Published On:Thursday, February 26, 2015
Posted by my storry
भारतमा मृत्यु दण्ड दिने निर्णय सम्झिए कोईरालाले
भेटकै क्रममा प्रधानमन्त्री कोइरालाले भारतको दिल्लीमा सामूहिक बलात्कार गर्ने व्यक्तिलाई भारतीय अदालतले मृत्युदण्ड दिएको पनि उल्लेख गर्नुभएको थियो ।
१४ फाल्गुण,
प्रधानमन्त्री शुशिल कोइरालाले महिलामाथि हुने हिंसा विरुद्धको कार्यमा सरकारले कुनै कसर वाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
एकीकृत माओावादी निकट महिला संगठनको टोलीले प्रधानमन्त्री निवास बालुवाटार वुभपाएको ज्ञापन पत्र वुझ्दै उँहाले युवती माथी एसिड खन्याउने र बलात्कार गर्ने अपराधीहरुको खोजी गरी उचित कार्वाहीका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
उँहाले महिलामाथि हुने हिंसाका बारेमा सरकार अत्यन्त सजग रहेको बताउनु भयो ।
हिंसाका घट्नाको सही रिपोर्टिङ्ग गरी सरकारलाई सहयोग पु¥याउन पनि प्रधानमन्त्री कोइरालाले आग्रह गर्नुभयो ।
कानून मन्त्री नरहरि आचार्यले किशोरी माथि एसिड फ्याक्ने घट्नालाई सरकारले गम्भीरताको साथ लिएको र प्रहरीले अपराधीको खोजी गरिरहेको जानकारी दिनुभयो । उहाँले अपराधी केही दिनमा नै पक्राउ पर्ने पनि विश्वास व्यक्त गर्नु भयो ।