Published On:Sunday, February 22, 2015
Posted by my storry

श्रीमती रिताले औला भाच्छीन, ३ बर्षको छोरो “बाबा कहिले आउने” भनेर सोध्छ, मन भरिएर आउछ,


मलेसियाबाट सन्तोष देउजा लेख्छन, नेपालीबाटै ठगिए ज्ञानु-


घरमा फोन गर्दै पिच्छे तपाई आउन अब यति महिना बाकी छ भन्दै ज्ञानुकी श्रीमती रिताले औला भाच्छीन रे । ३ बर्षको छोरो सधै “बाबा तपाई कहिले आउने” भनेर सोध्छ मन भरिएर आउछ, ज्ञानु आँसु पुच्दै भन्छन्“सर म त नेपाल फर्कुला झै लाग्दैन्, कति नै ठुलो सपना देखेर रिताले जबरजस्ती बिदेश पठाईन बिदेशमै कुहिने भै यो 

तस्विरमा देखिएका रामेछाप जिल्ला गुन्सी गाविसका २६ बर्षिया ज्ञान बहादुर मगर हुन् । हाल उनी रोजगारीका लागि मलेशिया छन् । मलेशियाको जोहोर राज्य अन्र्तगत कुला¨ स्थित डल्फन कम्पनीमा सेक्रियुटी गार्ड छन् ज्ञानु । तलब १२ सय रिन्गेट ९ नेपाली करिब ३६ हजार, त्यसैमा खाएर० महिना भरि दिनको बाह्र घण्टा खटेर कमाउछन् ।

उनी मलेशिया बसेको १७ महिना बितिसक्यो । तर उनले हाल आएर मात्रै बिदेश आउदाको ऋण चुक्ता गर्न सफल भए । उनी यो सुधारिएको स्थितीसम्म आईपुग्दा धेरै कष्टहरु सहेर सम्हालिएका छन् ।
मेनपावरले जापनिज ईलेक्ट्रोनिक कम्पनी भनेर वावासेन नामक बिल्डी¨ कन्ट्रक्सनमा पठाईदियो । मलेशिया आएपछि खाना बस्न मात्रै पुग्ने तलबमा काम गर्न उनलाई पटक्कै मन भएन् ।
जिउ ज्यानको प्रवाह नगरी उनी अवैध रुपमा मलेशिया बस्न थाले । यो बिचमा काममा लगाईदिने प्रलोभनमा धेरै नेपालीहरुबाटै ज्ञानु ठगिएका रहेछन् । ईलाम जिल्ला ईवा¨ गाविस अन्दाजी २९ बर्षिया डिल्ली काफ्ले नाम गरेका व्यक्तिले ज्ञानको २७ सय ७० रिन्गेट९नेपाली करिब ९५ हजार० लिएर फरार छन् । 
१० महिना भयो काफ्ले सम्पर्क बाहिर छन् । अबैध रुपमा मलेशिया बस्दै आएका काफ्लेले नै ज्ञानुलाई काममा लगाईदिएका थिए । नेपालको ऋण एकमुष्ठ पैसा पठाएर तिरौला भन्ने सपना ज्ञानुको अधुरै रह्यो । पालो गरि पैसा पठाउने नाममा ३ महिना पछि ज्ञानु रित्तै भए । त्यसदिन देखि बिच्कििएको मन लिएर उनी मलेशियाको क्वालालाम्पुर छाडेर कुला¨मा अबैध रुपमै सेक्रियुटी गार्डको काम गर्दै आएका छन् । 
यो कामको लागि पनि नेपाली दलाललाई उनले ३ सय रिन्गेट तिरेका रहेछन् । कुला¨मा आएर पनि बेईमान काफ्लेलाई ज्ञानुले सम्पर्क नगरेका होईनन् तर उसले आज र भोली भन्दै निर्दोष ज्ञानुको अनुहार मैलाउने काम गर्यो । हाल उ पुर्णरुपमा सम्पर्क बाहिर छ ।
ज्ञानुले नेपालमा मेनपावर कम्पनीलाई करिब डेड लाख तिरेका रहेछन् । मेनपावरले झुक्याएर मलेशिया पठाए पछि आज ज्ञानु चाहेको बेला आफ्नो घर जान सक्दैनन् । घरमा पिरलो हुन्छ भनेर ज्ञानुले आफ्नो
स्थिति बारे अहिलेसम्म परिवारलाई भनेका छैनन् ।

घरमा फोन गर्दै पिच्छे तपाई आउन अब यति महिना बाकी छ भन्दै ज्ञानुकी श्रीमती रिताले औला भाच्छीन रे । ३ बर्षको छोरो सधै “बाबा तपाई कहिले आउने” भनेर सोध्छ मन भरिएर आउछ, ज्ञानु आँसु पुच्दै भन्छन्“सर म त नेपाल फर्कुला झै लाग्दैन्, कति नै ठुलो सपना देखेर रिताले जबरजस्ती बिदेश पठाईन बिदेशमै कुहिने भै यो

” नेपाल हुदा पनि पार्टनरसिप व्यापारमा ज्ञानु आफ्नै साथीबाट ठगिएका रहेछन् । अब ज्ञानुको चाहाना भनेकै धेरै पैसा कमाएर श्रीमती र छोराको लागि नेपाल पठाइदिने मात्रै छ अरे । यसरी नबुझी नजानी बिदेश आउदा धेरै नेपालीको बिचल्ली भएको छ । बिदेशमा पनि नेपालीबाटै ठगिनु पर्दा ज्ञानु जस्ता धेरै नेपाली कामदार अहिले जीवन देखि आशा मारिसकेका छन् ।

0 comments for "श्रीमती रिताले औला भाच्छीन, ३ बर्षको छोरो “बाबा कहिले आउने” भनेर सोध्छ, मन भरिएर आउछ,"

Leave a reply

    Popular Posts

    Blog Archive