Published On:Monday, March 2, 2015
Posted by my storry

खुम्बुमा अहिलेसम्मकै बाक्लो हिँउ, जनजीवन प्रभावित


सोलुखुम्बु, फागुन १८ –
गएराति देखिकोे अबिरल बर्षाले देशभरको जनजीवन अस्तब्यस्त बनाईहरदा सोलुखुम्बुको खुम्बु क्षेत्रमा अहिले सम्मकै बाक्लो हिमपात भएको छ । खुम्बुबासीहरुका अनुसार झण्डै ६ फिट सम्म हिउँ परेको छ ।
६ फिट सम्मको हिउले बाटो पुर्ण रुपमा पुरेपछि स्थानियबासिहरु हिजो देखी बाहिर निस्कन समेत पाईरहेका छैनन् । 
नाम्चे, खुम्जुङमा अहिले सम्मकै बाक्लो हिमपात भएको स्थानिय बासिहरुलाई उदृत गर्दै प्रबिण राईले स्याङबोचेबाट जानकारी दिए । हिमपातका कारण धारामा पानी आउन छाडेको छ भने
बजार पसलहरु पुर्ण रुपमा बन्द रहेका छन् ।
हिउँका कारण चौरी गाईहरुको समेत बिजोग भएको छ । खुल्ला आकाशमुनी बस्ने चौरी गाईहरु झण्डै पुरिने अबस्थामा पुगेको छ । राती करिब १२ बजे देखी परेको हिउ अझै रोक्कीएको छैन । साथै बाक्लो हुस्सु र कुहिरोले जिल्लामा रहेको ३ वटै बिमानस्थलमा कुनै पनि उडान हुन सकेको छैन भने भारी बर्षाका कारण देशैभरको जनजीवन प्रभाबित बनेको छ । 

0 comments for "खुम्बुमा अहिलेसम्मकै बाक्लो हिँउ, जनजीवन प्रभावित"

Leave a reply

    Popular Posts

    Blog Archive