Published On:Saturday, March 14, 2015
Posted by dadad

तीन ब्वाईफ्रेण्डमध्ये रिमा विश्वकर्माको अन्तिम रोजाईमा को ? (भिडियो हेर्नुहोस)


विगत ७ बर्षदेखि अष्ट्रेलियामा बस्दै आएका गायक समिर आचार्यको नयाँ गीति भिडियो सार्वजनिक भएको छ । ‘तिमी पनि एक्लै म पनि एक्लै’ बोलको उनको यो गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ ।

यसअघी नै आफ्ना दुई सांगितिक कोशेली सार्वजनिक गरिसकेका गायक आचार्यले अहिले सार्वजनिक गीत कुनै पनि एल्बममा समावेश नभएको बताए । आफूले एउटा गीत मात्र रेकर्ड गराएर भिडियो तयार पारेको समिरको भनाई छ ।

भिडियोको निर्देशन प्रसन्न पौडेलले गरेका हुन् । भिडियोमा रिमा विश्वकर्माको  साथमा किरण ल्याकुल, विनोद न्यौपाने, सौगात र अनन्त तिमिल्सिनाको मोडलिङ छ ।

३ यूवक र एक यूवतीको कथालाई निर्देशक पौडेलले रोचक तवरले प्रस्तुत गर्ने प्रयास गरेका छन् । भिडियोमा विदुर पाण्डेको छायांकन, टेकेन्द्र शाहको सम्पादन छ ।
भिडियो हेर्नुहोसः

0 comments for "तीन ब्वाईफ्रेण्डमध्ये रिमा विश्वकर्माको अन्तिम रोजाईमा को ? (भिडियो हेर्नुहोस)"

Leave a reply

    Popular Posts

    Blog Archive