Published On:Sunday, February 15, 2015
Posted by Tekman Shakya

श्रीमतीलाई हत्या गरेर जलाए !

३ फागुन, खोटाङ । खोटाङ फेदी–४ की २२ वर्षकी निर्मला भन्ने सुष्मा राईको जलेर मृत्यु भएको भनिएपनि हत्यापछि जलाइएको प्रहरी अनुसन्धानले खुलासा गरेको छ ।

माघ २ गते राति २ बजे उनकै श्रीमान् २४ वर्षका सुदीप राईले हत्या गरी हत्यालाई ढाकछोप गर्न घरमा आगो लगाएको खुलासा भएको प्रहरीले जनाएको छ ।

सुष्माको मृत्युपछि माइतीपक्षको जाहेरीका आधारमा सुदीप राई र स्थानीय २७ वर्षीय दुर्गाधन राईलाई माघ १८ गते पक्राउपछि अनुसन्धानका क्रममा हत्या गरिएको खुलासा प्रहरी नायब निरीक्षक यादव गौतमले बताए ।

सुष्माको पेटमा पाँच महिनाको गर्भ रहेको मृत्युपछि शव परीक्षणमा देखिएको अस्पताल स्रोतले जनाएको छ । घटनाको दुई साताअघिमात्र विदेशबाट घर आइपुगेका श्रीमान्सँग यही विषयमा झगडा हुँदा मृत्यु भएको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

दुर्गाधन भने हत्यामा संलग्न नदेखिए पनि सुष्मासँग सम्बन्ध जोडिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुदीप विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर कारबाही थालिएको गौतमले जानकारी दिए । रासस

0 comments for "श्रीमतीलाई हत्या गरेर जलाए !"

Leave a reply

    Popular Posts

    Blog Archive