Published On:Monday, February 23, 2015
Posted by Unknown
प्रधानन्यायाधीशले भने अब बारको निर्णय कुर्दैनौ

बारले प्रतिनिधि पठाएको छ भने उहाँहरूलाई राखेर अगाडि बढछौं, हैन भने हामीले कति दिनसम्म न्यायाधीश पद खाली राख्ने ?' दसदिने रुस भ्रमण सकेर सोमबार फर्किएका शाहले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग भने, 'मुद्दाको संख्या बढदै गएको छ ।
हामीले बारलाई न्याय परिषदको सदस्यका लागि एक जना कानुन व्यवसायीलाई सिफारिस गर्न दुई महिना समय दिएका हौं, त्यो समयमा पनि नगरे उहाँहरूले पठाउने समय अनिश्चित भयो, हामी अनिश्चित समय कुर्न सक्दैनौं ।'
न्याय परिषदका सदस्य उपेन्द्रकेशरी न्यौपानेले राजीनामा दिएपछि रिक्त पद पूर्तिका लागि बारले आफ्ना एक प्रतिनिधि कानुन व्यवसायीलाई पठाउन पटक-पटक प्रयास गरे पनि सफल हुन सकेको छैन । परिषदले सदस्यका लागि नाम सिफारिस गर्न बारलाई दिएको दुई महिनाको समय सकिएकाले अब थप कुर्न नसकिने निचोडमा शाह पुगेका हुन् ।
प्रधानन्यायाधीशसहित १५ स्थायी र मुद्दाको चापअनुसार थप १० जनासम्म अस्थायी न्यायाधीश राख्न पाउने संवैधानिक प्रावधान भए पनि सर्वाेच्च अदालतमा हाल १२ मात्रै स्थायी न्यायाधीश छन् । अस्थायी न्यायाधीश एक जना पनि छैनन् ।

यसले गर्दा मुद्दाको चाप बढेको सवाे च्चका कामु रजिस्ट्रार श्रीकान्त पौडेलले बताए । न्याय परिषद् पूर्ण नभएकाले न्यायाधीश सिफारिस गर्ने कार्य अवरुद्ध भएको छ । प्रधानन्यायाधीश शाहले अब परिषद् पूर्ण नभए पनि न्यायाधीश सिफारिस गर्ने संकेत दिएका हुन् ।