Published On:Sunday, February 15, 2015
Posted by Tekman Shakya

आन्द्रा, मुटु र फोक्सो शरीरको बाहिरी भागमा भएको बालकको जन्म

३ फागुन, अछाम । अछामको रानीवन गाविसमा एक अनौठो बालकको जन्म भएको छ । शनिबार राति रानीवन उपस्वास्थ्य चौकीमा अनौठो रूपमा जन्म लिएका बालकको आन्द्रा, मुटु र फोक्सो शरीरको बाहिरी भागमा रहेको छ ।

रानीवन गाविसका स्थानीयवासी लालुराम जैसी र आमा परुदेवी जैसीको सन्तानका रूपमा ती बालकको जन्म भएको स्वास्थ्य चौकी रानीवनका अनमी रीता नेपालीले बताए ।

बालकको तीनवटा ओँठ, दुई हातमा १२ औँला रहेको हात बाङ्गो अवस्थामा रहेको दुईवटा जिब्रो रहेको र नाक र मुख एउटै ठाउँमा रहेको अण्डकोष नभएको स्वास्थ्य चौकीका अनमी नेपालीले उल्लेख गरे ।

नियमित गर्भजाँच गराउँदै सबै खोप लगाउँदै गरेकी ती बालककी आमाले सुविधा नभएका कारण भिडियो एक्सरे नगरिएको बताएकी छन् । 

अनौठो जन्म लिएका बालक र सुत्केरी आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अनमी नेपालीले बताए । अहिले बालकलाई हेर्नेको घुइँचो लागेको छ । रासस

0 comments for "आन्द्रा, मुटु र फोक्सो शरीरको बाहिरी भागमा भएको बालकको जन्म"

Leave a reply

    Popular Posts

    Blog Archive