Published On:Thursday, March 19, 2015
Posted by Tekman Shakya
चिरञ्जिवि नेपाल नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर
नेपाल राष्ट्र बैंकको १६ औँ गर्भनरमा चिरञ्जिवि नेपाल नियुक्त भएका छन् ।
बिहीबार बसेको मन्त्रीपरिसद् बैठकले नेपाललाई नयाँ गभर्नरमा नियुक्त गरेको हो ।
अर्थमन्त्री रामशरण महतको संयोजकत्वमा गर्भनर छनौटका लागि बनाईएको ३ सदस्यीय समितीले बुधबार नेपाल सहित बरिष्ठ डेपुटि गभर्नर गोपाल काफ्ले र डेपुटि गभर्नर महाप्रसाद अधिकारीको नाम सिफारिस गरेको थियो ।
निवर्तमान गभर्नर युवराज खतिवडाको पदावधि पनि बिहीबार नै सकिएको छ ।
बनारस हिन्दु विश्वविद्यालयबाट श्रममा विद्यावारिधि गरेका नेपाल गभर्नर हुनु अघि प्रधानमन्त्रीका आर्थिक सल्लाहकार थिए । परराष्ट्र र अर्थ मन्त्रालयमा पनि सल्लाहकारका रुपमा काम गरिसकेका नेपाल पाल्पामा जन्मिएका हुन् ।