Published On:Friday, March 13, 2015
Posted by Unknown
तपाईका घरमा हाम्रा डाक्टर
म ३७ वर्षको मात्र भएँ । मैले मधुमेहको औषधि सुरु गरेको दुई वर्ष भयो । अहिलेसम्म प्रायः नियन्त्रणमै भएकाले जँचाउन पनि गएको छैन । केही महिनायता यौनक्षमतामा कमी आएको महसुस भएको छ । औषधिको कारणले यस्तो भएको त होइन ?
विप्लव, ललितपुर
विप्लवजी, तपाईंले आफ्नो चिनीरोगको अवस्था र परिस्थितिको नियमित परीक्षण गरेको देखिएन । दुई वर्षअघि औषधि सुरु गरेर नियन्त्रित थियो, त्यसपछि जँचाउन गएकै छैन भन्नु नै गल्ती हो । परीक्षण्ँ गरेर नतिजाहरु नियन्त्रण्ँमा भएमा राम्रै भयो, नत्र त विभिन्न जटिलताहरु देखा पर्न सक्छन् । यस्ता जटिलताहरु अल्पकालीन तथा दीर्घकालीन हुने गर्छन् । त्यस्ता जटिलता रक्तनली, स्नायु, मृगौला, आँखा जहाँ पनि हुन सक्छन् । शरीरमा हुने चिनीको अधिक मात्रा जति लामो समय रह्यो त्यति जटिलता बढ्दै जान्छ । त्यस्तै धेरै जटिलतामध्ये यौनक्षमतामा कमी आउने एउटा हो, यसमा स–साना रक्तनली तथा स्नायुका खराबी प्रतिविम्बित हुन्छन् । खाएको औषधिले यस्तो भएको होला भनेर अनुमानमा नबस्नुस् । उचित उपचार, चिनीको मात्रामा विशेष नियन्त्रण्ँ र नियमित व्यायाम गरेमा तपाईंको समस्यामा सुधार आउनेछ । आश्यकताअनुसार औषधि सेवन गरेर पनि सुधार गर्न सकिन्छ । उमेर पनि धेरै नभैसकेकाले ख्याल गर्नुस्, जिम्मेवार हुनुस्, नियमित चिनीको मात्रा हेर्नुस्, नियमित चिकित्सकको निगरानीमा रहनुस् ।
म १९ वर्षकी भएँ । भन्न पनि अप्ठ्यारो लाग्ने, मेरा स्तन अति ठूला देखिएका छन् । जुन पायो त्यही कपडा लगाएर बाहिरफेर निस्कन पनि लाज लाग्छ । कलेजको ड्रेस लगाउन झनै अप्ठ्यारो लाग्छ । मेरा आफ्नै साथीहरुले समेत जिस्क्याएर हैरान पारिसके । उपयुक्त सल्लाहको आशामा छु ।
– नाम गोप्य
नाम गोप्य राख्ने महिला मित्र, तपाईंको समस्या खासमा समस्या नै होइन । किनभने मान्छेको अंगको आ–आफ्नो नाप हुन्छ । उचाइ र तौलअनुसार पनि स्तनको आकार ठूलो–सानो हुन्छ । अनुचित बाह्य विज्ञापन, सूचना प्रण्ाँलीको प्रभावमा परेर आफ्नो अंगप्रति हेय भावना लिनु राम्रो होइन । आफूलाई सधैँ ठीक, राम्रो, स्वस्थ मान्यो भने त्यस्तो विचार आउँदैन पनि । तपाईंलाई स्तनका कारण नराम्रो दृष्टिले हेरी जिस्क्याउनेले तपाईंको स्तन सानो भए पनि बाँकी राख्ने थिएनन् होला । फेरि ठूलो स्तन राम्रो मान्ने मान्यता राख्नेहरु पनि हुन्छन् । ठूलो स्तन हुनेको यथेष्ट दूध आउने सम्भावना भएकाले बच्चाहरु बढी स्वस्थ हुन्छन् भन्ने धारण्ाँ पनि छ । त्यसैले ठूला स्तन भएकोमा ढुक्क हुन र आफूप्रति गर्व गर्न सल्लाह दिन चाहन्छु ।
मेरो उमेर ५५ वर्ष भयो । मैले उच्च रक्तचापको औषधि सेवन गरिरहेको छु । मेरो रक्तचाप नियन्त्रित नै छ । अरु सबै ठीक भए तापनि मलाई एउटा समस्याले भने हैरान पारेको छ । त्यो के भने, सुतेको बेलामा वा आराम गरेको बेलामा मेरो खुट्टा फतक्कै गल्छ । दुखेको, पोलेको वा टन्केको पनि होइन । यतिसम्म कि काटेरै फालौंजस्तो लाग्छ । यसले गर्दा निद्रा पनि पूरा लाग्दैन । यो के भएको होला र के गरेमा निको होला ?
– रामजी देवकोटा, डिल्लीबजार, काठमाडौं
देवकोटाजी, तपाईंको रक्तचाप नियन्त्रित नै रहेछ । जहाँसम्म खुट्टा गल्ने समस्या भन्नुभयो, त्यो रक्तचापको औषधि सेवन गरेपछि आयो कि पहिलेदेखि नै थियो भन्ने स्पष्ट भएन । यदि औषधिको सेवनले गर्दा विकसित भएको हो भने औषधि नफापेको हुन सक्छ । यदि पहिलेदेखि नै थियो भने अरु नै कारण्ँ हुने भयो । यस्तो लक्षण्ँ भएको स्थितिलाई विश्लेषण्ँ गर्दा युरिक एसिड बढी भएको अवस्था वा कुनै–कुनै भिटामिनको कमी वा रेस्टलेस लेग सिन्ड्रोम भन्ने खास अवस्था हुन सक्ने देखिन्छ । यदि औषधिको सेवनपछि त्यस्तो भएको भए औषधि नै परिवर्तन गर्नुपर्ने हुन सक्छ । हाललाई भिटामिन ‘ई’ क्याप्सुल ४०० मि.ग्रा. र क्याल्सियम चक्की दिनको एउटा–एउटा खाने गर्नुस् । पानी प्रशस्त पिउने गर्नुस् । अनि जति सक्दो चाँडो मुटुरोग विशेषज्ञलाई देखाउनुस् र उचित परामर्शसहित अघिको पाइला चाल्नुस् ।
कुनै पनि चारपाङ्ग्रे सवारीसाधनमा यात्रा गर्दा वाकवाक आउने, पेट बटारिने, टाउको दुख्ने, बान्ता पनि हुने भएकाले मेरो यात्रा कष्टदायक हुने गरेको छ । यात्रा अवधिभर खान, पिउन, बोल्न, हेर्न पटक्कै मन लाग्दैन । किन यस्तो भएको र यो समस्याबाट कसरी छुट्कारा पाई यात्राको रमाइलो अनुभव गर्न सकिएला ?
रत्न शाक्य, ललितपुर उमनपा–३, पुल्चोक
शाक्यजी, यसरी सवारीसाधनमा यात्रा गर्दा वाकवाक आउने, पेट बटारिने तथा उल्टी आउने कसै–कसैलाई हुने गर्छ । यसलाई मोसन सिक्नेस भनिन्छ । हाम्रो मस्तिष्कमा हुने सन्तुलन केन्द्रमा यात्राको कारण्ँले हुने गति, घुम्तीको प्रभावस्वरुप सूचना प्रवाह हुन्छ । त्यही सूचनाको प्रभावले उल्टी आउने, वाकवाकी लाग्ने, सिथिल हुने, खान मान नलाग्ने आदि हुन सक्छ । यो सबै व्यक्तिलाई हुँदैन, मोसन सिक्नेस हुनेहरुलाई मात्रै यस्तो हुन्छ । धेरै घुम्ती भएको पहाडी सडकको यात्रामा, अधिक गति भएको अवस्थामा, बसको पछाडिको सिटमा बसेमा यस्तो लक्षण धेरै हुन्छ । यो शरीरको प्रतिक्रिया हो । यसबाट पूरै छुट्कारा पाउने भन्ने हुँदैन तर पनि औषधिको प्रयोगले केही कम गराउन वा उल्टी रोक्न सकिन्छ । त्यो औषधिको नाम हो– एभोमिन । यात्रा गर्नुभन्दा आधा घन्टाअघि यसको सेवन गर्नुपर्छ । अगाडिका सिटहरुमा बस्ने, बाहिर कम हेर्ने, मुख चलाइरहन चुइगम चपाउने, काँचो बदामजस्ता खानेकुरा नखाने, समय–समयमा मुखले श्वास लिने अनि नाकले फाल्ने आदि तरिका अपनाएमा यो समस्या कम भएर जान्छ अनि यात्राको आनन्द लिन सकिने हुन्छ ।
हिउँमा ४८ घन्टा हराउँदा अद्भूत मान्छेहरु देखिएको घटना साधनामा पढियो । हाइ अल्टिच्युडमा जाँदा मस्तिष्कमा अक्सिजनको कमी भएकाले त्यस्तो अवास्तविक दृश्य देखिन सक्ने कुरा डा. साबहरुले नै सो लेखमा बताउनुभएको रहेछ । केही वर्षअगाडिको कुरा हो, रातको समयमा म तामाकोशीको किनारको बाटोमा हिँडिरहेको थिएँ । मेरो अगाडि एउटी महिला हिँडिरहेकी देखें, तर म जति दौडे पनि उनलाई भेट्न भने सक्दैनथें । आखिर उनी खोलातिर झरेजस्तो लाग्यो । अनि पो मान्छे होइन भन्नेमा म विश्वस्त भएँ । तामाकोशीको किनार त हाइ अल्टिच्युड होइन नि । किन यस्तो दृश्य देखिएको होला ?
बिजेश छेत्री, हालः चरिकोट बजार, दोलखा
बिजेशजी, मानसिकरुपमा एउटा अवस्था छ, जसमा नभएको वस्तु देखेजस्तो लाग्छ, आवाज सुनेजस्तो लाग्छ वा भ्रम हुन्छ । यसलाई ‘हलुसिनेसन’ भनिन्छ । मस्तिष्कमा अक्सिजनको कमी भएमा, दमको रोग लागेर नीलो जिब्रो हुने कार्बनडाइअक्साइडको कमी भएमा, मस्तिष्क घात भएमा, रक्तश्राव भएमा, डर भएमा, मानसिक रोग भएमा यस्तो दृश्य देखिन सक्छ । यो लक्षण्ँ हो, रोग होइन । यसको भरमा मानसिक रोगी भन्न मिल्दैन, जसको लागि अन्य धेरै मिल्दा लक्षण्ँको आवश्यकता पर्दछ । तपाईंको तामाकोशीको किनारको बाटोमा हिँड्दा रातको समय थियो । त्यस बेला मस्तिष्कमा या त डर थियो, या त बच्चामा सुनाइएको भूत वा किच्कन्नीको कथाको छाप छँदै थियो, अथवा भूत–किच्कन्नी देखिने विश्वास थियो । यसले गर्दा नभएको दृश्य पनि भ्रमस्वरुप देख्नुभयो । यो अब्बल प्रकृतिको ‘हलुसिनेसन’को उदाहरण्ँ हो । अघिल्लो साधनामा बताइएको हाइ अल्टिच्युडमा भएको घटना र तपाईंलाई तामाकोशीको किनारमा भएको घटना अलग–अलग प्रकृति र अवस्थाका हुन् । तर पनि दुवै घटनामा उस्तै–उस्तै लक्षण्ँ देखिएका छन् । किनकि ‘हलुसिनेसन’ हुने एउटै मात्र कारण हुँदैन ।
मेरी आमाको चिनीरोगको शंका लागेर रगतमा चिनीको मात्रा परिक्षण गराउँदा खालि पेटमा १४० मि.ग्रा.५ आयो भने खाना खाएको दुई घन्टामा २३० मिग्रा५ आयो । उहाँले आजसम्म औषधि उपयोग गर्नुभएको छैन । साथै खानेकुराको परहेज पनि गर्नुभएको छैन । यसरी खानाअघि र खानापछि गरी दुई पटक रगत जाँच्नुपर्छ भन्ने कुरा मलाई थाहा पनि थिएन । यस रिपोर्टले चिनीरोग भएको, नभएको, भएको भए कुन अवस्थामा छ भन्ने देखाउँछ ? अब मैले के–के गर्नुपर्ला ?
हरि न्यौपाने, शंखमूल, काठमाडौं
हरिजी, माथिको रिपोर्टले तपाईंको आमालाई चिनीरोग भैसकेको देखाउँछ । तर भर्खरै सुरु अवस्थाको छ । साधारण्ँ मुख मात्रै बारे पनि नियन्त्रण्ँ होलाजस्तो लाग्छ । अब तपाईंले जति सक्यो छिटो चिनीरोग विशेषज्ञ, मुटुरोग विशेषज्ञ वा फिजिसियनलाई देखाउनुपर्यो । साथै खाना विज्ञको समेत सल्लाह लिनुपर्ने हुन्छ । चिनीरोग के हो, कसरी नियन्त्रण्ँ गर्ने, रगतमा चिनीको मात्रा कति स्वीकार्य हुन्छ भन्ने थाहा पाउन चिनी रोगसम्बन्धी पुस्तक पढ्ने, इन्टरनेटमा पढ्ने, चिकित्सकबाट सिक्ने गर्नुपर्छ । परहेज कसरी गर्ने भन्ने जान्नका लागि खाना विज्ञसँग सम्पर्क गर्नु उचित होला । सीधै चिनीको मात्रा बढाउने खानामध्ये चामल, चिउरा, चिनी, मह, मिठाई, किसमिस, मिश्री, घिउ, काजु, नरिवलजस्ता खानेकुरा वर्जित छन् । नियन्त्रित मात्रामा यिनीहरुको उपयोग आफ्नो शारीरिक सक्रियताअनुरुप गर्न पनि सकिन्छ । गहुँको रोटी, च्याँख्ला, साग, कोदो, जौ, मकैजस्ता चिनी ढिलो बढाउने वा कम बढाउने वा नबढाउने खानाहरु भने सहजै खान सकिन्छ । साथै नियमित व्यायाम र योगले पनि चिनीरोग नियन्त्रण गर्न सघाउ पुग्छ ।
म ३८ वर्षको भएँ । पत्रपत्रिका पढ्दा आँखाबाट केही टाढा लग्नुपर्ने भएको केही वर्ष भयो । आँखाकै नजिक ल्याएर पढ्दा पढ्नै नसक्नेचाहिँ होइन, तर असहज हुन्छ । चश्मा लगाउनुपर्ने अवस्था नभएकाले जँचाएको पनि छैन । म के गरौं ? उपयुक्त सल्लाह चाहन्छु ।
सनतकुमार लामा, बाह्रबिसे, सिन्धुपाल्चोक
लामाजी, ‘चालीसा’ लाग्यो भनेर जनाउने गरेको तथा आँखा कमजोर भएको लाक्षण्ँिक अर्थ लगाउने गरेको, सियोमा धागो उन्न नसकेको कथा त सुन्नुभएकै होला । तपाईं अलि छिटो नै अर्थात् चालीस नहुँदै चालीसको सिकार भएजस्तो छ । साधारण्ँतया पढ्दाबाहेक अन्य अवस्थामा खासै महसुस भएको पनि हुँदैन । त्यसैले तापाईंलाई चश्मा लगाउनै पर्ने स्थिति नभएजस्तो लागेको होला । यस्तो स्थितिमा पढ्दा मात्रै लगाउने प्लस पावरको चश्मा लगाउने गरिन्छ । त्यो पावर कति छ भनेर पत्ता लगाउन तथा आँखाको अन्य अवस्थाको परीक्षण्ँसमेत गर्न एकपटक आँखा विशे ष ज्ञलाई देखाउनुहोस् र उचित सल्लाह लिनुहोस् ।
बिहान दुई वटा आँप खाएको थिएँ । दिउँसोदेखि हातगोडा दुख्ने, झमझमाउने भयो भने बेलुकादेखि पटक–पटक पानीजस्तै दिसा लाग्यो । अनि पर्सिपल्ट मात्रै बिसेक भयो । विषादी हालेको आँप खाएर यस्तो भएको हो कि ? यसरी विषादी हालेको फलफूल खाँदा हुने अन्य लक्षणहरु के–के हुन सक्छन् र उपचार के हुन सक्छ ?
समीरबाबु महर्जन, बालाजु, काठमाडौं
समीरजी, आँप पकाउनको लागि विषादीभन्दा पनि ‘कार्बाइड’ भन्ने केमिकल उपयोग गरिन्छ । यसको काम ताप दिएर छिटो पहेँलो बनाउने र पकाउने हो । यसको पनि कुप्रभाव पर्छ नै । लट्ठ हुने, वाकवाक लाग्ने, नसा लागेजस्तो हुने, धेरै खाएमा बेहोस नै हुनेजस्ता लक्षण्ँ देखिने गर्छन् । अन्य फलफूलमा अन्य विषादी प्रयोग गर्ने चलन बढ्दो छ । ठूलो तथा धेरै फल लागोस् भनेर हर्मोनको सुई लगाउने, खास किसिमको केमिकल वा मल उपयोग गर्ने, कीरा नलागोस् भनेर अत्यधिक कीटनाशक छर्कने गरिन्छ । यी सबैमा न त सरकारको नियन्त्रण्ँ वा अनुगमन छ, न त अन्य संघसंस्थाको ? त्यस्तै उपभोक्तामा पनि सचेतनाको कमी छ । किसान⁄व्यापारीमा पनि मानवलाई हानि–नोक्सानी नगर्ने गरी विषादीको प्रयोग गर्नुपर्नेमा नाफाको लागि मरिमेट्ने प्रवृत्ति हाबी भएको छ । हरेक विषादीको समकालीन तथा दीर्घकालीन प्रभाव र लक्षण्ँ हुन्छन् । र, यो प्रभाव पनि फरक–फरक हुने गर्दछ । यसको उपचार भनेको नै यसबाट बच्नु हो । त्यसैले विषादी प्रयोग भएको खानेकुरा सकेसम्म नखाने, विषादी उपयोगमा राष्ट्रीय नीति बनाउने र नागरिक वा सरकारी तहबाट अनुगमन⁄नियन्त्रण्ँ गर्ने गर्नुपर्छ । यसै गरी विषादी प्रयोग भएको फलफूल वा तरकारीलाई पानीमा धेरै बेर राखेर, धोएर, बासी राखेर मात्रै खाने गरेमा पनि अलि–अलि सुरक्षा होला कि ।
मेरो पित्तथैलीमा पत्थरी भएकाले काठमाडौंकै एक सरकारी अस्पतालमा गएर अप्रेसन गरियो । पत्थर निकाल्नका लागि कलेजोमा टाँसिएको पित्तथैली नै निकाल्नुपर्ने रहेछ । सो कुरा अप्रेसन गरेपछि थाहा पाएँ । यसरी पित्तथैली नै फाल्दा त्यसले गर्ने काम केले गर्छ ? यसले गर्ने काम के–के हुन् र अब ती काम कसरी सुचारु होलान् ? बताइदिनुहुन्थ्यो कि ?
श्यामराज पाठक, बनेपा, काभ्रे
पाठकजी, तपाईंले भनेको कुरा सत्य हो । पित्तथैलीमा पत्थरको अप्रेसन गर्दा पित्तथैली नै निकालिन्छ । पत्थर मात्रै निकालेर फ्याँक्न सम्भव नभएर यसो गर्नुपरेको हो । पित्तथैलीको वरिपरिको झिल्ली पातलो हुनाले अप्रेसनपछि सिलाउन नमिल्ने, फेरि पत्थरका टुक्रा सबै निकाल्न पनि गाह्रो हुने, पित्तथैलीको झिल्लीमा रक्तनली नहुने र यो अर्कै जोड्ने तन्तुले बनेको हुनाले घाउ निको पार्न नसकिने हुनाले पित्तथैलीमा प्वाल बनाएर पत्थर मात्रै निकाल्न नसकेको हुनुपर्छ । साथै पित्तथैली नभए पनि परहेज गरेर जीवन निर्वाह सहजै गर्न सकिने हुनाले पनि पित्तथैली नै फ्याँक्ने गरेको होला । पित्तथैलीको काम पित्त भण्डारण गर्ने र आवश्यक पर्दा अलि–अलि निष्कासन गर्ने हो । पित्तथैली नै हटाएमा पित्तरस अलि–अलि गरी आफैं आन्द्रामा जान्छ । बोसोजन्य खाना पचाउन पित्तको आवश्यकता पर्ने हुँदा पित्तथैली हटाएपछि गहन र बोसोयुक्त खाना नखाने, सादा खाना खानेजस्ता सल्लाह दिने गरिन्छ ।