Published On:Saturday, February 21, 2015
Posted by Unknown
अपराधबाट भागेर अघोरी बाबा
१० फागुन, काठमाण्डौ,- अपराध लुकाउन जोगीको जीवनशैली अपनाएका एक व्यक्ति सजाय सुनाएको १० वर्षपछि फत्राउ परेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ । किर्ते मुद्धामा अदालतबाट धरौटीमा छुटेपछि जोगी अघोरी बाबा बनेका नबराज पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।
नक्कली सर्टिफिकेटलगायत सरकारी कागजपत्र किर्ते गरेको आरोपमा ११ वर्षअघि पोखरेललाई प्रहरीले पक्राउ गरेको थियो ।
धरौटीमा छुटेका उनलाई २४ वैशाख ०६१ मा काठमाडौं जिल्ला अदालतले एक वर्ष कैद र ५० हजार जरिवाना कैद सुनाएको थियो । सो कैदबाट बच्न उनी तान्त्रिक र जोगी बनेका हुन । भेष बदले पनि उनले आफ्नो अपराध लुकाउन सकेनन । उनलाई सिआइबीले सुन्दरीजलबाट पक्राउ गरेको हो ।