Published On:Monday, February 23, 2015
Posted by Tekman Shakya
रोए र रुवाए विमल अधिकारीले (भिडियो सहित)
कृष्ण आचार्य,
स्याङजा जिल्लामा जन्मीएका तन्नेरी युवा विमल अधिकारी पछिल्लो समय टेलिभिजनमा देखिने अनुहार मध्ये धेरै दर्शकले चिन्ने अनुहार हो ।
अभिनयमा मैलिक पन भएका विमल लोकदोहोरी तथा आधुनिक गित निर्देशन गर्ने निर्देशकको लागि रोजाइ बन्न थालेका छन । विमल भन्छन अभिनय मान्छेको मन भित्र बाट आउनु पर्छ तव मात्र बास्तविक जस्तो बन्न सक्छ ।
२०६५ साल देखी यो क्षेत्रमा संघर्ष गरिरहेका विमलले आज सम्म २ सय ५० भन्दा बढि गितमा अभिनय गरिसकेका छन । आफ्नो अभिनयमा मैलिकता र मेहनत भएको कारणले दर्शकले मन पराइरहेको बताउने विमलले यो क्षेत्रमा आफुले सक्दो मेहनत गरि सबैको मन जित्न लागि परिरहने बताउछन ।
अभिनय मात्र होइन विमलको शव्द संकलन गर्ने क्षमता पनि उतिकै दमदार छ । उनै अधिकारीले पछिल्लो समय नयाँ गित कस्को सिन्दुर लिएर स्रोता सामु आएका छन । प्रभावकारी अभिनय र मार्मिक शव्द रहेको सो गित दर्शक तथा स्रोताले अत्यधिक मन पराएको उनको दावी छ ।
कामको शिलशिलामा विदेश गएका केहि नेपालीले गितले आँशु खसेको बताएका थिए । साथै सो गितको अभिनयको शिलशिलामा पनि आफुले बास्तविक आँसु निकालेको विमलले बताउछन । एउटा गरिवको छोराले धनि सँग माया गरेको कथा बस्तु रहेको सो गित लेख्दा पनि आफ्ना आँखा रसाएको विमलले बताए । गितले देश र विदेशमा स्रोता र दर्शकको मन जित्न सफल भइरहेको उनको भनाइ छ ।
गितमा विष्णु माझि, भगीरथ चलाने र गोविन्द विश्वकर्माको स्वर रहेको छ भने लय रामु खड्का र शव्द विमल अधिकारी र गोविन्द विश्वकर्माले लेखेका छन । विमल अधिकारी र रन्जिता गुरुङ प्रभावकारी अभिनय रहेको गितमा म्युजिक भिडियोको निर्देशन कपिल लामाको रहेको छ ।
विमल अधिकारीको पछिल्लो समय बजारमा आएको गितको म्युजिक भिडियोे हेर्न यहाँ क्लिक गर्नुहोला