Published On:Sunday, March 1, 2015
Posted by Tekman Shakya
श्रीमान् डेढ वर्षदेखि विदेशमा, श्रीमतीले छोरी पाइन्
नुवाकोटमा एक विवाहित महिलाले श्रीमान विदेशमा भएको वेला छोरी जन्माएकी छिन् । विदुर नगरपालिका वडा नं. ८ डुडेवगैचाकी १९ वर्षिया मीना माझीले आफ्नो श्रीमान् विदेशमा रहेका वेला परपुरुषसंग अनैतिक कार्य गरि छोरी जन्माएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सुत्केरी महिला तथा उनको नावालिका शिशुको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ ।
स्थानीय महिलाहरुले श्रीमान् धनवहादुर माझी विगत डेढ वर्षदेखि मजदुरीका लागी मलेशियामा रहेको र परपुरुषसंग अनैतिक कार्य गरि वालिका जन्माएको कारण उनी र उनको जिम्मा अव प्रेमीले लिनु पर्ने माग गर्दै आइतवार दिनभर त्रिशूली अस्पतालमा धर्ना र घेराउ गरेका छन् ।
सामरी खोला दोभानमा सामान्य चिया होटेल गरि सासु ससुरासंगै वस्दै आएकी ति महिलाको पहिलाको श्रीमानका तर्फवाट जन्मिएको दुई वर्षिय एक छोरा रहेका छन् । सुत्केरी ति महिलालाई प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।
तीन दिनदेखि घरवाट हराएकी ति महिलाले घरदेखि २० मिटर परको परालको कुन्युमा छोरी जन्माएर लुकीराखेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घटनामा सम्वन्धित व्यक्तिको खोजी भइरहेको उनले वताए ।