Published On:Thursday, February 26, 2015
Posted by Unknown
बूढानीलकण्ठमा पनि क्रिकेट मैदान निर्माण हुने
१५ फागुन, काठमाण्डौ। नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलिरहेको क्रिकेटका लागि आवश्यक पूर्वाधार निर्माणका लागि चौतर्फि दवाव आइरहेका बेला सरकारले काठमाडौंको बूढानीलकण्ठमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने भएको छ ।
सुवर्णशम्शेर स्मृति क्रिकेट मैदान निर्माण परियोजना अघि बढाउन सरकारले सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।
गत माघ १२ गते नै मन्त्रिपरिषद्को बैठकले वन तथा भूसंरक्षण मन्त्रालयलाई क्रिकेट स्टेडियम निर्माण परियोजनाका लागि वन क्षेत्रको भोगाधिकार उपलब्ध गराउने तथा रूख हटाउने स्वीकृति दिएको थियो ।
पैँतीस रोपनी क्षेत्रफलमा बन्ने सो स्टेडियमको यही फागुन १७ गते शिलान्यास गर्ने कार्यक्रम रहेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।
नेपालमा हालसम्म अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान छैन । नेपालमा हुने अन्तराष्ट्रिय खेल त्रिभुवन विश्व विद्यालयको मैदन किर्तिपुर र इन्जिनियर क्याम्पसको मैदान पुल्चोकमा हुने गरेका छन् । मुलपानीमा निर्माण भइरहेको क्रिकेट मैदान लामो समय बितिसक्दा पनि पूर्ण हुनसकेको छैन ।
नामिबियामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा सानदार प्रदर्शन गर्दै शीर्ष ४ भित्र परेपछि आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाउने भएकाले पनि क्रिकेट मैदान निर्माणको माग एक पटक फेरि जोडतोडका साथ उठिहरेको छ । प्रतियोगिता होम एण्ड अवेका आधारमा हुने भएकाले पनि नेपालले समेत आयोजना गर्नु पर्ने हुन्छ ।
सन २०१५ ०१७ मा हुने सो प्रतियोगितामा तीन खेल नेपालले आयोजना गर्नेछ । ती खेलहरु किर्तिपुर मैदानलाई नै पुनर्निर्माण गरेर खेलाइने सम्भावना छ ।