Published On:Sunday, February 22, 2015
Posted by Unknown
विश्व कप क्रिकेटमा भारत र दक्षिण अफ्रिकाबीच भएको खेलमा १० रोचक पक्षहरू
विश्व कप क्रिकेटमा आइतबार भारत र दक्षिण अफ्रिकाबीच भएको खेलमा १० रोचक पक्षहरू यस्ता छन्
१. भारतीय कप्तान महेंद्र सिंह धोनीको टस जीतेर पहिले ब्याटिङ गर्ने निर्णय सही सावित भएको छ। टस जितेपछि अफ्रीकी कप्तान एबी डी विलियर्सले पनि आफूहरूले टस जितेको भए पनि ब्याटिङ गर्ने बताएका थिए।
२. शिखर धवनले लगातार दोस्रो खेलमा शानदार प्रदर्शन गरेका छन्। यसअघि पहिलो खेलमा पाकिस्तानविरूद्धको खेलमा उनी सतक बनाउन चुकेका थिए। आइतबार उनले शानदार प्रदर्शन गर्दै १३७ रनको महत्वपूर्ण पारी खेले।
३. शिखर धवनले विराट कोहली र आजिंक्य रहाणेसँग दुई महत्वपूर्ण साझेदारी गरेका छन्। जुन भारतको जितका लागि महत्वपूर्ण साबित भएको छ। धवनले कोहलीसँग १२७ र रहाणेसँग १२५ रनको साझेदारी गरेका थिए।
४. पाकिस्तानविरूद्धको खेलमा रहाणेलाई पछाडि ब्याटिङमा पठाउनु आइतबारको खेलमा गलत सावित गरिदिएका छन्। अफ्रिकाविरद्धको खेलमा आइतबार कप्तान धोनीले उनलाई दोस्रो विकेट झरेपछि मैदानमा पठाएका थिए। रहाणेले धवनसँग मिलेर ७९ रन बनाए।
५. आइतबार कप्तान महेंद्र सिंह धोनीको ब्याट नचलेपनि उनले११ बलमा १८ रनको महत्वपूर्ण पारी खेलेका थिए।
६. एक समय भारतीय टीमले तीन सय रनको स्कोर छुन नसक्ने अवस्था आएको बेला ५० ओभर पुरै खेल्दै ७ विकेट गुमाएर ३०७ रनको स्कोर बनाउँदै दक्षिण अफ़्रीकाविरूद्ध मनोवैज्ञानिक दबाब दिएको थियो।
७. बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरेको भारतीय बलरहरूले उत्कृष्ट बलिङ गर्दै अफ्रिकालाई दबाममा राखेका थिए। बलर छान्न पनि धोनीले आइतबार उत्कृष्टलाई छानेका थिए।
८. अफ्रिकी इनिङको सुरूमै हाशिम अमलालाई रन आउट गर्ने एउटा महत्वपूर्ण मौका भारतीय टीमले चुकाएको थियो। तरपनि अन्य बलहरूलाई उत्कृष्ट फिल्डिङ गर्खै गल्ती सुधारेको थियो। डी विलियर्स र डेविड मिलरलाई रन आउटकै सिकार बनाएको थियो जबकि पाँच खिलाड़ी खेलमा क्याचच आउट भएका थिए।
९. भारतीय स्पिनरले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे। सुरूमै रवींद्र जडेजा र आर अश्विनले दक्षिण अफ़्रीकी ब्याट्म्यानलाई पबेलियन फर्काएका थिए। अश्विनले दुई विकेट लिए भने जडेजाले एक विकेट लिएका थिए।
१०. महेंद्र सिंह धोनीको कप्तानी भारतलाई फापेको छ। खेलमा चाहे टस जितेर ब्याटिङको निर्णय होस् वा रहाणेलाई अघिल्लो क्रममा उतार्ने कै किन नहोस्। धोनीको यो फेसला प्रतियोगितामा सुपरहिट भएको छ।