Published On:Thursday, March 19, 2015
Posted by Unknown

भारतद्वारा बंगलादेशसामू ३०३ रनको लक्ष्य प्रस्तुत

०५ चैत्र, काठमाण्डौ ,विश्वकप क्रिकेटको क्वार्टरफाइनलमा भारतले बंगलादेशसामू ३०३ रनको लक्ष्य प्रस्तुत गरेको छ । बंगलादेशले केहीबेरमा ब्याटिङ गर्नेछ ।

मेलबर्न क्रिकेट ग्राउण्डमा पहिले ब्याटिङ गरेको भारतले रोहित शर्माको शतकको मदतमा निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३०२ रन बनायो । पहिलो विकेटका लागि रोहित शर्मा र शिखर धवनले ७५ रनको साझेदारी गरे । धवन ३० रनमा आउट भए ।

तर, उसका भरपर्दा ब्याट्सम्यान विराट कोहलीलाई रुहेव हुसेनले मात्र ३ रनमा पभेलियनको बाटो देखाए भने अजिन्क्या रहाणे पनि मात्र १९ रनमा आउट भए ।

२५ ओभरमा भारतले १०० रन समेत पुरा गरेको थिएन । तर, ओपनर रोहितले चौथो विकेटका लागि सुरेश रैनासाग १२२ रनको साझेदारी गरे । रैना ६५ रनमा आउट भए । कप्तान महेन्द्र सिंह धोनीसाग ३६ रनको साझेदारी गरेका शर्माले १३७ रन बनाए ।

जारी विश्वकपमा शर्माको यो पहिलो शतक हो ।

0 comments for "भारतद्वारा बंगलादेशसामू ३०३ रनको लक्ष्य प्रस्तुत"

Leave a reply

    Popular Posts

    Blog Archive