Published On:Friday, February 20, 2015
Posted by Unknown

तारा र सीता एयर ठूलो दुर्घटनाबाट बचे


९ फागुन, हुम्ला- हुम्लाको सिमीकोट विमानस्थलमा तारा एयर र सीता एयरको जहाज ठूलो दुर्घटनाबाट बचेको छ। तारा एयरको जहाजले रोकिइरहेको सीता एयरको जहाजलाई धावनमार्गमै ठक्कर दिएपनि कुनै ठूलो मानविय क्षति नभएको सिमिकोट विमानस्थल कार्यालयले जनाएको छ।
शनिबार बिहान विमानस्थलको धावनमार्गमा उडान भर्ने क्रममा तारा एयरको जहाजको पंखाले सीता एयरको जहाजलाई ठक्कर दिएको थियो।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको विमानस्थल कार्यालयले जानकारी दिएको छ। दुर्घटनापछि दुबै विमान ग्राउन्डेड भएका छन्। विमानको मर्मतका लागस दुर्घटनापछि दुबै एयरलाइन्सका इन्जिनियरहरु हुम्लातर्फ गएका छन्।

0 comments for "तारा र सीता एयर ठूलो दुर्घटनाबाट बचे"

Leave a reply

    Popular Posts

    Blog Archive