Published On:Monday, February 23, 2015
Posted by Unknown
हिमानीसँग सुध्रियो पारसको सम्बन्ध, स्वदेश फर्काउने तयारी
१२ फागुन, काठमाडौं । पूर्वयुवराज पारस शाह थाई प्रेमिकालाई नलिई स्वदेश फर्किन राजी भएका छन् । फागुन पहिलो साता पूर्वयुवराज्ञी हिमानी शाहले जेलमै भेटेपछि पारसलाई स्वदेश फर्काउने तयारी पनि भएको छ ।
२९ माघमा थाइल्यान्ड गएकी हिमानी ६ फागुनमा फर्केकी हुन् । उनले थाइल्यान्डको उदुकखानीस्थित जेलमै पारसलाई भेटेकी थिइन् । भेटपछि पारस थाई प्रेमिका कन्निका चाइसानलाई नलिई स्वदेश र्फकन राजी भएको हिमानीले परिवारका सदस्यलाई बताएको नयाँ पत्रिकामा खबर छ ।
पारस गत दसैंमा थाई प्रेमिकासहित स्वदेश आउन लागेका थिए, तर श्रीमती हिमानी र बुबा ज्ञानेन्द्रले रोकेका थिए । पछि उनी गाँजासहित पक्राउ परेर र जेलजीवन बिताइरहेका छन् । उनी जेलबाट छुट्ने बित्तिकै नेपाल फर्काउने तयारी भएको छ ।