Published On:Friday, March 13, 2015
Posted by Tekman Shakya

पुँजीबजार १० अंकले खस्कियो, कारोबार रकम १४ प्रतिशतले बढ्यो

२९ फागुन, काठमाडौं । यो हप्ता पुजीबजारमा १० दशमलव ३३ अंकले गिरावट आएको छ । 

सुरुको दिनदेखि अन्तिम दिन विहीबारसम्म आईपुग्दा नेप्से परिसुचक १० भन्दा बढि अंकले घटेर ९ सय ७८ दशमललव ४४ विन्दुमा आईपुगेको हो ।

कारोबार रकम भने बढेको छ । गएको हप्ता ९२ करोड २२ लाख रुपैयाँ बराबर कारोबार भएकोमा यो हप्ता १४ दशमलव ५६ अंकले बढेर एक अर्ब पाँच करोड ६८ लाख भन्दा बढीको बराबरको कारोबार भएको छ । १ अर्ब भन्दा बढिको कारोबारबाट २८ लाख ११ हजार ७० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । 

अघिल्लो हप्ता २६ लाख ७६ हजार ७० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १ दशमलव ७८ अंकले घटेर २ सय ८ दशमलव ०८ अंकमा आईपुगेको छ । 

यो हप्ता कारोबार रकमको आधारमा नेसनल लाइफ इन्स्योरेन्स क. संस्थापक, कारोबार भएको सेयर संख्याको आधारमा नेसनल हाईड्रपावर कम्पनी र कारोबार संख्याको आधारमा प्रभु बैंक अग्रस्थानमा आएका छन् ।

यो हप्ता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि ४ दिन खुला रह्यो । ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

0 comments for "पुँजीबजार १० अंकले खस्कियो, कारोबार रकम १४ प्रतिशतले बढ्यो"

Leave a reply

    Popular Posts

    Blog Archive