१५ फागुन, काठमाण्डौ- 'आफ्नै देश आइपुग्दा एकदम खुसी छु, अब केही टेन्सन हुदैन,' वायाँ कानमा मुन्द्रा, रातो रंगको हुक, निलो जिन्ससँगै कालो चम्पल लगाएका गुल्मी वडागाँउ-३ का मीनबहादुर सर्तुङ्गेले त्रिभुवनविमानस्थलमा उत्रेलगत्तै खुसी पोखे । कान्तपुर दैनिकमा समाचार छ ।
वर्षाले बिहीबार राजधानीको जनजीवन प्रभावित थियो । दिउँसो करिब साढे दुई बजे पानीले केही बेर 'ब्रेक' लगाउदा विमानस्थलमा ओर्लिएका २६ वषिर्य मीनबहादुरले थपे, 'आजको दिनमा म धेरै खुसी छु' । उनका लागि बिहीबारमात्र होइन, बुधबार पनि उत्तिकै विशेष दिन थियो । किनकी २९ महिनादेखिको कष्टपूर्ण संघर्षबाट यीनै दुई दिनमा उनले मुक्ति पाएका थिए ।
भारतको गुजरात र पाकिस्तानको सिन्ध सामुन्दि्रक कुनोमा पाकिस्तानी प्रहरीले १३ जनालाई पक्राउ गर्दा मीनबहादुर पनि परेका थिए । १२ भारतीयसहित पक्राउ परेका उनी २९ महिनापछि बुधबार -फागुन २४) कराँचीस्थित मलिर जेलबाट छुटेका हुन् ।
'जेलबाट सिधै कराँची विमानस्थलमा आए, त्यसपछि थाइल्यान्डको बैंकक हुदै यहाँ आइपुगेको हुँ,' उनले भने । अब उनी विदेश जान चाहदैनन् । 'भारत त जादै जान्न, अरू देश पनि जान्न,' चार कक्षासम्म पढेका मिनबहादुरले भने,'अब यतै बस्ने गरि आएको छु । ऋण पनि लगभग सकिएको छ । गाउँमा बारी छ, मकै, कदो रोप्छु । घरमै बस्छु ।