Published On:Sunday, February 15, 2015
Posted by dadad

शीर छेदन गरेर २१ इजिप्सियनको हत्या

४  फागुन, काठमाडौं । इस्लामिक स्टेट विद्रोहीहरुले लिबियाबाट अपहरणमा परेका २१ इजिप्सियनलाई शीर छेदन गरी विभत्स हत्या गरेका छन् । हत्या गरिएकाहरु सबै ईसाई नागरिकलाई लीबियाको तटीय शहर सिर्तेबाट गत डिसेम्बर र जनवरी महिनामा अपहरण गरिएको थियो ।

अहिले सिर्ते सहर आईएस विद्रोहीको कब्जामा छ । टाउको काटेर हत्या गरेको दृष्य लीवियाको जेहादि समुहले इन्टरनेट मार्फत सार्बजनिक गरेको थियो । हत्याको भिडियो सार्बजनिक भएपछि इजिप्टेल शोकमा डुब्दै ७ दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।

राष्ट्रपति अब्दुल फतह अल सीसीले हत्याको बदला लिने चेतावनी दिएका छन् । यसैबीच नाइजेरियाको पूर्वोत्तर शहर योबेमा आत्मघाति बम बिष्फोट हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् ।

0 comments for "शीर छेदन गरेर २१ इजिप्सियनको हत्या"

Leave a reply

    Popular Posts

    Blog Archive