ । यो डिजिटल उपहार प्रदान गर्न चाहनेका लागि ‘वन स्टप शप’ हुनेछ । सुचिकृत विक्रेताहरुकोमा गएर सबैभन्दा पहिला यो स्मार्ट कार्डको प्रयोग गर्नेले ५ अमेरिकी डलर बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।
यससँगै रहेको मी पेजले प्रयोगकर्ताको व्यवसायिक उपलब्धि हासिल गर्न र समाजिक जीवनको प्रभाव बढाउने मद्दत गर्नेछ । यसअघि सगुनले ‘सिक्रेट’ र ‘ओकेजन’ एप्लिकेशन लञ्च गरिसकेको छ । जसमा प्रयोगकर्ताले तस्वीरमार्फत उनीहरुको व्यक्तिगत क्षण एक अर्कामा साटासाट गर्न सक्छन् । कुनै विज्ञापन बिना अहिलेसम्म सगुनमा १ लाख १६ हजार रजिष्टर्ड प्रयोगकर्ता छन् ।