Published On:Monday, February 23, 2015
Posted by my storry

मलेशीयामा मासिक २० हजार देखि २ लाखभन्दा बढि कमाउने नेपालीसम्म छन्


मलेसियाबाट सन्तोष देउजा लेख्छन-


कामको प्रकृती फरक फरक छ । तर सबैको सपना एउटै छ, सकेसम्म धेरै कमाउने र नेपाल मै केही गरेर जीवन गुजारा चलाउने । यद्यपी आफ्नो घर परिवार छाडेर यो बिरानो देशमा आउनुको सबैको छुट्टा छुट्टै बाध्यताहरु छन् ।

मलेशिया, करिब छ लाखभन्दा बढि नेपालीहरुको सुखद भबिष्यनिर्माण देश । अनगिन्ती सपनाहरु बुनेर नेपालीहरु मलेशीयामा रोजगारीका लागी आएका छन् । देशले मासिक अर्बौ रेमिटान्स भित्र्याई रहेको छ । यहाँ मासिक २० हजार देखि २ लाखभन्दा बढि कमाउने नेपालीसम्म छन् । यीनीहरुको कामको प्रकृती फरक फरक छ । तर सबैको सपना एउटै छ, सकेसम्म धेरै कमाउने र नेपाल मै केही गरेर जीवन गुजारा चलाउने । यद्यपी आफ्नो घर परिवार छाडेर यो बिरानो देशमा आउनुको सबैको छुट्टा छुट्टै बाध्यताहरु छन् । सबैको आ—आफ्नै संघर्ष र सफताकाकथाहरु पनि । सम्झनाका सियोहरुले बढेमानको माला उनेर खुल्ला आकाशमा उडेको एउटा नौ जवानको आंशिक भएपनि सफलताको कथा यस्तो छ । 
हाल दाङ्ख जिल्ला त्रिपुर नगरपालिका तत्कालिन नारायणपुर गाविस ठाँटीगाउमा जन्मिएका २३ बर्षिया खिमबहादुर बुडाथोकीको संर्घष र सफलताको कथा हो यो । 
अनायसै जीवनमाचोट भईदिन्छ,
कहिल्यै नमेटिने खोट भईदिन्छ 
हिम्मत गरे नहारी दुनियाँसंग
त्यहीचोट नै संघर्षको अठोट भईदिन्छ । 
यस्तै भयो खिमबहादुर बुढाथोकीको जीवनमापनि ....
१४ बर्षको कलिलै उमेर छदाँ बाबु आमा एकै पटक सवारी दुर्घटनामा गुमाए पछि २ भाई र एक बहिनी सहित बेसाहरा बने खिमबहादुर बुढाथोकी जतिबेला उनी कक्षा आठ पढ्दै थिए । पढेर ठुलो मान्छे बन्ने मन भरी चाहनाहरु हुदाहुदै पनि पहिलो त्रैमासिक परिक्षा दिन भ्याउदा नभ्याउदा उनको अध्ययनले त्यही पुर्ण बिराम लिन पुग्यो । बाबु आमाको काखमा रमाउदै खेल्ने पढ्ने उमेरमा उनको छाती माथी बिशाल सगरमाथाले थिचे जस्तो पारिवारिक बोझ थोपरिदियो । २ भाई र १ बहिनीलाई साहरा दिनु पर्यो । जसकालागी सानै उमेरमा उनी रोजगारी लागी भारत छिरे । उनले बाच्न र बचाउनका लागि जस्तो पनि काम गर्नु पर्यो । केही समय भारतमा काम गरेर उनी फेरी नेपाल फर्किए । नेपाल आएर उनले गाँउकै साथीहरुको सल्लाहमा चालक बन्ने सपना बुन्दै सहचालकको काम गरे । सवारी चालक बन्ने सपनालाई बिचैमा रोकेर आफन्तको सहयोगमा खिमबहादुर खाडी मुलुक कतार हानिए । जति बेलाउनको उमेर १७ बर्ष थियो । राहदानी बनाउदा उमेर थपेर बाध्यताले कतार छिरे पनि भने जस्तो पैसा कमाउन सकेनन् उनले । करिब २ बर्ष कतार मै तातो घाम सहेर संघर्ष गरेपछि नेपाल फर्किएर परिवार व्यस्थापनकै लागी भए पनि विवाह गरे खिमबहादुरले । स्वदेशमा रोजगारीको खडेरी लागी रहदा उनि पनि त्यो पिडा भन्दा बाहिर उम्कन सकेनन् र फेरी रोजगारीकालागी मलेशिया आए । अहिले मलेशियाका खिमबहादुर खुसी छन्। यहाँको कमाईबाट उनका धेरै सपनाहरु पुरा हुदैछन् । मासिक ६० हजार भन्दा बढि बचाउन सफल छन् उनी । बैदेशिक रोजगारी सबै कालागी पायक नपर्न सक्छ तर खिमबहादुरको लागी सुखद भविष्यको मार्ग बनेको छ । कुनै समय बेसाहरा बनेको उनको परिवार आज खुसी छ, सुखी छ । नेपालमा अझै पनि लाखौ युवाछन्, जो संघर्षबाट डराएका छन् । उनीहरुको लागी खिमबहादुर एउटा उदारहणको पात्र बनेका छन् । जीवन एउटा दुख सुखको नदि हो जुन ओरालोमा तिब्र गतिले बग्न खोज्छ, उकालोमा उल्टो फर्कन खोज्छ । त्यसैले दुख बिना संघर्षको पहिचान गर्न सकिदैन् । अनि सफलताको सिडी चढ्न सकिदैन् । समयलाई पर्खनु भन्दा समयानुकुल हुन सक्नु सफलताको जग हुन सक्छ । बुझाई सधै सकरात्मक होस् भनाई यत्ति मात्र हो । 

0 comments for "मलेशीयामा मासिक २० हजार देखि २ लाखभन्दा बढि कमाउने नेपालीसम्म छन्"

Leave a reply

    Popular Posts

    Blog Archive