Published On:Wednesday, February 25, 2015
Posted by Unknown
२३ क्यान्सर रोगीमा महिला मात्र १६
अछाम–क्यान्सर रोगको उच्च जोखिममा रहेको छ। त्यसमा पनि बढी महिला जोखिममा रहेका छन्। करिव तीनवर्ष यताको तथ्यांक अनुसार जिल्ला अस्पतालमा सिफारिस लिन आएका २३ जना क्यान्सर रोगका विरामीलाई निशुल्क उपचारको लागि सिफारिस गरिएकोे जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सरद बरालले बताए।
रहनसहन र कमजोर आर्थिक अवस्थालगायतका कारणले अछाम क्यान्सर रोगको उच्च जोखिममा रहेको बरालले बताए। महिलामा पाठेघर, स्तनत र फोक्सोमा क्यान्सर बढी देखिनुमा सानै उमेरमा विवाह गर्नु, सानै उमेरमा बच्चा जन्माउनु, पिल्स चक्की सेवन, सुर्तीजन्य पदार्थ चुरोट गुट्का सेवन गर्नु र धेरै जनासंग यौन सर्म्पकका कारणले क्यान्सर भएको बरालले बताए।
जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयाजकत्वमा जिल्ला स्तरीय विपन्न नागरिक उपचार तथा राहात समितिको सिफारिसमा क्यान्सर पीडितलाई उपचारको लागि काठमाडौं रिफर गरिएको बताए। सरकारले समितिको सिफारिसमा पठाइएका विरामीलाई एक लाख सम्मको औषधि अस्पतालबाट निशुल्क बेहोर्ने व्यावस्था रहेको छ।
बरालका अनुसार उपचारका लागि आर्थिक वर्ष ०६९/०७० मा महिला तीन र पुरुष तीन गरी जम्मा ६ जना, ०७०/७१ मा महिला पाँच र पुरुष तीन जना गरी जम्मा आठ र ०७०/७१ मा आठ जना महिला र एक जना पुरुष गरी जम्मा नौं जनालाई उपचारका लागि सिफारिस गरिएको जानकारी दिए। जम्मा २३ जना क्यान्सर रोगीमा स्तनका पाँच, पाठेघरका पाँच, फोक्सोका चार जना, रगतका तीन, पिसाव थैलीमा दुई, घाँटीमा एक, पेटको एक, मेरुदण्डको एक र अन्यमा एक जना रहेको अस्पतालले जनाएको छ।