Published On:Monday, March 16, 2015
Posted by Unknown
नातिनी बलात्कार गरेको ठहरिएपछि बयोबृद्धलाई ११ बर्ष कैद
०३ चैत्र, दोलखा- १० बर्षीया नातिनीलाई बलात्कार गरेको ठहरिएपछि एक बयोबृद्धले ११ बर्ष कैद ताेकिएकाे छ । माघ महिनाको एक अपरान्ह आफ्नै नातिनीलाई कोठामा लगेर करणी गरेको अभियोगमा जिल्ला अदालतले सुनखानी गाविस- ४ का ८२ बर्षीय बृद्धलाई कैद र नगद जरिवानाको सजाय गरेको छ ।
दोलखा जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद शर्माको इजलासले कैद सजाय र पीडितलाई ५० हजार क्षेतीपूर्ति आदेश गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
आँगनमा गट्टा खेलिरहेकी १० बर्षीया नातिनीलाई २० रुपैयाँ र ४ बर्षीया नातिनीलाई चकलेट र विस्कुट दिदै फकाएपछि दुवैलाई बृद्धले कोठामा लगेको अदालतमा दिएको वयानमा उल्लेख छ ।