Published On:Friday, February 13, 2015
Posted by Tekman Shakya

मुस्ताङमा कुकुरले मान्छेलाई नै खान थाल्यो !

१ फागुन, मुस्ताङ, । मुक्तिनाथ र कागबेनी गाविसमा भुस्याहा कुकुरको आतङ्क मच्चिएको छ । 

सर्वसाधारण र स्थानीय किसानले पालेका गाईबस्तुलाई टोक्न थालेपछि विगत तीन महिनादेखि दुई गाविसमा भुस्याहा कुकुरको आतङ्क मच्चिएको हो । 

तीन महिनाको अवधिमा तीनजना मान्छे र थुप्रै गाईभैँसीलाई टोकेपछि स्थानीय जनताले कुकुर नियन्त्रणका लागि जिल्ला पशुसेवा कार्यालयमा निवेदन दिएका छन् । गाउँ घरैपिच्छे पालिएको कुकुरबाट गाउँमा आतङ्क मच्चिएको कागबेनीका स्थानीय नार्बु गुरुङले बताए ।

कागबेनीका सबै बस्ती र मुक्तिनाथको झारकोट, मुक्तिनाथ मन्दिर आसपासका क्षेत्रमा कुकुरको सङ्ख्या धेरै देखिएको छ । “मानिसलाई नै खान थालेपछि रातको समयमा हिँड्डुल गर्न खतरा भएको छ, यसलाई नियन्त्रण गर्नुपर्छ,” स्थानीयवासी गुरुङले भने– “त्यसका लागि पशुसेवा र प्रशासनलाई जानकारी दिएका छौँ ।” दुई गाविसमा करिब १५० भन्दा बढी कुकुर रहेको अनुमान गरिएको छ ।

जिल्ला पशुसेवा कार्यालय मुस्ताङका कार्यालय प्रमुख डा नन्दलाल बर्माले कुकुरको आतङ्क रोक्न त्यसको प्रजनन् प्रक्रिया नै रोक्नुपर्ने बताए । रासस

0 comments for "मुस्ताङमा कुकुरले मान्छेलाई नै खान थाल्यो !"

Leave a reply

    Popular Posts

    Blog Archive