Published On:Wednesday, February 18, 2015
Posted by Unknown
महिलाको गुप्तांगमा सुँगुरको भुँडी प्रत्यारोपण
निकै साँघुरो गुप्तांगका कारण सम्भोग कार्यमा असमर्थ हुँदै आएकी एक महिलाले नयाँ जिवन पाएकी छिन् । सुँगुरको आन्द्राबाट बनाइएको कृत्रिम मानव योनी ती महिलाको गुप्तांग क्षेत्रमा प्रत्यारोपण गर्न डाक्टरहरु सफल भएका छन् ।चेक गणतन्त्रको लजेनस्थित युनिभर्सिटी हस्पिटलका डाक्टरहरुले ती महिलामा सुँगरको आन्द्राबाट तयार गरिएको योनी प्रत्यारोपण गरेका हुन् ।
साँघुरो मुत्रथैली भएका मानिसहरुको उपचारमा सुँगुरको आन्द्राको प्रयोग गरिँदै आएको दृष्टान्तलाई पक्रिँदै डाक्टरहरुले गुप्तांगमा समेत सुँगुरको आन्द्रा प्रयोग गरे ।
नाम नखुलाइएकी ती महिलामा स्क्लेरोडर्मा नामक रोगका कारण योनीको बाहिरी पत्रको छाला तथा मासु निकै कडा भएर योनीको प्वाल नै लगभग थुनिएजस्तै भएको थियो ।
त्यसपछि डाक्टरहरुले सुँगुरको आन्द्राबाट झिकिएका तन्तुहरुलाई ती महिलाको गुप्तांग क्षेत्रमा प्रत्यारोपण गरे र त्यस क्रममा गुप्तांगका कडा तन्तुहरुलाई हटाए । सुँगुरको आन्द्रँबाट लिइएको तन्तुको जालोले गुप्तांगको आकारलाई चौडा बनाएको छ । सुँगुरको आन्द्रा प्रत्यारोपित योनीक्षेत्रमा विस्तारै ती महिलाकै मानव तन्तुको विकाश हुने र सुँगुरको सरीरबाट ल्याइएका तन्तुहरु नष्ट हुने बताइएको छ । तत् पश्चात उनको योनी सामान्य अवस्थामा फर्किनेछ ।
यो विधिलाई मेस अग्मेन्टेड भ्याजिनल रिकन्स्ट्रक्सन भनिन्छ ।