Published On:Sunday, March 1, 2015
Posted by Unknown
तीन वर्षभित्र बन्ने भो सुविधासम्पन्न क्रिकेट रंगशाला
१८ फागुन, काठमाण्डौ- तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी राजधानीमा नयाँ रंगशाला निर्माण हुने भएको छ। २५ करोड लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको रंगशालालाई आइतबार प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेका हुन्।
काठमाडौंको बुढानीलकण्ठ नगरपाललिकाको गाम्चामा निर्माण गरिने क्रिकेट रङ्गशालाको नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय सुवर्ण शम्शेर राणाको नाममा रहने बताइएको छ।
एक विशेष कार्यक्रमको आयोजना गरी उक्त रङ्गशाला ९५ रोपनी क्षेत्रफलमा निर्माण हुने छ भने आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सुवर्ण शम्शेर अध्ययन प्रतिष्ठानले जनाएको छ। यसको जग्गा सरकारले उपलब्ध गराएको हो।