Published On:Friday, February 20, 2015
Posted by Unknown
नियमित सेक्स गर्दाको फाईदा
खुसी रहने महिलाहरू यौनिक रूपमा बढी सक्रिय हुन्छन् । उदास रहने महिलाहरू भने सम्भोगमा त्यति रुचि राख्दैनन् ।
मस्तिष्क र प्रेम दुवै एक-अर्काका लागि ऊर्जादायक छन् । आफ्नो प्रियतमको लामो आयुको व्रत राख्नुभन्दा उनीसित प्रेम गर्नु राम्रो हुन्छ । अनुसन्धानकर्ताहरूका अनुसार जो नियमित संसर्गको आनन्द लिन्छन्, उनीहरूको आयु लामो हुन्छ। यसबाट तनाव जन्माउने हार्मान पनि नियन्त्रण हुन्छ । संसर्गले शरीरमा अतिरिक्त बोसो जम्न दिंदैन ।
सातामा कमसे कम २० मिनेट लामो संसर्गले ५ सय क्यालोरी कम हुन्छ । यो ट्रेडमिलमा १५ मिनेट दौडिएजति हो । सहवास कुनै एन्टिएजिङभन्दा कम छैन । त्यसैले यो टनिकबाट पछि हट्नु हँदैन । सिक्रेट्स अफ द सपरयंगका लेखक डेविड विकका अनुसार सुमधुर यौन जीवनबाट बढ्दो उमेरतर्फ चार कदम पछि हिँडिन्छ ।
यौनसम्पर्क एक किसिमको सुरक्षित खेलजस्तै हो । यो पौडी, साइकिलिङ र जगिङभन्दा पनि बढी प्रभावकारी र आनन्ददायक छ । संर्सगबाट व्यक्तिको मांसपेशी कसिलो हुन्छ । पेल्विस, तिघ्रा, पेटको माथिल्लो र तल्ल्हिस्स् वक्ष र पाखुरा कसिलो हुन्छ भने युटरस, ब्लेडर तथा युरिनको समस्या पनि कम हुन्छ । सक्रिय यौनजीवनले सौन्दर्यमा पनि आकर्षण कायम राख्छ । यसबाट सक्ने शक्ति पनि बढ्छ ।
खानपानमा ध्यान दिनुका साथै प्रेमलाई पनि आफ्नो जीवनको अभिन्न हिस्साका रूपमा अँगाल्नु आवश्यक छ । नियमित यौनसम्पर्कले राम्रो र नराम्रो कोलेस्ट्रोलका बीच सन्तुलन कायम राख्छ । सेक्स हार्मोन एस्ट्रोजनले महिलाको ह्रदयलाई लामो समयसम्म सुरक्षित राख्छ । यसले अल्जाइमर र अस्टियोपोरोसिसबाट पनि बचाउँछ । टेस्टोस्टेरन हार्मोनले हड्डी र मांसपेशीको विकासमा सघाउ पुर्याउँछ ।
सुमधर यौनजीवनले रुघा-खोकीजस्ता कैयन् संक्रमणको सम्भावनालाई पनि धेरै हदसम्म कम गर्छ । सातामा कमसे कम दुई पटक संसर्ग गनार् ले शरीरको रोग प्रतिरोधक क्षमता ३० प्रतिशतसम्म बढ्छ । यौनिक रूपमा सक्रिय महिलाहरूमा स्तन क्यान्सरको खतरा पनि कम हुन्छ । कैयन् क्यान्सर हार्मोनको असन्तुलनका कारण नै हुन्छ । संसर्गले हार्मान सन्तुलन कायम राखेर क्यान्सरको आशंकामा कमी ल्याउँछ ।
स्खलनको नियमितता र यौनसम्पर्कले एक्टिभनेसबाट पुरुषहरूमा प्रोस्ट्रेट क्यान्सरको खतरा १४ प्रतिशतले कम हुन्छ । स्वस्थ जीवनका लागि यौनसम्पर्क राम्रो टनिक हो । हस्तमैथुनको तुलनामा सम्भोगले ४ गुणा बढी सन्तुष्टि प्रदान गर्छ ।
स्वभाविक सम्भोगबाट मस्तिष्कमा डोपामाइन हार्मान उत्पन्न हुन्छ । यसले तन-मनलाई आराम र सन्तोष प्रदान गर्छ । अति हानिकारक भएजस्तै यौनसम्पर्क पनि अत्यधिक भए हानिकारक हुन्छ । यसबाट प्रतिरोधक क्षमता प्रभावित बन्न पुग्छ र योनि संक्रमणको अवस्था सिर्जना हुने अवसर बढ्छ । सुखद र सुमधुर यौनजीवनले एक-अर्काप्रति प्रगाढता बढ्छ ।
यसले आपसी विश्वासमा पनि सकारात्मक प्रभाव पार्छ । संसर्ग पश्चात् पहिलेको तुलनामा संवेदना बढ्छ र ग्रन्थिहरू सक्रिय हुन्छन् । संसर्गपूर्व चकलेट खाए सम्भोग अझ बढी सुखदायक बन्छ । महिनावारीको तीन दिन पीडा रहित गुजार्न पनि सम्भोग लाभदायक सिद्ध भएको छ । सातामा एकपटक भए पनि सन्तुष्टिदायक सम्भोगमा संलग्न भए महिनावारीमा हुने पीडा तुलनात्मक रूपले कम हुनुका साथै त्यो नियमित पनि हुन्छ ।