Published On:Wednesday, February 25, 2015
Posted by Unknown
बालिकामाथि ज्यादतीः गरियो ३५ वर्षको पूरुषसँग विवाह
फागुन १३ काठमाडौं, –हामीले बाहिरबाट हेर्दा भारतलाई निकै विकसित देख्छौँ तर भारतको केहि भुभागहरु त्यस्ता छन् जहाँ मानिसहरुमाथि अन्याय भइरहेको छ । यो कुराको पुष्टि भारतको एउटा ताजा उदाहरणले गर्ने गर्दछ । पुलिसले एउटा यस्तो घटनाको पर्दाफास गरेको छ जसमा एक ३५ वर्षका पुरुषले १२ वर्षकी बालिकासँग विवाह गरेका छन् ।
पुलिसले ती बालिका र उनकी बहिनीलाई षड्यन्त्रकारीहरुको चंगुलबाट निकाल्न सफल भएका छन् । पुलिसले दुबै बालिकाहरुलाई थानामा ल्याएका छन् । बालिकाहरुलाई उनीहरुको अभिभावकसम्म पुर्याउन पहल भइरहेको पुलिसले जानकारी दिएको छ ।
गरिबी र बाध्यताः
वास्तवमा बालिकाहरुका आमा–बुवा गरिब र बाध्य थिए । त्यसकारण उनीहरुले बाध्यतामा आएर आफ्ना दुई छोरीहरुलाई आफूभन्दा टाढा राखे । करिब ६ महिना पहिले आफ्नो छोरीहरुलाई राम्रोसँग पाल्ने भन्दै आफन्त पर्ने एक महिलाले उनीहरुलाई लिएर गएको र पछि त्यहि महिलाले १२ वर्षीय बालिकालाई ३५ वर्षीय सँग विवाह गराइदिइन् । स्थानीय मानिसहरुको सूचनाको आधारण पुलिसले ती बालिका बेहुली र उनकी आठ वर्षीय बहिनीलाई त्यहाँबाट मुक्त गरेर थानामा ल्याएको बुझिएको छ ।
वास्तवमा यो घटना भारतको झाँसीमा बस्ने १२ वर्षीय वर्षा र उनकी आठ वर्षीया बहिनीको हो । उनीहरुको घरमा चार बहिनी र एक भाइ रहेका छन् । राम्रोसँग हेरबिचार गर्छु भन्दै घरबाट टाढा ल्याइएका उनीहरुलाई ती आफन्त पर्ने महिलाले आफ्नो टाढाको नातेदार मुन्नीको घरमा पुर्याइन् ।
महिलालाई पाँच सय रुपैयाँ दिइन्ः
जानकारीका अनुसार, घरमा काम गर्नका लागि मुन्नीले दुबै बालिकाहरुलाई आफ्नो घरमा राखेकी हुन् । यसका लागि उनले ती महिलालाई पाँच सय रुपैयाँ पनि दिएको बुझिएको छ । तर १९ फेब्रुअरीमा उनले आफ्ना ३५ वर्षीय छोरा राजुसँग वर्षाको विवाह गराइदिइन् । वर्षाकी बहिनी पनि त्यहि घरमा नै बस्दै आएकी थिइन् ।
स्रोतः वानइन्डिया