Published On:Wednesday, February 25, 2015
Posted by Unknown
आयरल्याण्डको लगातार दोस्रो जित
१३ फागुन, काठमाण्डौ विश्वकप क्रिकेट अन्तर्गत बुधबार आयरल्याण्डले युएईसँग संघर्षपूर्ण जित दर्ता गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २७८ रन बनाएको थियो। २७९ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले खेल सकिन ४ बल बाँकी छँदै ८ विकेट गुमाएर पूरा गर्यो। यसअघि युएईका लागि शैनमान अनवारले सर्वाधिक १०७ रनको पारी खेले। ८३ बल खेलेका उनले १ छक्कासहित १० चौका प्रहार गरेका थिए।
यस्तै ओपनर अमजाद अलिले ४५ तथा अमजाद जावेदले ४२ रनको महत्वपूर्ण योगदान दिएका छन्। आयरल्याण्डका लागि केभिन ओब्राइन, सोरेन्सन तथा पाउल स्टर्लिङले २-२ विकेट लिए।
पहिलो खेलमा वेष्टइन्डिजलाई हराएर उत्कृष्ट सुरूआत गरेको आयरल्याण्डका लागि गारी विल्सनले सर्वाधिक ८० रनको योगदान दिए। यस्तै ३५ बलमा ५० रन बनाएका केविन ओब्राहिमले महत्वपूर्ण योगदान दिए। युएईका लागि अम्जाद जावेदले ३ विकेट लिए।