Published On:Friday, March 20, 2015
Posted by Unknown

एसिड अक्रमणकारी जीवन वीक सार्वजनिक, प्रहरीको सर्वत्र प्रशंसा

६ चैत्र, काठमाडौं, - संगीता मगर र सीमा बस्नेतमाथि एसिड आक्रमण गर्ने जीवन वीकलाई नेपाल प्रहरीले पक्रउ पछि सार्वजनिक गरेको छ । लामो अनुसन्धानपछि अभियुक्तलाई पक्रउनगर्न सफल भएको नेपाल प्रहरीको सर्वत्र प्रशंसा गरिएको छ ।

एसएलसी परीक्षाको तयारी गरिरहेका संगीता पुलामी मगर, सीमा बस्नेत र हेमु मुखर्जीलाई फागुन १० गते आइतबार बिहान साढे ६ बजे ट्युसन सेन्टरको कक्षाकोठामै छिरेर एसिड छ्यापिएको थियो। तीन छात्रामध्ये गम्भीर घाइते भएकी संगीताको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ भने सीमा वीर अस्पतालमा उपचाररत छिन्। अर्की घाइते हेमु भने सामान्य रहेकाले उनी घरमा नै छिन्।

संगीताले सिनामंगलस्थति काठमाडौं मेडिकल कलेजबाटै एसएलसी दिइरहेकी छन् भने वीर अस्पतालमा उपचाररत सीमाले पनि अस्पतालबाटै एसएलसीमा सहभागी भइरहेकी छन्।

आक्रमणकारी वा जघन्य अपराधीसम्म पुग्न नेपाल प्रहरी पहिला पनि सक्षम भइसकेको कतिपय उदाहरुहरु छन् । यो घटनामा मात्र प्रहरीले सफलता प्राप्त गरेको होइन । उसले अनुसन्धान गरेका र अपराधीसम्म पुग्न सफल घट्नाहरुलाई हेर्दा नेपाल प्रहरीको कार्य सम्मानजनक र प्रशंसनीय छ ।

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा संलग्न अभियुक्तहरु पक्राउ नपर्दा प्रहरीमाथि ठूलो दबाव परेको थियो । ठूलो जनशक्ति, स्रोत र साधन प्रयोग गरेर आखिर हत्याकाण्डको जरासम्म प्रहरी पुगेरै छाड्यो ।

 केही दिन पहिला मेगा बैंकको ठगी प्रकरणको सुक्ष्म अनुसन्धान गरेर त्यसमा संलग्न पाण्डे दाजुभाइलाई कानुनी दायरामा ल्याउन प्रहरी सफल भयो । जापानमा भएका अभियुक्त पनि कानुनी दायरामा आउनुले अपराध गरेर जहाँसुकै गए पनि फन्दामा परिन्छ भन्ने सन्देश दिएको छ ।

भर्खरै प्रहरीले पाँच किलोभन्दा बढी सुन बरामद गर्नुका साथै त्यसमा संलग्न ठूलो गिरोहलाई नियन्त्रणमा लिएको छ । सुन ओसारपसारमा को-को संलग्न रहेछ भन्ने सूचना पनि प्रहरीले प्राप्त गरेको छ । त्यसमा संलग्न पाँच गिरोह मात्र होइन, त्यसबाट अरुलाई पनि अब मुश्किल पर्छ भन्ने सन्देश गएको छ ।

तथापि कतिपय घटनामा प्रहरी नचुकेको भने होइन । तर नेपाल प्रहरीले चाहेको खण्डमा र यो संगठनमाथि राजनीतिक दवाव नपरेको अवस्थामा कुनै पनि अपराधी भागेर लुक्न सक्दैन भन्ने सन्देश नेपाल प्रहरीको कतिपय सफलताले जनाई सकेको छ ।  

0 comments for "एसिड अक्रमणकारी जीवन वीक सार्वजनिक, प्रहरीको सर्वत्र प्रशंसा"

Leave a reply

    Popular Posts

    Blog Archive