Published On:Monday, February 23, 2015
Posted by Unknown

खाग तस्करीको खुल्यो जालो


१२ फागुन, काठमाण्डौ- दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको खाग तस्करीको जालो कहाँबाट कहाँसम्म फैलिएको होला ? यसको नाइके होला ? किन र कहाँ खपत भइरहेको होला नेपालबाट तस्करी हुने गैंडाको खाग ?
नेपालमा विसं २०५५–२०५६ बाट संगठित रुपमै लगातार गैंडा मारिने र खाग चोरी हुने क्रम बढे पनि प्रहरीले यसको भेउ पाउन सकेको थिएन । खाग तस्करीमा संलग्नहरु विभिन्न समयमा पक्राउ परिरहे पनि अनुसन्धानको नतिजा तस्करी जालोको फेदसम्म पुग्न सकेको थिएन ।
गत माघ २५ गते मलेसियामा एक नेपाली पक्राउ परे जो खाग तस्करीमा लामो समयदेखि प्रहरीको खोजी सूचीमा थिए । मलेसियन प्रहरीको सहयोगमा कुख्यात गैंडा सिकारी राजकुमार प्रजालाई पक्राउ गरी नेपाल ल्याएपछि भने नेपाल प्रहरीको अनुसन्धान ब्युरो तस्करी जालोको फेदैसम्म पुग्न सफल भएको छ ।
ब्युरोको अनुसन्धान प्रतिवेदन अनुसार राजकुमार वन्यजन्तुको अंग तस्करीमा सक्रिय चिनियाँ समूहका सदस्य रहेछन्, जुन समूहको नाइके अर्थात कारोबारको पहिलो तहमा चिनियाँ नागरिक सक्रिय रहेछन् । ब्युरोले अनुसन्धानमा ठूलो सफलता हात पार्दै प्रजाको समूहमा सक्रिय १४ जनासहित चिनियाँ नाइकेको जालो खुलाइएको छ । यो समाचार मंगलबार नागरिक दैनिकले छापेको छ ।

0 comments for "खाग तस्करीको खुल्यो जालो"

Leave a reply

    Popular Posts

    Blog Archive