Published On:Tuesday, February 17, 2015
Posted by Tekman Shakya

माओवादीलाई संविधानसभा भन्दा सडक नै प्यारोः सिंह

५ फागुन, काठमाडौं । उप–प्रधान एवम् संघिय मामला तथा स्थानीय विकास मन्त्री प्रकास मान सिंहले एकीकृत माओवादी लगायत दलहरुलाई संविधानसभा भन्दा सडक नै प्रिय लागेको टिप्पणी गरेका छन् । सडकको बाटो रोजेर एकीकृत माओवादी र उसको नेतृत्वमा रहेको मोर्चाले राजनीतिक अस्थिरता बढाएको उनको जिकिर छ । मंगलबार राजधानीमा भएको कार्यक्रममा उनले नियोजित रुपमा नै संविधानसभा असफल बनाउन तर्फ एकीकृत माओवादी लगायत दलहरु अग्रसर रहेको बताए । उनले सडकबाट संविधान जारी हुन नसक्ने भन्दै अविलम्ब छलफलमा आउन विपक्षी दलहरुलाई आग्रह गरे ।

0 comments for "माओवादीलाई संविधानसभा भन्दा सडक नै प्यारोः सिंह "

Leave a reply

    Popular Posts

    Blog Archive