Published On:Sunday, March 15, 2015
Posted by Unknown

आयरल्यान्डलाई हराउँदै पाकिस्तान क्वाटर फाइनलमा


१ चैत्र, काठमाण्डौ - आयरल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तान क्वाटर फाइनलमा प्रवेश गरेको छ। जारी विश्वकप प्रतियोगिता अन्तरगत समूह चरणको अन्तिम खेलमा एसोशिएट राष्ट्र आयरल्याण्डलाई पन्छाएको हो।
अस्ट्रेलियाको एडिलेडमा आयरल्यान्डले दिएको २ सय ३७ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४६.१ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टाएको हो।
पाकिस्तानलाई सहज जित दिलाउने क्रममा सर्फराज अहमदले सतकीय पारी खेले । उनले १२४ बलको सामना गर्दै ६ चौकाको मद्धतमा नटआउट १०१ रन बनाए। पाकिस्तानका लागि सन् २००७ देखि यता सतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन्।
यसअघि एडिलेड मैदानमा भइरहेको खेलमा आयरल्यान्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ३७ रन बनाएको हो। उसका लागि ओपनर विलियम पोर्टरफिल्डले शतक बनाए। १ सय ३१ बल खेलेका उनले ११ चौका र एक छक्काको मद्दतले १ सय ७ रन बनाए। तर अर्कोतर्फबाट लगातार विकेट झरिरह्यो।
पाकिस्तानका लागि वाहब रियाजले तीन तथा सोहिल खान र राहत अलिले २-२ विकेट लिए।
आजको जितसँगै क्वार्टरफाइनल समिकरण पूरा भएको छ। 

0 comments for "आयरल्यान्डलाई हराउँदै पाकिस्तान क्वाटर फाइनलमा"

Leave a reply

    Popular Posts

    Blog Archive