Published On:Saturday, February 21, 2015
Posted by Unknown
महायज्ञमा नेताका सात हेलिकोप्टर, अजय सुमार्गीले गरे १ करोड ५५ लाख सहयोग

महायज्ञमा प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री वामदेव गौतम, एमाले अध्यक्ष केपी ओली, भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधि , सिंचाई मन्त्री एनपी साउद, पूर्वमन्त्री डा. प्रकाशशरण महत , कृषि मन्त्री हरिप्रसाद पराजुली, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोबिन्द पोखरेल, भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्याय, एकीकृत माओवादी प्रवक्ता दिनानाथ शर्मा तथा काँग्रेस नेत्री सुजाता कोइराला पुगेका थिए ।
उनीहरुलाई हेलिकप्टर चार्टर गर्ने भने आयोजक नै थिए । कार्यक्रममा व्यवसायी अजय सुमार्गीले १ करोड ५५ लाख ५ हजार ५ सय ५५ सहयोग पनि गरेका छन् । यो समाचार नयाँ पत्रिकाले छापेको छ ।