Published On:Monday, March 16, 2015
Posted by Tekman Shakya
अन्तराष्ट्रिय प्रतिष्पर्धाका लागि नेपालको सुनचाँदी बजारमा पूर्वाधारै छैन–शाक्य
पछिल्लो समय छिटो छिटो उतार चढाव हुने बजारका रुपमा सुनचाँदीको बजारलाई लिईने गरिन्छ । सुनचाँदीको बजार स्थिर हुन नसकेसँगै यसमा लगानी गर्नेहरु पर्ख र हेरको अवस्थामा छ । सिजनल व्यापार हुने यो व्यवसायले मुख्य सिजनमा पनि राम्रो कारोबार गर्न सकेन ।
अर्को कुरा, नेपाली बजारमा अन्तराष्ट्रिय बजारसँग प्रतिष्पर्धा गर्नका लागि प्रविधिकै अभाव देखिएको छ । यसै विषयमा नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यसँग कुराकानी गरिएको छ ।
नेपालको सुनचाँदी व्यवसाय पछिल्लो समय कुन रफ्तारमा कसरी अघि बढिरहेको छ ?

–अहिले नेपालाको सुनचाँदी व्यवसाय सुस्तको दिशामा छ । सोचेअनुसार व्यवसायलाई अघि बढाउन निक्कै कठिन परिस्थिति छ ।
सुस्त अवस्थामा रहेको नेपालको सुनचाँदी कारोबारलाई सक्रिय बनाउने कसरी ?
–अन्तर्राष्ट्रिय बजारको भाउले नेपालको सुनचाँदी व्यवसायमा पनि प्रत्यक्ष प्रभाव पार्ने हुन्छ । अहिले अन्तर्राष्ट्रिय बजारमा देखा परेको उतार चढावका कारण पनि हामी पिल्सिनुपर्ने बाध्यता छ । व्यवसायलाई अलिक सक्रिय बनाउन राज्यले केही नीति नियम सहित सुविधाहरुको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।
कारोबार हुने विशेष समयमा पनि कारोबार सन्तोषजनक नभएको समयमा, यसलाई प्रभाव पार्ने अरु कुनै तत्व छ की ?
–सबैभन्दा ठूलो पक्ष भनेको आम उपभोक्ताको क्रयशक्ति हो । ग्राहको क्रयशक्तिले पनि कारोबारमा असर गरेको पाईन्छ । पहिले देखिको रितिरिवाज, संस्कृतीमा हाम्रो समाज आधारित छ ।
सुनचाँदी विवाह र ब्रतबन्धमा अत्ति नै आवश्यक पर्छ । तर, देशको परिस्थितीका कारण क्रय शक्तिमा गिरावट आएको र यसले सबैभन्दा ठूलो असर पारेको हामी पाउछौँ ।
सुनचाँदीको कारोबार गर्ने ग्राहकहरुको चित्त बुझाउन व्यवसायी नसक्नुले नसक्नुले पनि समस्या जकडिएका हो भनेर स्वीकार्न सकिन्छ की सकिँदैन ?
–विगतका दिनहरुमा त्यो एउटा समस्या थियो । तर, अहिले यहि कारणले समस्या भएको भने हैन । नीति बैज्ञानिक रुपमा कार्यन्वयन हुने वातावरण बन्न नसकेसम्म समस्याको समाधान नपहिल्लिने देखिन्छ । समय सापेक्ष नीति तथा नियमहरु बन्नुपर्यो भनेर महासंघले माग गरिरहेको अवस्था छ । राज्यले यसतर्फ ध्यान दिन नसक्दा समस्या भएको छ । त्यहि कारणले पनि आम उपभोक्ता अन्यौलमा छन् ।
अहिले यो क्षेत्रको कारोबार अन्य क्षेत्रको भन्दा छिटो छिटो उतार चढावको अवस्थामा छ । यसरी सुनचाँदीको मुल्य किन स्थिर हुन नसकेको ?
–अन्तर्राष्ट्रिय बजारमा १२ सय ४ डलर प्रतिऔँस कारोबार भैरहेको यो बजारमा २४ घण्टाभित्र ३५ डलरले गिरावट आयो ।
जसले गर्दा, प्रत्यक्ष प्रभाव हामीकहा पनि पर्यो र ११ सय रुपैयाँ प्रतितोला घट्यो । यो गिरावट पछिल्लो समयको सबैभन्दा ठूलो हो । यसरी घट्दाखेरी आम उपभोक्तामा अब फेरी पनि घट्ने हो की ? भन्ने किसिमले पर्ख र हेरको सिद्धान्त लागु हुन्छ । त्यसले गर्दा मानिसहरुले अत्ति आवश्यक भएको खण्डमा मात्रै यसको कारोबार गर्नाले पनि समस्या भएको हो । माग कम भएपछि व्यवसायीहरु चिन्तित त हुने नै भयो ।
यो पाली सबैभन्दा बढि कारोबार हुने फागुन महिनामा पनि हामीले निराशा बेहोर्नुपरेको छ । यसपाली यो सिजना ५० प्रतिशत कारोबार घटेको छ । हामी व्यवसायीहरु के गर्ने भन्ने बढा अन्यौलमा छौँ । यसमा सरकारले अलिक ध्यान दिनुपर्ने देखिन्छ ।
सुरक्षाको हिसावले पनि कारोबारमा गिरावट आएको अवस्था हो ?
–सुनचाँदी बहुमुल्य धातु भएको हुनाले सुरक्षाका कारण पनि मानिसहरुमा यसको मोह घटेको पाईन्छ । मोल बढि पर्ने चिजमा सुरक्षित भएर काम गर्न नसक्ने भएपछि त, श्रीसम्पत्ती नै गुम्ने डर हुन्छ । त्यसैले महासंघले संधै सरकारसँग यो विषयलाई उठान गर्दै आएको छ । यसको सुरक्षाको सुनिश्चितताका लागि हामीले बारम्बार भनिरहेका छौँ । सरकारले यो पक्षमा ध्यान दिएको खण्डमा व्यवसाय फष्टाउने देखिन्छ । भाउ महंगो भएको कारणले पििन अपराधिक गिरोहको आँखा लाग्ने भएकाले यसमा हामी सुरक्षित हुनु जरुरी छ ।
सुनचाँदीको विक्रि तथा वितरणका लागि नेपाल राष्ट्र बैंकको पनि हात रहन्छ । पछिल्लो समय नीजी क्षेत्रले व्यवसायीलाई नै कारोबार गर्ने जिम्मा दिईनुपर्छ भनेर माग गरेको छ नी, यसको सबल पक्ष चाँही के रहन्छ ?
–सुनचाँदी भनेको संसारका जुनसुकै कुनाका मानिसहरुको पनि त्यसको फ्रि कन्भेटिब्लीटी हुन्छ ।
त्यो भएको हुनाले यसको कारोबार स्वतन्त्र छाड्नुपर्छ । यसलाई खुल्ला अर्थतन्त्र अनुसार छाड्नुपर्छ भन्ने नीजि क्षेत्र र महासंघको माग हो ।
नेपाल पनि खुल्ला अर्थतन्त्रमा नै बढिरहेको समयमा यसमा कुनै बन्देज लगाउनु जरुरी छैन । त्यतिखेरको अवस्थामा राष्ट्रबैंकले बैंकरहरुलाई जिम्मा दिने विषयमा महासंघले पनि सहयोग गरेकै हो । तर, अहिले त्यो अवस्था छैन । त्यसैले बैंकहरुलाई मात्रै होईन व्यवसायीहरुलाई पनि कारोबारको जिम्मा दिनुपर्ने अहिलेको आवश्यकता हो ।
समस्या कहाँ हो त उसो भए ? बैंकहरुबाट अब कारोबार हुनुहुँदैन भन्ने हो ?
–त्यसो होईन, बैंकलाई कारोबार गर्न दिएकोमा हाम्रो आपत्ती होईन । बैंकलाई मात्रै होईन, हामीजस्ता व्यवसायीलाई पनि कारोबारको जिम्मा दिनुुपर्छ भन्ने हो । विभेदकारी नीति परिवर्तन हुनुपर्यो भन्ने हाम्रो माग हो ।
तपाईहरुसँग भएका सुनचाँदीहरु नै विक्रि तथा वितरण हुन नसकेको अवस्थामा, बैंकको जिम्मेवारीमा रहेका सुनचाँदी कारोबार गर्न तपाईहरुले पाउनुभयो भने पनि समस्या त देखिन्छ नी हैन ?
–छैन छैन, त्यस्तो कुनै पनि समस्या छैन । फ्रि कम्पिटिशन मार्केटमा हामीले सुनको भाउ पाउनुपर्छ भन्ने मात्रै हो । आम उपभोक्ताले पनि त्यसो गरेमा न्याय पाउनेछ भन्ने नै हाम्रो भनाई हो ।
व्यवसायमा निर्यात समस्या पनि छ नी हैन ? कसरी समाधान गर्ने यसलाई चाँही ?
–निर्यातका विषयमा उद्योग र बाणिज्य नीतिका लागि हामीले बारम्बार सुधारका लागि सुझाव दिई नै रहेका छौँ । बजारको मागले पनि अहिले सबैभन्दा बढि चाँदीको निर्यात भैरहेको छ । यसमा ३५ प्रतिशत भ्यालु एडिसन पाईन्छ । मुनाफाका हिसावले पनि यसको मार्केट राम्रो छ । अहिलेको नीतिमा सुनमा १५ प्रतिशत मात्रै भ्यालु एडिसन छ । नीतिगत समस्याले नै यसमा समस्या पारेको हो ।
यो व्यवसायमा नेपाली बजारमा दक्ष जनशक्तिको उपलब्धता कस्तो छ ?
–बास्तविक रुपमा भन्ने हो भने, हामीले अन्तराष्ट्रिय बजार अनुसार प्रतिष्पर्धा गर्न सकिरहेको अवस्था छैन । हामीसँग त्यस्ता पूर्वाधारकै अभाव छ । त्यो टेक्नोलोजी विकासका लागि व्यवसायी एक्लैको प्रयासले हुँदैन । सरकारी सहयोग पनि चाहीने भएकाले पुँजीका हिसावले पनि त्यो प्रविधि नेपालमा भित्रन नसकेको हो । अर्को कुरा दक्ष जनशक्ति उत्पादनका लागि त, पहिले प्रविधिको विकास हुनु पर्यो नी हैन र ? त्यसैले यस विषयमा पनि राज्यको ध्यान जानुपर्यो भन्ने हाम्रो माग हो ।
तपाईले बारम्बार भन्नुभयो, नीति निर्माणमा सरकारले विशेष ध्यान दिएन भनेर । व्यवसायीका तर्फबाट नीति निर्माणका लागि कसरी सहयोग भैरहेको छ ?
महासंघको तर्फबाट नीति निर्माणका लागि सरोकारवाला व्यक्तित्वसँग छलफल गरिसकेको अवस्था छ । आवश्यक नीति बनाएर सरकारलाई बाणिज्य मन्त्रालयले पनि बुझाईसकेको छ । नीति बनाएस बुझाएपनि सरकारले त्यसमा गम्भिरता देखाएन । यस क्षेत्रबाट कसरी आम्दानी गर्न सकिन्छ भनेर अध्ययन गरेर सरकारले चासो देखाउन सकेन । सरकारो चासो जानस आवश्यक छ, हाम्रो तर्फबाट त सक्रिय सहयोग नै छ ।

सरकारले चासो नदेखाउनुमा, व्यवसायीमुखी पहल मात्रै तपाईहरुबाट भएर पो हो की ?
–होईन होईन, त्यो पूर्ण गलत हो । हामी व्यवसायीहरुले व्यवसायलाई मात्रै हेर्ने गरेको छैन । हाम्रा व्यवसायीहरुको व्यवसाय सस्टेन हुनुपर्यो, आम उपभोक्ताको ध्यानमा राखिदिनुपर्यो, देशको अर्थतन्त्रको विचार त्यहाँ राखिदिनुपर्यो भन्न्ने हाम्रो भनाई हो ।