Published On:Saturday, February 21, 2015
Posted by Tekman Shakya

दोस्रो गुल्मी महोत्सव हुने

राजधानीमा आयोजित एक कार्यक्रमका बक्ताहरुले गुल्मीको पर्यटन प्रवद्र्धन र उत्पादनको बजार विस्तारको आवश्यकता औल्याएका छन् । 

दोस्रो गुल्मी महोत्सव मुल आयोजक समितीले राजधानीमा गरेको पत्रकार सम्मेलनमा बोल्ने वक्ताहरुले कृषि उत्पादन, पर्यटन व्यवसाय र साँस्कृतिक एंव प्राकृतिक रुपमा गुल्मीमा धेरै सम्भावना रहेपनि प्रचार प्रसारको कमिका कारण ओझेलमा परेको बताएका छन् । 

पत्रकार सम्मेलनमा मेला आयोजक मुल समारोह समितिका संयोजक एंव उद्योग बाणिज्य संघ गुल्मीका अध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेले महोत्सवमा गुल्मीको स्थानिय उत्पादन, पर्यटकीय स्थलको अवलोकन, स्थानिय कला संस्कृति तथा परम्परागत सीप र प्रविधिको प्रर्दशन गरिने जानकारी दिए ।

मेलामा साहित्यिक गोष्ठि, खेलकुद र फोटो पर्दशनी पनि रहने पाण्डेले बताए ।     


0 comments for "दोस्रो गुल्मी महोत्सव हुने"

Leave a reply

    Popular Posts

    Blog Archive