Published On:Friday, February 20, 2015
Posted by Unknown

पाकिस्तानको लगातार दोस्रो हार, वेष्टइन्डिजसँग १५० रनले पराजित

९ फागुन, काठमाण्डौ- विश्वकप क्रिकेटमा पाकिस्तान लगातार पराजित भएको छ। शनिबार बिहान आफ्नो दोस्रो खेलमा वेष्टइन्डिजसँग १५० रनको भारी अन्तरले पराजित हुँदै अघिल्लो चरण प्रवेशको सम्भावना कमजोर बनाएको हो। टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै ३१० रन बनाएको थियो। वेष्टइन्डिजका लागि सिमोन्स कप्तान दिनेश रामदिनले हाफ सेन्चुरी पूरा गरेका थिए।
३११ रनको विजयी लक्ष्यसहित मैदानमा आएको पाकिस्तान ३९ ओभरमा अलआउट हुँदै १६० रनमा समेटिएको हो। पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा जेरोम टेलर र आन्द्रे रूसेलले ३-३ विकेट लिएका हुन्। यसअघि आफ्नो पहिलो खेलमा पाकिस्तान भारतसँग ७६ रनले पराजित भएको थियो

0 comments for "पाकिस्तानको लगातार दोस्रो हार, वेष्टइन्डिजसँग १५० रनले पराजित"

Leave a reply

    Popular Posts

    Blog Archive