Published On:Wednesday, February 25, 2015
Posted by Unknown
सीमा र संगीताको उपचार खर्च सरकारले व्यहोर्ने
१४ फागुन, काठमाण्डौ- तेजाब आक्रमणमा परी घाइते भएका दुई किशोरीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले उपचार खर्चका लागि बुधबार गृह मन्त्रालयलाई पत्राचार गरेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
एसएलसीको ट्युसन पढ्न गएका बेला झोंछेस्थित ए प्लस ट्युसन सेन्टरमा आइतबार संगीता पुलामी मगर र सीमा बस्नेतमाथि तेजाव आक्रमण भएको थियो । संगीताको के एमसी अस्पतालमा तथा सीमाको वीर अस्पतालमा उपचार भइरहेको छ ।
घाइते सीमालाई भेट्न बुधबार वीर अस्पताल पुगेका गृहमन्त्री वामदेव गौतमले सरकारले सबै उपचार खर्च व्यहोर्ने बताएका छन् । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहितका अधिकारीहरु पनि वीर अस्पताल पुगेका थिए ।
काठमाडौंका सिडियो एकनारायण अर्यालले घाइते किशोरीहरुलाई तत्काल राहतका लागि जिल्ला महिला राहत कोषबाट २०–२० हजार प्रदान गरिएको र थप खर्चका लागि गृह मन्त्रालयलाई लेखि पठाइएको बताए।