Published On:Friday, March 13, 2015
Posted by Unknown

विश्वमै पहिलो पटक लिङ्ग प्रत्यारोपण


३० फागुन, काठमाण्डौ - दक्षिण  अफ्रिकाका चिकित्सकको एक टोलीले विश्वमै पहिलो पटक सफल लिङ्ग प्रत्यारोपण गरेको दावी गरेका छन् । केपटाउनस्थित टाएबबर्ग अस्पताल र टेलनेबोस युनिभर्सिटीका शल्य चिकित्सकहरुले ९ घण्टा लगाएर एक २१ वर्षीय पुरुषको सफललतापूर्वक लिङ्ग प्रत्यारोपण गरेको दावी गरेका बिबिसिले जनाएको छ ।
operation, transplant
लिंग प्रत्यारोपण विश्वमै पहिलो घटना भएको चिकित्सकको दावी छ । यसअघि चीनमा लिंग प्रत्यारोपणको प्रयास भएपति असफल भएको बताइएको छ । शल्य चिकित्सकहरुले लिंग प्रत्यारोपणमा मिलेको सफलतालाई मेडिकल साइन्समा ठूलो उपलब्धी भनेका छन् ।
चिकित्सकहरुले लिङ्ग प्रत्यारोपण गरिएका ति पुरुषको परिचय भने खुलाएका छैनन् । एक घटनामा उनको लिंग काम नलाग्ने गरी बिग्रिएको र हाल सफलतापूर्वक प्रत्यारोपण गरेको मात्र जानकारी दिएको बिबिसिले उल्लेख गरेको छ ।
operation_surgery_south_africa
प्रत्यारोपण गर्ने चिकित्सक टोलीका प्रमुख प्रोफेसर आन्द्रे वान डेर मर्वले भनेका छन्, ‘मेडिकल साइन्सका लागि यो एकदमै ठूलो उपलब्धी हो । यो सफल अपरेशन गर्ने टीममा रहनु मेरो लागि गर्वको कुरा हो ।’

0 comments for "विश्वमै पहिलो पटक लिङ्ग प्रत्यारोपण"

Leave a reply

    Popular Posts

    Blog Archive