Published On:Thursday, February 26, 2015
Posted by Unknown

बिहेभोजका लागि तीन दिन विद्यालय बन्द


१५ फागुन, बारा । पर्साको सेढवामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रधानाध्यापक जितेन्द्रप्रसाद गौरका छोराछोरीको बिहेभोजका लागि तीन दिन बन्द भएको छ। सार्वजनिक सूचनै जारी नगरी विद्यालय प्रशासनले बुधबारदेखि शुक्रबारसम्म तीन दिन विद्यालय बन्द गरेको हो।
प्रधानाध्यापक गौरकी छोरीको बिहे बिहीबार भएको छ भने उनका छोराको बिहे बुधबार भएको थियो। विद्यालयका सबै १४ शिक्षक हेडसरका छोराछोरीको बिहेमा सामेल भएकाले तीन दिन विद्यालय बन्द भएको विद्यार्थीले बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।


मंगलबार कक्षा सकिने बेला हेडसर गौरले विद्यार्थीलाई आइतबारमात्र विद्यालय आउन निर्देशन दिएका थिए। ‘हेडसरले अब आइतबारमात्र स्कुल खुल्छ भन्नुभयो’, कक्षा ९ मा अध्ययनरत विनोद साहले बिहीबार भने, ‘त्यसैले हिजो र आज स्कुल गइनँ। भोलि पनि जानु पर्दैन।’
स्रोतव्यक्ति नेपालेन्दु साहले स्रोत केन्द्रस्तरीय निर्णय नभई विद्यालयले सार्वजनिक बिदा दिन नमिल्ने बताए। यसअघि वीरगन्ज १४ श्रीपुरस्थित माउन्ट एड्मन्ड मावि एक शिक्षकको बिहेभोजका कारण गत माघ १८ गतेदेखि २० गतेसम्म बन्द थियो।
त्यस्तै पर्साको लवाहरथकरी ७ खेस्राहामा रहेको हरिहरराज उपाध्याय नेपाल राष्ट्रिय प्राविमा पनि गत माघ १४ गते हेडसरका छोराको टीकाटालोमा सबै शिक्षक गएपछि पढाइ भएन।

0 comments for "बिहेभोजका लागि तीन दिन विद्यालय बन्द"

Leave a reply

    Popular Posts

    Blog Archive