Published On:Thursday, March 19, 2015
Posted by Unknown
६० करोडको योजना कार्यकर्तालाई
चैत, काठमाडौं । स्थानीय विकास मन्त्रालयले जनसहभागितामूलक योजनाका नाममा ६० करोड
रुपैयाँका योजना सत्तारुढ सभासद तथा उनीहरुले सिफारिस गरेका कार्यकर्तालाई
बाड्ने तयारी गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
कांग्रेस महामन्त्रीसमेत रहेका स्थानीय विकासमन्त्री प्रकाशमानसिंहको निजी
सचिवालयको सिफारिसमन देशब्यापी योजना बाड्ने तयारी भइरहेको हो ।
जनसहभागितामूलक योजनालाई ६० करोड रुपैयाँ विनियोजन भएको थियो, स्रोतले
भन्यो, मन्त्रीज्युको सचिवालयमा धमाधम निबेदन दर्ता भइरहेको छ । छानिएका
योजनाहरु तोक लगाएर आएपछि सूचीसहित देशभरका जिविसलाई बजेटसहितको अख्तियारी
पठाउँछौं ।