Published On:Friday, February 20, 2015
Posted by Unknown

शुक्रबार साँझ हराएकी बालिका अचेत अवस्थामा भेटिइन्


९ फाल्गुन बारा,   - कलैया बजारबाट शुक्रवार साँझ हराएकी एक बालिका शनिवार अचेत अवस्थामा भेटिएकी छिन् । घरबाट बाबुसँगै बजार गएकी र पछि घर नपुगेकी ७ वर्षीया बालिका कलैया-६ स्थित श्री ३ चन्द्र माविको पछाडिपट्टि भेटिएकी हुन् । स्थानयिले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
उनलाई उपचारका लागि नेशनल मेडिकल कलेज वीरगंजमा भर्ना गरिएकेा छ । बालिकको अवस्था गम्भीर भएकाले आइसीयूमा राखिएको छ ।  घट्नाबारे छानविन भइरहेको प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले बताए ।
'बालिकाको गुप्ताङबाट काठको टुक्रा भेटिएको छ, उनले भने, 'बलात्कार भए/नभएको पुष्टि भएको छैन् । थप अनुसन्धान गर्दैछौं ।' बजारबाट बालिका घर नपुगेपछि अभिभावकले अबेर राती प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले खोजी गरेको थियो । कलैयामा बर्ष दिन यता सात बर्ष मुनिका दुई बालिकाको बलात्कारपछि र एक बालकको ढुंगा प्रहारबाट हत्या भएको छ ।
एउटै प्रकृतिका यस्ता शृङ्खलाबद्ध घटना हुन थालेपछि कलैयामा त्रास बढेको छ । गत माघ २७ मा  मझरिया गाविस-३ मा ५ वर्षीया करुणा ठाकुर लोहारको उनको घर छेउमै हत्या गरी फालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । चार बर्ष यता प्रहरी अभिलेखमा १३ बालबालिकको हत्या भएको उल्ल्ोख छ । 

0 comments for "शुक्रबार साँझ हराएकी बालिका अचेत अवस्थामा भेटिइन् "

Leave a reply

    Popular Posts

    Blog Archive