Published On:Thursday, February 26, 2015
Posted by my storry
अन्तत मैनालीकै पोल्टामा परयो लोकसेवा
संवैधानिक परिषदले लोकसेवा आयोगको अध्यक्षमा पूर्व सचिव उमेश मैनालीलाई नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार साँझ बसेको संवैधानिक परिषदको बैठकले मैनालिलार्य अध्यक्षमा नियुक्तिका लागि सिफारिस गरेको हो ।
त्यस्तै सदस्यहरुमा वृन्दा हाडा, डा। गोविन्द कुसुम, श्रीपुरुष ढकाल, अशोककुमार झा, ब्रम्हदेव राय र कृष्णचन्द्र झाको नाम सिफारिस गरेको छ । सिफारिस भएकाहरु लाई संसदीय सुनुवाईपछि सरकारले नियुक्त गर्नेछ । गएको फागुन ४ गते लोकसेवा आयोगका पदाधिकारीहरु कार्यकाल पूरा भएपछि अहिले आयोग पदाधिकारी विहीन रहेको छ ।