Published On:Sunday, February 22, 2015
Posted by Durga Acharya
काठमाण्डौंमा दुई किशोरीमाथि एसिड प्रहार
१० फागुन, काठमाडौं ।
काठमाडौंमा आइतबार विहान अज्ञात समूहले दुई किशोरीमाथि एसिड छ्यापेको छ । बसन्तपुर झोछेस्थित ए प्लस ट्युसन सेन्टरमा बसिरहेको अवस्थामा रामेछाप खनियापानी ८ घर भई बसन्तपुर बस्ने १६ वर्षकी संगिता मगर र रौतहटकी १५ वर्षीया सीमा बस्नेतमाथि एसिड प्रहार भएको हो । विहान करिव सवा ६ बजे ट्युसन सेन्टरमा बसिरहेको अवस्थामा मास्क लगाएर आएको समूहले एसिड प्रहार गरेर भागेको प्रहरीले जानकारी दिएको छ । दुबै किशोरी एसएसलसी तयारीका लागि ट्युसन पढ्न गएका थिए । प्रहरीका अनुसार एसिड सीमाको अनुहारको केही भागमा परेको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको छ । उनका अनुसार युवाहरूको समूहले संगितालाई ताकेर हानेको एसिड उनलाई समेत परेको हो । संगिताको भने अनुहारका साथै छाती र खुट्टामा एसिड परेको छ । उनलाई केएमसी अस्पताल सिनामंगल रिफर गरिएको अस्पतालले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । बदला लिन आक्रमण गरेको आशंका गरिएको छ । तर, पीडित युवतीले भने आक्रमणकारीलाई आफूले नचिन्ने बताएकाले अहिलेसम्म थप खुलेको छैन् ।