Published On:Monday, February 23, 2015
Posted by dadad

सुसिल बा ! स्वर्गलोक जाने की पदबाट रिटायर हुने ?

१ वर्षअघि सरकार गठनका लागि सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेबीच पदीय बाँडफाँडमा केही किचलो देखिएपनि प्रधानमन्त्री चयन सर्वसम्मत भयो । प्रधानमन्त्री पदमा कोईरालाको आसनपछि धेरैले धेरै अपेक्षा गरेका थिए । प्रधानमन्त्री कोइरालाको नेतृत्वमा सरकार गठन भएको १ वर्ष वितेसँगै सरकारको नेतृत्वप्रति भने विभिन्न टिप्पणीहरु सुरु भएका छन् । 
कसैको अवरोध विना सरकार संचालन प्रक्रिया अघि बढेपनि कोइराला नेतृत्वको सरकारले सोचेअनुसार काम गर्न नसकेको उसकै सभापतित्वमा रहेको नेपाली काँग्रेसका स्थानीय देखि केन्द्रीय तहका नेताहरुको विरोध छ ।
यो सरकार हुनु र नहुनुमा कुनै फरक नभएको नेपाली काँग्रेसका युवा नेता गगन थापाको टिप्पणी छ । उनले कर्मचारीको सरकार र कोइराला नेतृत्वको सरकारमा केही फरक नभएकाले छिट्टै नयाँ नेतृत्व आवश्यक रहेको बताए ।
यस्तै, अर्को दोस्रो ठूलो सत्तारुढ दल नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पनि सरकारको काम कारबाहीप्रति तिब्र असन्तुष्टी पोखेका छन् ।
नेपाली काँग्रेस संसदीय दलको कार्यलय सिंहदरबारमा पनि काँग्रेस नेता देखि कार्यकर्ताहरु कोईरालाकै टिप्पणी गर्नमा व्यस्त देखिन्छन् । सरकारले सार्वजनिक गरेको १ वर्षको कार्यकालमा भएका उपलब्धिका बुँदाहरु निक्कै हाँस्यास्पद भएको एक नेताले बताए ।
उनले नाम नभन्ने सर्तमा भने,–‘प्रधानमन्त्री शुशिल कोईराला की स्वर्गबासी भए हुन्छ, की त पदबाट रिटायर भयो भने देशले चाँडै निकास पाउँछ’
अर्का एक केन्द्रीय सदस्यले थपे,–‘प्रधानमन्त्रीले आफु जस्तो धिरिधिरि अवस्थामा छ, देशलाई पनि त्यस्तै अवस्थामा पुर्याएको छ । प्रधानमन्त्री मात्र होईन, उनका स्वकीय सचिव र अन्य मन्त्रीहरु पनि त्यस्तै त्यस्तै छन् । भगवानले पनि कस्तोसँग जुराईदिएको होला उस्तै उस्तै ?’
प्रतिपक्षीलाई पनि मिलार लैजानुपर्ने जिम्मेवारी भुमिकामा भएपनि प्रधानमन्त्री कोइरालाले अहिलेसम्म आफ्नैलाई समेत मिलाउन सकेको छैन । कोइरालाले आफ्नो एक वर्षको उपलब्धिमा भारतीय प्रधानमन्त्री नरेन्द्रको नेपाल भ्रमणलाई समेत समावेश गराएको छ ।

0 comments for "सुसिल बा ! स्वर्गलोक जाने की पदबाट रिटायर हुने ?"

Leave a reply

    Popular Posts

    Blog Archive