Published On:Thursday, February 26, 2015
Posted by Unknown

आज निगम एयरबसको पहिलो उडान


१५ फागुन, काठमाण्डौ- भारतीय विमान नियामक निकायलाई कागजात पुर्‍याउन ढिलाई भएका कारण बुधबार पहिलो व्यवसायिक उडान गर्न नसकेको नेपाल वायु सेवा निगमको एयरबसले शुक्रबार विहान ८ बजे करिब १ सय यात्रु बोकेर दिल्ली उडान गर्दै छ ।  कान्तिपुर दैनिकमा समाचार छ
पहिलो व्यवसायिक उडानमा उताबाट करिब ३५ हाराहारी यात्रु विहान सवा १० बजे दिल्लीबाट काठमाडौं आउदैछन् । पूर्व निर्धारित समय अनुसार बुधबार विहान तोकिएको पहिलो उडान हुन नसकेपछी टिकट लिइसकेका १ सय ३० यात्रुलाई निगमले भारतीय विमानमार्फत बुधबार र विहीबार दिल्ली पठाएको थियो ।
त्यसैगरी दिल्लीबाट विहान सवा दश बजे काठमाडौंकालागी ८० जना यात्रुले टिकट खरिद गरेका थिए । तीमध्ये ६१ जना बुधबारै अन्य विहीबार भारतीय विमानबाट काठमाडौं ओर्लिएका थिए । यसैबिच बुधबारको उडान हुन नसकेपछी निगमले विमानस्थलमा रहेको अपरेशन विभागलाई स्पष्टीकरण सोधेको छ । 
भारतीय महानिर्देशनालयसग समन्वयन गर्न ढिलासुस्ती गर्दा यस्तो अवस्था सिर्जना भएको जनाउदै निगमले विभाग प्रमुख ओम बहादुर गुरुङलाई स्पष्टीकरण सोधेको हो । 'पहिलो उडान रोकिनु निगमको मात्रै नभई देशकै प्रतिष्ठासँग जोडीएको विषय भएकाले अपरेशन विभागमाथी छानविन हुदैछ ।' निगम स्रोतले भन्यो ।
निगमले सातामा सातामा चार दिन  दिल्ली उडान भर्दै छ । दिल्लीकालागी एकतर्फी भाडा ७ हजार ८४ र दुईतर्फी १५ हजार १ सय ११ तोकिएको छ । निगमले यो सहित १० वटा श्रेणीका टिकट खुल्ला गरेको छ । सबैभन्दा मंहगोमा एकतर्फी १५ हजार छ ।

0 comments for "आज निगम एयरबसको पहिलो उडान"

Leave a reply

    Popular Posts

    Blog Archive