छोटा लुगा लगाउने भन्दै पशुपतिले झपारे ज्योति मगरलाई (भिडियो सहित)

Posted by my storry | Tuesday, March 31, 2015 | Posted in ,

कृष्ण आचार्य,



लोकदोहोरीका चर्चित गायक पशुपति शर्माको फेरी अर्को बेजाड प्रस्तुती मनी कम्ती छैन रोइला गित बजारमा आएको छ ।
गित संगितमा आएको विकृति र ज्योति मगरको बारेमा आइरहेका आरोप प्रति व्यङगे गर्दै लेखिएको सो गितमा पशुपति शर्मा र ज्योति मगरले स्वर दिएका छन ।
छोटा लुगा लगाएको आरोप लागेकी ज्योतिको र लोक दोहोरीमा रत्यौली भित्राएको आरोप लागेका पशुपति शर्माले एकले अर्कोलाई आरोप प्रत्यारोप गित बाटनै गरेका छन ।
पछिल्लो समय गित संगितमा आएका विकृति बाट सचेत बनाउन गितले महत्वपुर्ण भुमिका खेल्ने गायक शर्माले हामीलाइ बताउनु भयो ।
शर्माको गितको सफलताको कामना नेपाली माटो परिवारको तर्फबाट पनि ।



पशुपति शर्माको पछिल्लो गितको म्युजिक भिडियो ।

अष्ट्रेलियामा साहित्यिक प्रष्ठिान गठन,

Posted by my storry | | Posted in , ,

कहिल्यै, गएपनि मेटिदैन राष्ट्र, स्वाभिमान, सहयोग र राष्ट्रीयता,नेपाली शान, मान र सम्मानमा भाषा, कला संस्कृति र साहित्य,


कला साहित्य र भाषाको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्धेश्यका साथ सन २००८ मा अष्ट्रेलियामा स्थापना गरिएको नेपाल कला संस्कृति तथा साहित्यिक प्रतिष्ठान अष्ट्रेलियाको नयाँ कार्यसमिति चयन भएको छ । 
सुजता केसिको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको उपाध्यक्षमा जितेन्द्र मल्ल र भिमसेन गुरुङ रहनु भएको छ । 
२ वर्षका लागि निर्वाचित नयाँ कार्यसमितिको महासचिवमा मुक्तिराम पोख्रेल, सहसचिवमा रुद्र गिरि, कोषाध्यक्षमा प्रकृृति भट्टराई रहनुभएको छ । 
यस्तै सदस्यहरुमा दिलु केसि, विप्लव चापागाई, केदार बरुवाल क्षेत्री, स्विकृती भट्टराई , जिना केसि, सृजना शर्मा, नानुका लिम्वुराई, सजल नयन,
राजेश्वर घिमिरे रहनुभएको छ । 

साहित्यिक प्रतिष्ठानको ५ जना संरक्षक रहनुभएको छ । जसमा जानकी पौडेल, विदुर ढुङ्गेल, भूवन थापा, रविन्द्र शर्मा  र चर्तुभूज खरेल रहनुभएको छ । 
यस्तै प्रतिष्ठानको सल्लाहकारमा इन्द्र वन, कुमार गिरी, महेन्द्र लम्साल, केदार पोख्रेल र राजेश केसि रहनुभएको छ । 

खाएको कसम फिर्ता लिन मिल्छ र ? संचारकर्मी आकाश पन्थको, रंगिन यात्रा सुरु

Posted by my storry | | Posted in

बुटवलको आसपासमा फिल्म तथा मयूजिक भिडियोको छायांकन तथा उत्पादन तिब्र गतिमा भैरहेको छ ! त्यसै मध्ये मोफसलमा रहेर पनि अत्यधिक मयूजिक भिडियो उत्पादन गर्ने बयानरको रुपमा अविरल फिल्म्स चिरपरिचित छ, हाल आएर कृष्ण काफ्लेको आवाजमा रहेको तथा मयूजिक प्लस को बजार ब्यबस्थापन /शब्द संगीत बि पाण्डे को रहेको " खाएको कसम फिर्ता लिन मिल्छ र ? " भन्ने गीतको छायांकन कपिलवस्तु को विभिन्न ठाउमा गरेको छ . कपिलवस्तुको ४ नम्बर मा रहेको कपिलवस्तु सामुदायीक हस्पिटल , लक्ष्मनघाट तथा आसपासका भिभिन्न ठाउमा छायांकन गरिएको भिडियोमा संचार कर्मी आकाश पन्थ , सागर खनाल र ममता ढकालको अभिनय देख्न सकिनेछ . 


सागरले यस अघि नेपाल टेलिभिजनमा प्रसारण हुने किनारा सिरियलमा समेत अभिनय गरिसकेका थिए, २१ बर्सको सागर खनाल रुपन्देहीको बासगढ़िमा आफ्नो ब्यबसाए गर्दै आएकाछन , भबिस्यमा राम्रो कलाकार बन्ने सोच समेत रहेको बताउछन , त्यस्तै विभिन्न मिडियामा आबद्ध रहेका आकाश पन्थ पनि भबिस्यमा कुशल कलाकार एबम गीतकार बन्ने सोच राखेका छन् , मोफसलमा रहेर प्रतिभावान कलाकारलाई अबसर दिदै आएको अविरल फिल्म्सले यो गीत मार्फत संचार कर्मी आकाश पन्थ र सागर खनाललाई देबुय गराएको छ ! दीपेश डिसी को छायांकन रहेको सो भिडियोमा बिष्णु भट्टराई को निर्देशन तथा सम्पादन रहेकोछ, हरेक भिडियोमा केहिन केहि नया पन लिएर आउने निर्देशक बिष्णु भट्टराईले यो भिडियोमा पनि दर्शकको लागि केहि नया पन रहने समेत जानकारी गराएका छन।

के ? जीवनको अर्थ छ ?

Posted by my storry | | Posted in ,


सन्तोष गौतम मलेशीयाबाट लेख्छन

भनीन्छ मानीस ईश्वरको अमुल्य बरदान हो । यस अर्थमा पनि हामी मानीसलाई ईश्वरको अमुल्य बरदान मान्न सक्छौ की, मानीस जीबनमा मात्र एकचोटी जन्मन्छ र उसको मृत्यु नीश्चीत छ । यसलाई भगवानका कुनै पनि अबतारले रोक्न सक्दैन । कीनकी सृष्टीको उत्पत्तीसंगै स्वयम भगवान पनि यो जन्म र मृत्युको खेल खेलीरहेका हुन्छन । 

हामी त मानीस हौ त्यसैलेपनि मृत्यु भन्दा टाढा भाग्न खोज्नु हाम्रो मुर्खता मात्र हुन आउछ र यसरी हेर्दा भगवानले हामीलाई यो सासंरीक रंगीन दुनीयामा रंगीनका लागी पठाउनुभएको हो ।  तर हामी यसरी रंगीदीन्छौ यसरी रंगीदीन्छौ की भगवानलाई पनि अलमलमा पार्नै गरी कीनकी हामी यर्थातलाई बुझेका हुदैनौ मात्र कृत्रीमतातीर दौडिरहेका छौ । 
कहीले लाग्छा की जीबन संर्घष हो अनि हामी अनायसै रगटीन थाल्छौ अनि फेरी जती रगेटीएपनि केही नलागेपछि बीद्धानहरु परीभाषीत गर्छन जीबनलाई हजार असफलतापछीको एक खालको सफलता नै वास्तबीक जीबन हो भनेर । कहीले लाग्छ बाचुन्जेल मोजमस्ती घुमफीर रंग रमाईलो यही नै हो आखीर मानीसले जीउन पर्ने जीबन अनि हामी यसैकुरालाई आत्मसाथ गरी आफ्नो बल बुताले भ्याएसम्म मोजमस्तीको नाममा जीन्दगीको मजा लुट्न थाल्छौ ।
त्यसपछी बु¨ीन धेरै समय लाग्दैन अन्तत एक बेबारीसे जीवन जीउन बाध्य हुन्छौ अनि भन्छौ बेबारीसे जीबन आखीर जीउनुको के अर्थ  । त्यसपछी आफैले आफैलाई अन्त्यस्टी गर्न पनि पछी पदैनौ । 
अब भन्नुहोस यो जीबनलाई कसरी बुभm्ने, बुझीनसक्नुको छ यो जीबन भन्ने कुरा समाजमा अरु भन्दा आफुलाई अलिकति बेग्ले देखाउन टोपलीने मानिसका ती पक्तीं जो सामान्य सरकारी तथा गैरसरकारी कर्मचारीहरु पकेटमा २, ४ हजार रुपैँया अनि सुकीलो मुकीलो कपडालाई प्रोफेसनल जीन्दगी ठान्ने ती प्रोफेसनलका हुलीयाहरुको आफ्नो स्वयम जीन्दगीनै छैन । 
आफ्नो स्वतन्त्रता छैन की त सरकारको नुनमा आफु गुन लगाउदै अर्कैको नासो बनाईदीन्छन जीन्दगी की त कुनै प्राईभेट कार्यलयमा आफ्ना बोसहरुको मोडमा आफ्नो तोड मीलाउदै जीन्दगी खर्चन पछी नह्टने ती प्रोफेसनलहरुको खोई त आफ्नो जीबन ,
जसले यो समाजलाई यो राष्ट्रलाई आफ्नो प्रत्यक्ष नीगरानीमा राखी कलमको माध्यमबाट सम्पुर्ण क्षेत्र र तप्काका मानीसहरुको जीबनको मुल्या¨कन गर्ने ती लेखक पत्रकार र्सर्जकहरुको कलमको पीडा कसलाई के थाहा जसको कलमको मसी भरीयपनि आफनो भोको पेटको मसी भरीने हो की होईन ।
अनि त्यही कलमको शक्तीको कारण कत्तीको आखाको तारो भईनेहो खैर यसरी हेर्दा अब कुन क्षेत्रका मानिसका जीबनलाई हामी सुख सम्पन्न र वास्तबीक जीबनको रुपमा लीन सकीन्छ त यसको जवाफ न त म संग छ न त तपाईसंग नै मात्र उपरवालाका लीला अपरम्पार छ । 
हो अपरम्पार खै भगवानलाई पनि के दोस दिनु उनी त एक खेलका रेर्फी मात्र नै हुन खेलाडी त स्वयम हामी नै हौ । गोल गर्ने आउट गर्ने या बढी नै आत्मबीश्वासका साथ आत्म नीयन्त्रण गर्न नसकेर अपसाईड गर्ने कीनकी यो संसारमा सन्तुलीत खेल छैन । 
त्यसैले कसैको जीबन सडकमै पछारीरहेको हुन्छ, कसैको जीबन महलमै भौताईरहेको हुन्छ यहाँ सबै अस्तीत्वको खोजीमा भोको पेटको रोजी रोटीमा तछाडमछाड गर्दे दौडिरहेका हुन्छन थाहा छैन गन्तब्य काहा हो मात्र दौडिरहेका हुन्छन र दौडिदा दौडिदा अन्तत फेरी जसरी आएको हो त्यसरीने उपरबालाको काखमा गुटमुटीनी बाहेक उ सग केही हुदैन । जीन्दगीमा र फेरी प्रश्न तगारो बनीदीन्छ अग्रेजीमा धजबत ष्क षिभ ? 

सहमतिका लागि आन्दोलन रोक्नुपर्छ भन्ने छैनः सभाध्यक्ष

Posted by dadad | | Posted in

१७  चैत, काठमाडौं । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले विपक्षी मोर्चाको आन्दोलन जारी रहँदापनि दलीय सहमति जुटाउन सकिने बताएका छन् ।

यहि चैत २३ गतेभित्र अधिकतम सहमति गर्न दलहरुलाई आग्रह गर्दै अध्यक्ष नेम्वाङले सहमतिमा संविधान जारी गर्नुको विकल्प नरहेको बताए ।

सुचनाको हकका लागि नागरिक अभियानले मंगलबार राजधानीमा गरेको अन्तक्र्रियामा अध्यक्ष नेम्वाङले २३ गते अघिका आन्दोलनका कार्यक्रम स्थगित गरेर विपक्षी मोर्चाले ठिक गरेको बताए । 

दलहरुलाई बखेडाको बाटो त्याग्न आग्रह गर्दै उनले २३ गते भित्र विषयगत सहमति गर्न र त्यो पनि नभए प्रक्रियामा सहमति गर्न आग्रह गरे ।

हिउँदे अधिवेशन नगरेकोका आपत्ती
सभाध्यक्ष नेम्वाङले हिउँदे अधिवेशन नगरेकोप्रति सरकाररप्रति आपत्ती जनाएका छन् । बर्खे अधिवेशनको तयारी गर्नुपर्ने समय आईसक्दा पनि हिउँदे अधिवेशन नभएकोमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै उनले असन्तुष्टी व्यक्त गरे । सभाध्यक्ष नेम्वाङले बैशाखमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने भनिएपनि अहिलेसम्म त्यसको चहलपहल नहुनु गम्भिर भएको बताए ।

सांसदकै पहुँचमा सुचनाको हक छैन
कार्यक्रममा सभाअध्यक्ष नेम्वाङले संयन्त्र कमजोर भएका कारण सांसदकै पहुँचमा सुचनाको हकको पहुँच नपुगेको भन्दै त्यसमा आफुले पहल गर्ने बताए ।
नागरिकको सुचना पाउने हक हनन नगर्न सचिवायलाई उनको निर्देशन छ ।

........यसरी शारीरिक भोक मेटाएर ऊ बेपत्ता भयो

Posted by Unknown | Monday, March 30, 2015 | Posted in

झमक्क साँझ परिसकेको छ । भोटाहिटीभित्रको साँघुरो गल्लीमा  भेटिएकी उनको हाउभाऊ र भावभंगी बुझ्न कठिन थिएन । कलेटी परेको ओठ, फुङ्ग उडेको अनुहारमाथि बाध्यता र निराशाका रेखाहरू प्रष्टै पढ्न र बुझ्न सकिन्थ्यो । चिनजानको साथि मार्फत भेटिएकी उनीसँग प्रशंग कोट्याउनु परिचय दिनु अनिवार्य थियो ।  नाम र पेशा खुलाउँदा उनी उनी झस्किइन् र मेरो प्रश्नबाट बारम्बार उम्कन खोजिन् ।  किनकी उनको पेशाभित्र र समूहमा सञ्चारकर्मी र प्रहरीलाई हेर्ने दृष्टिकोणमा प्रशस्तै समानता थियो ।

 कुराकानीलाई सहज बनाउँदा नबनाउँदै झोलाको भित्री भागबाट नखोलेको एकबट्टा सूर्य चुरोट निकाल्दै सोधिन्– ‘चुरोट लिनु हुन्छ ?’  मैले लिने गरेको छैन भनेर आग्रह अस्वीकार गर्दानगर्दै उनले बट्टा खोलेर चुरोटको लामो सर्को तानिन् र धुवा जमिनमा हुत्याउँदै आफ्ना बाध्यताको बारेमा खोल्न थालीन् ।  त्यो अघि उसले केही शर्त तेर्स्याएकी थिई जुन स्वीकार्ने आश्वासन पनि दिइसकेको थिएँ ।

 यसपछि भने उसको शंका दूर भयो ।  ‘रहर होइन बाध्यता हो’  यो प्रश्न हेर्दा जति सरल लाग्छ त्यती नै यसभित्र जटिलता र जीवनको निरस कथा लुकेको छ भनेर सहज अनुमान लगाउन कठिन हुँदैन ।  ‘सुरुमा होटलमा वेटर गर्दथेँ’  रेकर्डर अन गरिसकेकाले उनले सम्हालिएरै जवाफ दिने कोसिसमा गरिरहेकी देखिन्थिन् । यद्यपी उनको असहजतालाई म पनि सजिलै अनुमान लगाउन सक्थेँ । 

‘यहाँ होइन अन्तै गएर कुरा गरौँ न’, कुराकानीकोबीचमै अनुरोध गरिन् ।   मैले पनि नकार्ने अवस्था थिएन  ।  त्यस पछि म उनको पछि लागेँ । गल्लीबाट केही पर पुगेपछि उसले चिनजानकै होटलमा पुर्याई । सायद उसले चिनेकै थियो  या उ बारम्बार त्यही होटलमा आउँदथी त्यो त म के जानू र !  टेवलमा बस्दा नबस्दै वेटर आयो र मेनु तेर्स्यायो ।  ‘चिया खाउँन है’  उसले पुनः आग्रह गरी ।  ‘हुन्छ ।’  मेरो जवाफ अघिको भन्दा केही छिटो थियो ।  त्यसपछि बताउन सुरु गरी उसले आफ्ना जीवनका पीडादायी कथाहरू ।  काठमाडौँ मेरो सपनाको सहर थियो । स्कूल पढ्दै गर्दा मैले काठमाडौँ पुगेर धेरै पैसा कमाउने सोचेकी थिएँ । त्यही सपना मुताविक म आजभन्दा त्यस्तै चार वर्ष अघि राजधानी आइपुगेकी हुँ ।

 राजधानी मेरा लागी जति नौलो थियो । उत्तिकै कौतुहलमय पनि । यहाँका मानिसहरूका दैनन्दिनका गतिविधीहरू र उनीहरूका क्रियाकलापहरू मलाई निकै रहस्यमय लाग्दथे । सवैको हतार र हतासाले मलाई आश्चर्य बनाउँथ्यो ।  दिनहरू वित्दै जाँदा म पनि कामको खोजीमा भौँतारिन थालेँ । त्यस्तैमा एकजना दाइसँग भेट भयो । उसले मलाई राम्रो काम लगाईदिने भन्दै आफ्नो, मान्छे विदेश पठाउने (म्यानपावर कम्पनी) अफिसमा बोलायो । र, भोली पल्टैबाट काम पनि लगाई दियो । त्यहाँ काम गर्ने क्रममा म राम्री देखेर उसको मन लोभ्भिएछ । यस्तैमा एक दिन उसले मलाई धेरै मायाँ गर्ने बतायो । उमेर र जवानीका कारण मैले के सही, के गलत बुझ्ने चेष्टा नै नगरी हुन्छ भनिदिएँ ।  उसले मलाई धेरै आश्वासन पनि दिएको थियो । त्यसवेला म्यानपावर व्यवसाय रामै फस्टाएको थियो । पैसा मनग्य कमाउँथ्यो । मलाई पनि राम्रै खर्च गथ्र्यो ।

म आफूलाई कोठा खर्च पुर्याएर गाउँमा पनि पैसा पठाउने गर्दथेँ । त्यसबाट परिवार पनि खुसी भएको थियो ।  पढाई पनि जारी थियो । कक्षा १२ मा पढ्थे त्यतीबेला म ।    आफूले पनि मन पराएको मान्छेसँग मन त साटियो नै तर कतिबेला कतिवेला बहकिएर तन पनि साट्न पुगिएछ । सामान्य आकार्षणबाट बसेको माया खै कतिखेर झांगियो र तन मन दुवै बाँड्ने तहमा पुग्यो केही खुट्याउनै सकिनँ ।  तर मेरो जीवन त्यसबेला बज्रपात आइलाग्यो जती बेला म्यानपावरबाट साउदी पठाएका चार युवा रित्तो हात नेपाल फर्किए । उनीहरू नेपालमात्र फर्किएनन् त्यो म्यानपावर मालिकलाई पनि पक्रिएर थुनामा हाले । कम्पनी ढाँटेर साउदी पठाएको भन्दै क्षतीपूर्ती दावी सहित तिनीहरूले प्रहरीमा उजुरी दिएका रहेछन् । तत्काल प्रहरीले एक्सन लिइहाल्यो । 

त्यसपछि ऊ थुनामा पर्यो । मेरो जागिर अलपत्र भयो । कम्पनी सामान्य थियो । धेरै काम गर्ने मानिसहरू पनि थिएनन् । मालिकै पक्राउ परे पछि म एकातिर कामविहिन भएँ भने अर्को तिर मेरो प्रेम पनि किनारा लाग्यो ।  पक्राउ परेको एक महिनासम्म त उसको आश गरेँ । तर, विगो धेरै देखिएकाले छिट्टै छुट्ने सम्भावना देखिएन । म काम खोज्न अर्को ठाउँ तिर जान थाले । म्यानपावरमा काम गर्दा अर्को एकजना दाइलाई चिनेको थिएँ । त्यो दाईले पनि म एउटा होटलमा काम मिलाई दिन्छु भन्यो ।  उसले बागबजारको एउटा होटलमा काममा लगाईदिन्छु, भोली फोन गरेर आऊ भन्यो । भोलीपल्टबाटै उसले होटलमा काममा लगाईदियो  ।

 म्यानपावर मालिक र मेरो प्रेम सम्बन्धको बारेमा उसलाई पनि थाह थियो । यसकारण ऊ पक्राउ परेपछि उसले मलाई आँखा गाडेको रहेछ । कुरैकुरामा उसले पनि मलाई मन पराउने र विहे गर्ने आश्वासन दियो र म पुनः बहकिएँ । छिट्टै विवाह गर्ने बताएकाले उसँग पनि शारीरिक सम्बन्ध रहन गयो । तर आफ्नो शारीरिक भोक मेटाएपछि र स्वार्थ पूर्ती भएपछि त्यो केटा एकाएक वेपत्ता भयो । र, कहिल्यै सम्पर्कमा आएन ।

 यता होटल साहुले पनि मान्छे बढी भएको भनेर कामबाट निकालिदियो । यस्तैमा दिन वित्दै थियो, एकदिन होटलमा आइरहने दिदीसँग अचानक बागबजारमै भेटभयो । उनले मलाई यस्तो काम गरौँ भनेर फकाईन् ।सुरुमा त मलाई अफ्ठ्यारो लागेको थियो । तर के गर्ने नचाँहदा नचाँहदै यस्तो पेशामा आउन करै लाग्यो । किनकी आवश्यकता निर्मम हुँदो रहेछ ।  सुरुमा तिनै दिदीको सम्पर्क र सम्बन्धका पुरुषसँग सम्बन्ध राख्न थाले । तर, अहिले आफैँ सम्पर्क बढाएकी छु । त्यस्तै सातामा ६÷७ जना युवकहरु नियमित सम्बन्धका लागि आउँछन् ।

उनीहरू सप्पै व्यावार व्यवसाय गर्दछन् । राम्रै पैसा दिन्छन् । उनीहरूले दिएको पैसाले घरमा पैसा पठाउने र आफ्नो जीवन निर्वाह गर्दैछु ।  घरमा बाआमा बुढा भइसक्नु भएको छ । एक जना भएको दाजु पनि बेग्लै बसेका छन् । अहिले आएर चाँही बाआमा र आफ्नो भविष्यले पीरोल्न थालेको छ ।र, यो पेसाबाट बाहिर आउने बारेमा सोचिरहेको छु । के सम्भव होला र ?  टिनिनिन्न.........  कुरा सक्दा नसक्दै उसको मोवाइलमा घण्टी बज्यो  हेल्लो भन्दै उ बाहिरीई ।  ‘मिलाएर छाप्नुहोला है’, ढोकाबाट बाहिरिँदै गर्दा उसले पुनः आग्रह गरी । 
(रीता शर्मा (नाम परिवर्तनसँग) कुराकानीमा आधारित) 
प्रस्तुतिः रामनाथ खनाल  @nepalpati.com
झमक्क साँझ परिसकेको छ । भोटाहिटीभित्रको साँघुरो गल्लीमा  भेटिएकी उनको हाउभाऊ र भावभंगी बुझ्न कठिन थिएन । कलेटी परेको ओठ, फुङ्ग उडेको अनुहारमाथि बाध्यता र निराशाका रेखाहरू प्रष्टै पढ्न र बुझ्न सकिन्थ्यो । चिनजानको साथि मार्फत भेटिएकी उनीसँग प्रशंग कोट्याउनु परिचय दिनु अनिवार्य थियो ।
नाम र पेशा खुलाउँदा उनी उनी झस्किइन् र मेरो प्रश्नबाट बारम्बार उम्कन खोजिन् ।  किनकी उनको पेशाभित्र र समूहमा सञ्चारकर्मी र प्रहरीलाई हेर्ने दृष्टिकोणमा प्रशस्तै समानता थियो ।
कुराकानीलाई सहज बनाउँदा नबनाउँदै झोलाको भित्री भागबाट नखोलेको एकबट्टा सूर्य चुरोट निकाल्दै सोधिन्– ‘चुरोट लिनु हुन्छ ?’
मैले लिने गरेको छैन भनेर आग्रह अस्वीकार गर्दानगर्दै उनले बट्टा खोलेर चुरोटको लामो सर्को तानिन् र धुवा जमिनमा हुत्याउँदै आफ्ना बाध्यताको बारेमा खोल्न थालीन् ।
त्यो अघि उसले केही शर्त तेर्स्याएकी थिई जुन स्वीकार्ने आश्वासन पनि दिइसकेको थिएँ ।
यसपछि भने उसको शंका दूर भयो ।
‘रहर होइन बाध्यता हो’
यो प्रश्न हेर्दा जति सरल लाग्छ त्यती नै यसभित्र जटिलता र जीवनको निरस कथा लुकेको छ भनेर सहज अनुमान लगाउन कठिन हुँदैन ।
‘सुरुमा होटलमा वेटर गर्दथेँ’
रेकर्डर अन गरिसकेकाले उनले सम्हालिएरै जवाफ दिने कोसिसमा गरिरहेकी देखिन्थिन् । यद्यपी उनको असहजतालाई म पनि सजिलै अनुमान लगाउन सक्थेँ ।
‘यहाँ होइन अन्तै गएर कुरा गरौँ न’, कुराकानीकोबीचमै अनुरोध गरिन् ।
मैले पनि नकार्ने अवस्था थिएन  ।
त्यस पछि म उनको पछि लागेँ । गल्लीबाट केही पर पुगेपछि उसले चिनजानकै होटलमा पुर्याई । सायद उसले चिनेकै थियो  या उ बारम्बार त्यही होटलमा आउँदथी त्यो त म के जानू र !
टेवलमा बस्दा नबस्दै वेटर आयो र मेनु तेर्स्यायो ।
‘चिया खाउँन है’
उसले पुनः आग्रह गरी ।
‘हुन्छ ।’
मेरो जवाफ अघिको भन्दा केही छिटो थियो ।
त्यसपछि बताउन सुरु गरी उसले आफ्ना जीवनका पीडादायी कथाहरू ।
काठमाडौँ मेरो सपनाको सहर थियो । स्कूल पढ्दै गर्दा मैले काठमाडौँ पुगेर धेरै पैसा कमाउने सोचेकी थिएँ । त्यही सपना मुताविक म आजभन्दा त्यस्तै चार वर्ष अघि राजधानी आइपुगेकी हुँ ।
राजधानी मेरा लागी जति नौलो थियो । उत्तिकै कौतुहलमय पनि । यहाँका मानिसहरूका दैनन्दिनका गतिविधीहरू र उनीहरूका क्रियाकलापहरू मलाई निकै रहस्यमय लाग्दथे । सवैको हतार र हतासाले मलाई आश्चर्य बनाउँथ्यो ।
दिनहरू वित्दै जाँदा म पनि कामको खोजीमा भौँतारिन थालेँ । त्यस्तैमा एकजना दाइसँग भेट भयो । उसले मलाई राम्रो काम लगाईदिने भन्दै आफ्नो, मान्छे विदेश पठाउने (म्यानपावर कम्पनी) अफिसमा बोलायो । र, भोली पल्टैबाट काम पनि लगाई दियो । त्यहाँ काम गर्ने क्रममा म राम्री देखेर उसको मन लोभ्भिएछ । यस्तैमा एक दिन उसले मलाई धेरै मायाँ गर्ने बतायो । उमेर र जवानीका कारण मैले के सही, के गलत बुझ्ने चेष्टा नै नगरी हुन्छ भनिदिएँ ।
उसले मलाई धेरै आश्वासन पनि दिएको थियो । त्यसवेला म्यानपावर व्यवसाय रामै फस्टाएको थियो । पैसा मनग्य कमाउँथ्यो । मलाई पनि राम्रै खर्च गथ्र्यो । म आफूलाई कोठा खर्च पुर्याएर गाउँमा पनि पैसा पठाउने गर्दथेँ । त्यसबाट परिवार पनि खुसी भएको थियो ।
पढाई पनि जारी थियो । कक्षा १२ मा पढ्थे त्यतीबेला म ।
आफूले पनि मन पराएको मान्छेसँग मन त साटियो नै तर कतिबेला कतिवेला बहकिएर तन पनि साट्न पुगिएछ । सामान्य आकार्षणबाट बसेको माया खै कतिखेर झांगियो र तन मन दुवै बाँड्ने तहमा पुग्यो केही खुट्याउनै सकिनँ ।
तर मेरो जीवन त्यसबेला बज्रपात आइलाग्यो जती बेला म्यानपावरबाट साउदी पठाएका चार युवा रित्तो हात नेपाल फर्किए । उनीहरू नेपालमात्र फर्किएनन् त्यो म्यानपावर मालिकलाई पनि पक्रिएर थुनामा हाले । कम्पनी ढाँटेर साउदी पठाएको भन्दै क्षतीपूर्ती दावी सहित तिनीहरूले प्रहरीमा उजुरी दिएका रहेछन् । तत्काल प्रहरीले एक्सन लिइहाल्यो ।
त्यसपछि ऊ थुनामा पर्यो । मेरो जागिर अलपत्र भयो । कम्पनी सामान्य थियो । धेरै काम गर्ने मानिसहरू पनि थिएनन् । मालिकै पक्राउ परे पछि म एकातिर कामविहिन भएँ भने अर्को तिर मेरो प्रेम पनि किनारा लाग्यो ।
पक्राउ परेको एक महिनासम्म त उसको आश गरेँ । तर, विगो धेरै देखिएकाले छिट्टै छुट्ने सम्भावना देखिएन । म काम खोज्न अर्को ठाउँ तिर जान थाले । म्यानपावरमा काम गर्दा अर्को एकजना दाइलाई चिनेको थिएँ । त्यो दाईले पनि म एउटा होटलमा काम मिलाई दिन्छु भन्यो ।
उसले बागबजारको एउटा होटलमा काममा लगाईदिन्छु, भोली फोन गरेर आऊ भन्यो । भोलीपल्टबाटै उसले होटलमा काममा लगाईदियो  ।
म्यानपावर मालिक र मेरो प्रेम सम्बन्धको बारेमा उसलाई पनि थाह थियो । यसकारण ऊ पक्राउ परेपछि उसले मलाई आँखा गाडेको रहेछ । कुरैकुरामा उसले पनि मलाई मन पराउने र विहे गर्ने आश्वासन दियो र म पुनः बहकिएँ । छिट्टै विवाह गर्ने बताएकाले उसँग पनि शारीरिक सम्बन्ध रहन गयो । तर आफ्नो शारीरिक भोक मेटाएपछि र स्वार्थ पूर्ती भएपछि त्यो केटा एकाएक वेपत्ता भयो । र, कहिल्यै सम्पर्कमा आएन ।
यता होटल साहुले पनि मान्छे बढी भएको भनेर कामबाट निकालिदियो । यस्तैमा दिन वित्दै थियो, एकदिन होटलमा आइरहने दिदीसँग अचानक बागबजारमै भेटभयो । उनले मलाई यस्तो काम गरौँ भनेर फकाईन् ।सुरुमा त मलाई अफ्ठ्यारो लागेको थियो । तर के गर्ने नचाँहदा नचाँहदै यस्तो पेशामा आउन करै लाग्यो । किनकी आवश्यकता निर्मम हुँदो रहेछ ।
सुरुमा तिनै दिदीको सम्पर्क र सम्बन्धका पुरुषसँग सम्बन्ध राख्न थाले । तर, अहिले आफैँ सम्पर्क बढाएकी छु । त्यस्तै सातामा ६÷७ जना युवकहरु नियमित सम्बन्धका लागि आउँछन् । उनीहरू सप्पै व्यावार व्यवसाय गर्दछन् । राम्रै पैसा दिन्छन् । उनीहरूले दिएको पैसाले घरमा पैसा पठाउने र आफ्नो जीवन निर्वाह गर्दैछु ।
घरमा बाआमा बुढा भइसक्नु भएको छ । एक जना भएको दाजु पनि बेग्लै बसेका छन् । अहिले आएर चाँही बाआमा र आफ्नो भविष्यले पीरोल्न थालेको छ ।र, यो पेसाबाट बाहिर आउने बारेमा सोचिरहेको छु । के सम्भव होला र ?
टिनिनिन्न.........
कुरा सक्दा नसक्दै उसको मोवाइलमा घण्टी बज्यो
हेल्लो भन्दै उ बाहिरीई ।
‘मिलाएर छाप्नुहोला है’, ढोकाबाट बाहिरिँदै गर्दा उसले पुनः आग्रह गरी ।
(रीता शर्मा (नाम परिवर्तनसँग) कुराकानीमा आधारित)
प्रस्तुतिः रामनाथ खनाल


- See more at: http://nepalpati.com/news/8146/Nepali-sex-workers#sthash.KHf8odNK.dpuf

नाच्दा-नाच्दै बजारिँदा नर्तकीको वक्षस्थल नै पडि्कएपछि… -

Posted by Unknown | | Posted in

 निकै उत्तेजक पोल डान्स गर्ने एक नर्तकी युवतीको नाच्ने क्रममा एउटा वक्षस्थल नै पड्किएर फुट्यो अनि उनलाई तत्कालै अस्पतालमा लग्नुपर्यो ।

घटना भेनेजुयलाको हो । पोल डान्सर मोडेल डियोसा क्यानेल्सले हालै पोल डान्स देखाइरहेको बेलामा नियन्त्रण गुमाई पोलबाट फुत्किएर भुइँमा बजारिन पुगिन् । उनी भुइँमा पछारिँदा घोप्टो परेकी थिइन् जसका कारण उनको छातिको भाग भुइँमा नराम्रोसँग थचारियो । त्यो दुर्घटनाले २८ वर्षकी नर्तकीको वक्षस्थल नै फुट्न पुग्यो र उनलाई तत्कालै आकस्मि शल्यक्रिया नै गर्नुपर्यो ।

प्लेब्वाय मोडेल समेत रहेकी क्यानेल्सका वक्षस्थल कति कमजोर रहेछन् जुन मान्छे भुइँमा थचारिँदा प्वाट्टै फुट्ने ? भन्ने सोँच्नुहोला । वास्तवमा ती सक्कली नभएर प्रत्यारोपण गरी आकार बढाइएका वक्षस्थल रहेछन् । त्यसैले उनको छाति भुइँमा बजारिँदा उनको एउटा सिलिकन भरिएको वक्षस्थल फुट्न पुग्यो र उनलाई तत्कालै अस्पताल लगेर पुनः शल्यक्रिया गरी वक्षस्थललाई पूरानै अवस्थामा ल्याइयो ।

उनले अस्पतालको बेडबाटै आफ्ना फ्यानका लागि इन्स्टाग्राममार्फत तस्वीर सहितको सन्देश लेखेकी छिन् । जसमा उनले लेखेकी छिन्, ‘मेरा प्रियजनहरु, हिजो मेरो आकस्मिक शल्यक्रिया भयो । पोल डान्सको अभ्यास गरिरहेको बेला म खसेँ र मेरो कृत्रिम वक्षस्थल फुट्यो ।’ साथै उनले आफु छिटै ठीक हुने भन्दै चिन्ता नगर्न समेत आग्रह गरेकी छिन् ।

‘छोटो लुगा’ लगाएर अदालत जाँदा गेटमै रोकियो

Posted by Unknown | | Posted in ,

१७ चैत, काठमाडौ । चाबहिलकी चिन्टु श्रेष्ठ आइतबार कामका सिलसिलामा बबरमहलस्थित जिल्ला अदालत काठमाडौ जाँदै थिइन् । विहान १० बजेतिर उनी जब अदालतको गेटमा पुगिन्, सुरक्षाकर्मीले भित्र प्रवेश गर्न रोक लगाए । पतिसँगै त्यहाँ पुगेकी चिन्तुले अचम्मित हुँदै ‘किन रोक्नु भएको रु’ भनी प्रहरीसँग सोधिन् ।

प्रहरीले हाकाहाकी जवाफ दिए( ‘तपाईँले छोटो लुगा लगाउनु भएको छ, त्यसैले भित्र पठाउँन मिल्दैन ।’ उनले अफिसको परिचयपत्र देखाइन् । त्यसपछि प्रहरीले ‘अबदेखि छोटो लुगा लगाएर अदालत नआउनू’ भनी सचेत गराएर मात्र भित्र जान दिए, नागरिक दैनिकमा खबर छ ।

एक अन्तर्राष्ट्रिय नियोगमा कार्यरत ती युवती कुनै अनौपचारिक भड्किलो पोशाकमा थिइनन्, कार्यालयकै ड्रेसकोडमा अदालत पुगेकी थिइन् । ‘मैले कुनै उत्ताउलो कपडा लगाएको थिइनँ,’ चिन्टुले भनिन्, ‘अफिसको ड्रेस, त्यो पनि घुँडाभन्दा तलसम्मै ढाक्ने खालको थियो तर पनि प्रहरीले भित्र पस्न अवरोध गर्यो ।’

‘म श्रीमानसँग त्यहाँ पुगेकी थिएँ,’ उनले थपिन्, ‘श्रीमानका अगाडि तपाईँले लगएको कपडा भएन भनेर रोक्दा म नर्भस भएँ ।’ सुरक्षाकर्मीले आफूलाई फेरि आउँदा स्कर्ट नलगाउन सम्झाएको उनले बताइन् ।

अन्तरिम संविधानमा ब्यक्तिको वाक् स्वतन्त्रता, सार्वजनिक स्थलमा हिँडडुल गर्न पाउने अधिकार सुनिश्चित छ । तर कानूनको ब्याख्या गर्ने अदालतमै महिलाले छोटो लुगा लगाएको निहुँमा अपमानित हुनु पर्यो ।

सभाध्यक्ष झन्डै जेलमा !

Posted by Unknown | | Posted in ,

१७ चैत्र, काठमाण्डौ । जिल्ला अदालतको रेकर्डलाई मात्र आधार मान्दा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ र पूर्वगृहमन्त्री भीम रावल १८ दिनका लागि जेल जानुपर्ने रहेछ । पञ्चायतकालदेखि केही दिनअघिसम्मको यो अवस्था कानुनतः हालैमात्र परिवर्तन भएको हो । कान्तिपुर दैनिकमा समाचार छ ।

नौ वर्षदेखि लगातार राष्ट्रको पाचौं मर्यादाक्रममा रहेका सभाध्यक्ष नेम्वाङ र पूर्वगृहमन्त्री भीम रावलले कैद भुक्तान गर्नुपर्ने रेकर्डबारे अदालत आफैंले उनीहरूलाई खबर गरेको भने होइन । सभाध्यक्ष नेम्वाङ घरव्यवहार मिलाउने क्रममा आफ्ना भाइ सुरेशकुमारलाई अधिकृत वारेसनामा दिन गत बिहीबार काठमाडौं जिल्ला अदालत जान लागेका थिए ।
पूर्वतयारीका लागि गएका सुरेशकुमार र नेम्वाङका स्वकीय सचिव बुद्धि खनाल त्यतिबेला तीनछक परे, जब अदालतले १८ दिन कैद भुक्तान गर्न बाँकी रहेकाले सभाध्यक्ष नेम्वाङको अधिकृत वारेसनामा प्रमाणित गर्न नमिल्ने जानकारी दियो ।

सभाध्यक्ष नेम्वाङ, रावल र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य भीम न्यौपानेसहित तत्कालीन झापा विद्रोहका समर्थक (पछि नेकपा (माले) का रूपमा संगठित) लाई पञ्चायती व्यवस्थाले २०३३ मा पक्राउ गरी राजकाज मुद्दा लगाएको थियो । तत्कालीन प्रधानमन्त्री तुलसी गिरीको मन्तव्य राष्ट्रघाती भएको बेहोरा उल्लिखित पर्चा बाँडेबापत उनीहरूलाई उक्त मुद्दा लागेको थियो ।

तत्कालीन अञ्चलाधीश सूर्यप्रसाद श्रेष्ठले श्री ५ को सरकारको अवहेलना गरेको ठहर गर्दै ६ महिना कैद सजायको फैसला गरेका थिए । मुद्दा फैसलाअघि नै ६ महिनाभन्दा बढी जेल बसेकाले रिहा भएका नेताहरूले तत्कालीन मध्यमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन गरे । नेम्वाङका अनुसार क्षेत्रीय अदालतले अञ्चलाधीशको फैसला सदर गरेका कारण थपिएको १८ दिन कैद भुक्तान गर्न बाँकी रहेको अदालती रेकर्ड बहुदलीय व्यवस्था हुँदै लोकतन्त्र र गणतन्त्रसम्मै कायम रहेको हो ।

नेम्वाङसहितका नेताहरूले सर्वोच्चबाट भने सफाइ पाएका थिए । विश्वनाथ उपाध्याय, सुरेन्द्रप्रताप सिंह र त्रैलोक्यराज अर्यालको इजलासले २०३६ माघ २२ गते प्रतिवादी नेम्वाङलाई राजकाज मुद्दाबाट सफाइ दिएको फैसलामा अञ्चलाधीशले गरेको सजाय, मध्यमाञ्चल क्षेत्रीय अदालतले तल्लो तहको फैसला सदर गर्दा थपिएको सजायको लगत कट्टा गर्न र धरौटीबापतको ६६ रुपैयाँ कानुनको रीत पुर्‍याएर फिर्ता गर्ने भनिएको थियो ।

प्रधानमन्त्रीका नाममा सात खसी ढालिए

Posted by Unknown | | Posted in ,

१७ चैत्र,  सुर्खेत , भेरी-बबई डाइभर्सन आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री सुशील कोइराला नै आउने भएपछि सुर्खेतमा सोमबार निकै तामझाम थियो। नेपालगन्जबाट सामान ल्याएर मञ्च निर्माण र सजावट भएको थियो। अन्नपूर्ण पोस्टमा समाचार छ ।

कार्यक्रमस्थलमा भोज दिन भन्दै सातवटा खसी काटिइसकेका थिए भने दुईवटा खसी काट्न बाँकी थिए। करिब एक हजारभन्दा बढीलाई खाना पकाइएको थियो।

आयोजनाको शिलान्यासमा प्रधानमन्त्री कोइराला, गृहमन्त्री वामदेव गौतम, सिचाइँमन्त्री एनपी सावदलगायत सरकारी अधिकारी आउने तय भएको थियो। सोमबार बिहानैदेखिको वर्षाका कारण काठमाडौंबाट हेलिकोप्टर उड्न नसकेपछि अन्तत: दिउँसो २ बजे कार्यक्रम स्थगित भयो। आयोजनाको करिब १० लाख रुपैयाँ खेर गएको छ ।

कार्यक्रम स्थगित भएपछि अधिकांश सहभागी भोज नै नखाई फर्के। कार्यक्रमका लागि बाँके र सुर्खेतबाट ठूलो सं यामा सुरक्षाकर्मी परिचालन भएका थिए। सिचाइँ सचिव, सिचाइँ विभागका महानिर्देशक, सरकारी कर्मचारी, राजनीतिक दलका कार्यकर्तादेखि जिल्लाका सभासद्हरूसमेत आइपुगेका थिए।

सरकारले नै राष्ट्रिय गौरवको आयोजना घोषणा गरेकाले यस आयोजनाको शिलान्यास प्रधानमन्त्रीबाटै गराउन लामो कसरत गरिएको थियो। विभिन्न झाँकी र बाजागाजासहित हातहातमा माला लिएर प्रधानमन्त्रीको स्वागतका लागि स्थानीय प्रतीक्षारत थिए।

वर्षाका कारण हेलिकोप्टर उड्न नसक्ने भन्दै काठमाडौंबाट प्रधानमन्त्री नेतृत्वको टोली नआएपछि सोमबार हुने भनिएको आयोजनाको शिलान्यास भएन। कार्यक्रम हुन नसकेपछि सोमबारको तयारीमा लगानी भएको १० लाख रुपैयाँ खेर गएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर मीनराज ढकालले जानकारी दिए।

पूर्वराजा पनि दिल्ली दौडमा

Posted by Unknown | | Posted in ,

१७ चैत्र, काठमाण्डौ । दुई छिमेकी राष्ट्र भारत र चीनले नेपालका ठूला दलका नेतालाई देशको पछिल्लो अवस्थाबारे परामर्श लिन बोलाइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार एकाएक दिल्ली भ्रमणमा जान लागेको छ । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
करिव एक महिना बसाइका लागि पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, बुहारी हिमानी र जेठी नातिनी पूर्णिका दिल्ली भ्रमणमा जान लागेका हुन् ।
उनीहरु आगामी आइतबार त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

स्वाइन फ्लु संक्रमित रामनाथ ढकालको अवस्था गम्भीर

Posted by Unknown | | Posted in ,

१७ चैत्र, काठमाण्डौ । स्वाइन फ्लु संक्रमणबाट सिकिस्त एमाले पोलिटब्युरो सदस्य तथा पूर्वसांसद रामनाथ ढकालको अवस्था स्थिर र गम्भीर रहेको अस्पतालले जनाएको छ । ग्रान्डी अस्पतालमा ४ दिनदेखि उपचारत ढकाललाई थप उपचारार्थ नयाँदिल्ली लैजाने तयारी भए पनि मौसम खराबीका कारण सोमबार पनि एयर एम्बुलेन्स उड्न सकेन । उनको अवस्था खतरामुक्त नरहेको अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले जनाए । 'थुप्रै खालका स्वास्थ्यसम्बन्धी समस्या देखिएका छन्,' डा. पाण्डेले भने, 'अवस्था स्थिर र गम्भीर छ तर भर्ना भएको दिनभन्दा बिग्रेको चाहिँ छैन ।' कान्तिपुर दैनिकमा समाचार छ ।

एमाले केन्द्रीय सदस्य हिक्मत कार्कीका अनुसार ढकाललाई लैजान दिल्लीबाट एयर एम्बुलेन्स काठमाडौं आइसकेको छ । तर मौसमका कारण सोमबार लान नसकिएको उनले जनाए । 'सानो इन्जिनवाला एयर एम्बुलेन्स भएकाले मौसम खराबीका कारण उड्न सकेको छैन,' कार्कीले भने, 'मंगलबार हामी लैजाने कोसिस गर्दैछौं ।' ग्रान्डी अस्पतालमा भेन्टिलेटरमा राखेर ढकालको उपचार भइरहेको छ । ढकाललाई दिल्लीको एपोलो अस्पतालमा लैजाने तयारी छ । रुघाखोकी र ज्वरो बढेपछि उनी ४ दिनअघि ढकाल अस्पताल गएका थिए ।

फेसबुकको प्रेमले घर छाड्दा

Posted by Unknown | | Posted in ,

१७ चैत्र, कञ्चनपुर ।५ वर्षअघि आफैले रोजेको केटोसित उनले बिहे गरेकी थिईन । सवथोक ठीकठाक चलिरहेको थियो थियो । विवाह गरेको २ वर्षमै छोरी जन्मिएपछि उनको परिवार औधी खुसी थियो । तर  श्रीमान श्रीमती दुबै बेरा्जगार हुदाँ परिवार चलाउन समस्या भयो ।
उनीहरुबीच बेलाबेला विवाद हुन थाल्यो । आर्थिक समस्यापछि उनले श्रीमानलाई वैदेसिक रोजगारमा पठाइन । कान्तिपुर दैनिकमा समाचार छ ।
यो कथा हो ओखलढुंगाको फूलबारीकी २७ वर्षीया विमला राइको । श्रीमान वैदेशिक रोजगारीमा पठाएपछि विमला पनि काठमाडौंमै व्यवसाय गर्दे काकाकाकीसँगै बस्न थालिन । फेसकुबक चलाउन सिकिन ।त्यही फेसबुकबाट उनी प्रेममा परीन र झन्डै बेचिने अवस्थामा पुगेकी थिईन ।
भारतको दिल्लीमा काम गर्ने बैतडीका एक युवकले फेसबुकबाटै मायाप्रेमको नाटक गरेर काठमाडौंबाट महेन्द्रनगर बोलाई ती युवतीलाई गड्डाचौकी नाका हुँदै भारतिर लग्दै गर्दा माइती नेपालले उद्धार गरेको छ ।

जमीनमुनी भेटियो ५ हजार वर्ष पुरानो कलात्मक शहर

Posted by Unknown | | Posted in

 टर्कीमा हालै जमीनमुनी एउटा यस्तो शहरको अबशेष भेटिएको छ जुन करिब ५ हजार वर्ष पुरानो भएको बताइएको छ ।
यो शहर कुनै खोजका क्रममा नभई श्रमिकहरुले खन्दा भेटेपछि भूगर्भ वैज्ञानिक र पुरातत्वविद्हरु अचम्मित भएका छन् । टर्कीको नेभसेहिर प्रान्तमा पुराना घर भत्काउने क्रम चलिरहेको बेला श्रमिकहरुले करिब ७ किलोमिटर लामो एउटा सुरुङ फेला पारेका थिए ।नेपालसन्देश डटकममा खबर छ ।
उक्त सुरुङको भित्र जाँदा एक खण्डहर शहर भेटिएको हो । टर्कीको समाचारपत्र हुर्रियत न्युजका अनुसार यो शहर विदेशी आक्रमणकारीबाट बचाउनका लागि करिब ५ हजार वर्ष पहिले बसाइएको थियो ।
यो शहर टर्कीमा प्राचीन अटोमन साम्राज्यकालको भएको अनुमान गरिएको छ । जमीनको करिब ३७१ फिट मुनी करिब ५० लाख वर्गफिटमा फैलिएको थियो ।
जसमा घर, गल्ली र सडकको निर्माण समेत वैज्ञानिक तरिकाले निर्माण गरिएको थियो । उक्त शहरमा करिब २० हजार मानिसहरु बस्ने गरेको अनुमान लगाइएको छ । अहिले पुरातत्वविद्हरुले यससँग सम्बन्धित आसपासका क्षेत्रमा अनुसन्धान सुरु गरेका छन् ।नेपालसन्देश डटकममा खबर छ ।
Source-www.nepalsandesh.com

फेरी आउने भो ‘जिरे खुर्सानी’ र ‘भद्रगोल’

Posted by Unknown | | Posted in


केही हप्तादेखि नेपाल टेलिभिजनबाट प्रशारण रोकिएका दुई हाँस्य टेलि फिल्म जिरे खुर्सानी र भद्रगोल फेरि प्रशारणमा आउने भएका छन्।
मिडिया हवले टेन्डर पारेपछि दुबै सिरियलहरू चैतको अन्तिम साताबाट प्रशारण हुने भएका हो।
मिडिया हबले अहिले ‘तितो सत्य’ र ‘मेरी बाँस्सै’ नेपाल टेलिभिजनमा देखाउँदै आएको छ । नेपाल टेलिभिजनमा आफूहरुको टेन्डर परिसकेकाले कुनै प्राविधीक समस्या नआएमा आगामी चैत २७ गतेबाट ‘भद्रगोल’ र चैत ३० गतेबाट ‘जिरे खुर्सानी’को प्रशारण सुरू हुने मिडिया हवका अध्यक्ष सोम धितालले बताए।
 दुबै सिरियल पहिलेकै समयमा प्रशारण हुनेछन्।
 ‘वल्र्ड भिजन एड्भर्टाइजिङले टेन्डर पारेर विभिन्न टेलिभिजन कार्यक्रममा लागि सिद्धार्थ बैंकमा राखेको ५ करोडको धरौटी रकम नक्कली भएपछि दुई चर्चित सिरियललाई यसको प्रत्यक्ष असर परेको थियो।
अब, मिडिया हबले यी दुई सिरियलका लागि टेन्डर पारेपछि निरन्तर प्रशारण हुने अध्यक्ष सोम धितालले बताए।@setopati

तथ्याङ्कमा विश्वकप २०१५

Posted by Unknown | Sunday, March 29, 2015 | Posted in

अष्ट्रेलिया र न्यूजिल्याण्डमा हालै सम्पन्न विश्पकप क्रिकेट २०१५ तथ्याङ्कमा यस्तो रह्यो।
  • विजेता- अष्ट्रेलिया
  • उप-विजेता- न्यूजिल्याण्ड
  • प्लेयर अफ द टुर्नामेन्ट- मिचेल स्टार्क (८ खेलबाट २२ विकेट, एभरेज १०.१८,वेष्ट ६/२८)
  • म्यान अफ द फाइनल- जेम्स फाउल्कनेर (९ ओभरमा ३/३६)
  • सर्वाधिक विकेट- स्टार्क र ट्रेन्ट बउल्ट (२२-२२)
  • सर्वाधिक रन- मार्टिन गुप्तिल-(547)
  • सेन्चुरी-३८
  • सर्वाधिक व्यक्तिगत रन-२३७ नटआउट गुप्तिल
  • सर्वाधिक टिम रन- अष्ट्रेलिया-४१७/६
  • सर्वाधिक छक्का-२६ क्रिस गेल
  • सर्वाधिक चौका-५९ गुप्तिल
  • उत्कृष्ट बलिङ-टिम साउदी ७/३३
  • एभरेज रन- कुमार सांगाकारा (१०८.२०)
  • सर्वाधिक सेन्चुरी- कुमार सांगाकार ४ हरेक खेलमा लगातार
  • सर्वाधिक हाफ सेन्चुरी- ४ स्टेभेन स्मिथ
  • सर्वाधिक मेडन-१४ ट्रेन्ड बोल्ट
  • उत्कृष्ट बलिङ एभरेज-१०.१८ स्टार्स
  • पुरस्कार रकम- १ करोड २ लाख २५ हजार डलर

विश्वकप क्रिकेट २०१५मा कसले कति रकम पुरस्कार पाए?

Posted by Unknown | | Posted in ,


अष्ट्रेलिया र न्यूजिल्याण्डमा आइतबार सम्पन्न विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले हात पारेको छ।
करिब डेढ महिना लामो समयसम्म विश्वकपको उपाधि पाँचौ पटक अष्ट्रेलियाले जित्यो। यो विश्वकपमा अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले १ करोड २ लाख २५ हजार अमेरिकी डलर पुरस्कार वितरण गर्‍यो। अघिल्लो विश्वकपको तुलनामा २० प्रतिशतले पुरस्कार रकम बृद्धि गरेको आइसिसीले यस विश्वकपमा कुन टोलिलाई कति दियो।
अष्ट्रेलिया : ४१ लाख ७७ हजार डलर
उपाधि वितेता टोली अष्ट्रेलियाले जितसँगै कुल ४१ लाख ७७ हजार डलर पुरस्कार प्राप्त गरेको छ । उपाधि जितेकोमा ३९ लाख ७५ हजार अमेरिकी डलर तथा समूह चरणमा चार खेल जितेकोमा प्रति जित ४५ हजार अमेरिकी डलर पाएको हो। यस्तै १ खेलमा बरावरी खेलेको अष्ट्रेलियाले बराबरीका २२ हजार ५ सय डलर पनि पायो। जित र बराबरीबाट मात्र उसले २ लाख २ हजार पाँच सय डलर पायो।
न्युजिल्याण्ड : २० लाख ७५ हजार डलर
पहिलो पटक विश्वकपमा पुगेर उपविजेतामा चित्त बुझाएको न्युजिल्याण्डले २० लाख ७५ हजार डलर हात पारेको छ।  उपविजेता बापतको १७ लाख ७५ हजार र समूह चरणमा जितेका ६ खेलको प्रतिखेल ४५ हजार डलरका दरले २ लाख ७० हजार डलरसहित न्यूजिल्याण्डले कुल २० लाख ७५ हजार डलर पाएको हो।
भारत : ८ लाख ९० हजार डलर
डिफेन्डिङ च्याम्पियन भारत यो पटक सेमिफाइनलमा अष्ट्रेलियासँग पराजित हुँदै बाहिरिएको थियो। सेमिफाइनलसम्म पुगेको भारतले यसपटक कुल ८ लाख ९० हजार डलर पुरस्कार पायो। सेमिफाइनलमा बाहिरिएको टोलीले पाउने ६ लाख डलर र समूह चरणमा जितेका ६ खेलको प्रति खेल ४५ हजार डललरका दरले २ लाख ७० हजार डलरसहित उक्त रकम पाएको हो।
दक्षिण अफ्रिका : ७ लाख ८० हजार डलर
यस्तै सेमिफाइनलमा आयोजक न्यूजिल्याण्डसँग पराजित दक्षिण अफ्रिकाले कुल ७ लाख ८० हजार डलर प्राप्त गरेको छ । दक्षिण अफ्रिकाले सेमिफाइनलबाट बाहिरिने टोलीले प्राप्त गर्ने ६ लाख र समूह चरणमा ४ खेलबाट ४५ हजारका दरले १ लाख ९० हजार डलल पुरस्कार पाएको हो।
श्रीलंका : ४ लाख ९० हजार डलर
विश्वकपको क्वाटरफाइनलसम्मको यात्रा तय गरेको श्रीलंकाले कुल ४ लाख ९० हजार डलर प्राप्त गरेको छ । क्वाटरफाइनलबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३ लाख डलर र समूह चरणमा ४ खेलबाट जित हात पारेको उसले प्रति खेल ४५ हजार डलरका दरले १ लाख ९० हजार डलर प्राप्त गरेको हो ।
पाकिस्तान : ४ लाख ९० हजार डलर
विश्वकपको क्वाटरफाइनलबाटै बाहिरिएको पाकिस्तानले पनि कुल ४ लाख ९० हजार डलर प्राप्त गरेको छ । पाकिस्तानले क्वाटरफाइनलबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३ लाख डलर समूह चरणमा जित हात पारेका ४ खेलका लागि प्रति खेल ४५ हजार डलरका दरले १ लाख ९० हजार डलर प्राप्त गरेको हो। 
बंगलादेश : ४ लाख ५७ हजार ५ सय डलर
पहिलो पटक विश्वकपको दोस्रो चरणमा पुगेको बंगलादेश क्वाटरफाइनलबाटै बाहिरिए पनि कुल ४ लाख ५७ हजार ५ सय डलर प्राप्त गरेको छ।  बंगलादेशले क्वाटरफाइनलबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३ लाख डलर समूह चरणमा जित हात पारेका ३ खेलका लागि प्रति खेल ४५ हजार र बराबरी खेलेको एक खेल बापत २२ हजार ५ सय  डलरका दरले १ लाख ९० हजार डलर प्राप्त गरेको हो। 
वेस्ट इण्डिज :  ४ लाख ३५ हजार डलर
क्वाटरफाइनल सम्म खेलेको वेस्ट इण्डिजले कुल ४ लाख ३५ हजार डलर पुरस्कार पाएको छ। वेष्ट इण्डिजले क्वाटरफाइनलबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३ लाख डलर समूह चरणमा जित हात पारेका ३ खेलका लागि प्रति खेल ४५ हजार डलरका दरले १ लाख ३५ हजार डलर प्राप्त गरेको हो। 
आयरल्याण्ड : १ लाख ७० हजार डलर
समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेपनि रन रेटका आधारमा पछि पर्दै प्रतियोगिताबाट बाहिरिएको एशोसिएट राष्ट्र आयरल्याण्डले कुल १ लाख ७० हजार डलर पुरस्कार पाएको छ।
समूह चरणमा जित हात पारेका ३ खेलमा प्रति खेल ४५ हजार डलर र समूह चरणबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३५ हजार डलर प्राप्त गरेको हो।
इंग्ल्याण्ड  : १ लाख २५ हजार डलर
समूह चरणबाटै बाहिरिएको इंग्ल्याण्डले यो विश्वकपमा १ लाख २५ हजार डलर पुरस्कार पाएको छ। इंग्ल्याण्डले समूह चरणमा जित हात पारेका २ खेलमा प्रति खेल ४५ हजार डलर र समूह चरणबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३५ हजार डलर प्राप्त गरेको हो।
जिम्बाबे : ८० हजार डलर
समूह चरबाटै बाहिरिएको दोस्रो टेष्ट खेल्ने राष्ट्र जिम्बावेले कुल ८० हजार डलर प्राप्त गरेको छ। जिम्बावेले समूह चरणमा जित हात पारेको १ खेलमा ४५ हजार डलर र समूह चरणबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३५ हजार डलरसहित ८० हजार पाएको हो।
अफगानिस्तान : ८० हजार डलर
पहिलो पटक विश्वकप खेलेको अफगानिस्तान समूह चरणबाट बाहिरिएको थियो। एशोसिएट राष्ट्र अफगानिस्तानले कुल ८० हजार डलर पुरस्कार प्राप्त गरेको छ। अफगानिस्तानले समूह चरणमा जित हात पारेको १ खेलमा ४५ हजार डलर र समूह चरणबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३५ हजार डलरसहित ८० हजार डलर पाएको हो।
युएई : ३५ हजार डलर
समूह चरणका सवै खेल हारेको राष्ट्र युएईले कुल ३५ हजार डलर प्राप्त गरेको छ। युएईले समूह चरणबाट बाहिरिने टोलीले पाउने ३५ हजार डलर पाएको हो।
स्कटल्याण्ड : ३५ हजार डलर
समूह चरणबाट बाहिरिने दोस्रो टोली स्कटल्याण्डले पनि कुल ३५ हजार डलर पाएको छ। स्कटल्याण्डले समूह चरणबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३५ हजार डलर प्राप्त गरेको हो। @setopati

मृत्युमन्त्रणा पछिको नाटक

Posted by Unknown | | Posted in ,

१६ चैत्र, काठमाण्डौ । अन्नपूर्ण पाेस्ट दैनिकमा साैरभ लेख्छन् डा. केसी मरे म के गरौं त ?' प्रधानमन्त्रीको ओहदामा बसेका पात्रले नेपालको इतिहासमा देखाएको निकृष्ट गैरजिम्मेवारीपनको यो सम्भवत: तेस्रो उदाहरण हो। 'मृत्युघण्ट बज्नेछ' भनेर चार दशकअघि प्रतिपक्षविरुद्ध दिएको अभिव्यक्तिले कीर्तिनिधि बिष्टलाई कहिल्यै छोडेन।

'संस्कृत मृतभाषा हो' भनेर 'जयतु संस्कृतम्' आन्दोलनकारीविरुद्ध करिब सात दशकअघि पद्मशमशेर राणाले दिएको अभिव्यक्तिले उनलाई पनि इतिहासको खाडलमा जाकिदियो। यद्यपि यी तीनवटै प्रधानमन्त्रीको छवि भ्रष्ट र तानाशाहको छैन।

अन्नपूर्ण दैनिकको गत शनिबार अंकको 'डा. केसी मरे म के गरौं त?' मुख्य शीर्षक बनेको यो पंक्तिले नेपाली जनमानसलाई भयावह रूपमा क्रुद्ध बनाएको छ र क्रुद्धता बढी नै रहेको छ।
आफ्नो मुखबाट एक्कासि फुत्केको अपवाक्यले जनताबीच बढ्दो क्रोधज्वार बुझेकाले नै हुनुपर्छ, सुशील कोइरालाले शनिबार अपराह्न आफ्ना तीन प्रतिनिधि डा. गोविन्द केसीलाई भेट्न पठाए।

 प्रधानमन्त्री कोइराला र उनको सहयोगी एमालेले बुझ्नुपर्छ डा. केसी मरिहाल्नु त परको कुरा भयो, उनको शारीरिक प्रणालीमा मात्रै पनि कुनै अपूरणीय क्षति भयो भने त्यत्तिले नै हुरीको पत्कर बनाइदिनेछ यो सरकार र उसकै प्रणालीलाई पनि।

तर उनका प्रतिनिधि महेश आचार्यले सरकारी औपचारिक भाषाको रटिरटाउ ढाँचा पेस गरे तीन मिनेटसम्म। उनको बोलीमा अनशन तोड्ने औपचारिक आग्रहबाहेक कुनै मानवीय संवेदना, भावना र जाँगर थिएन।

तीन मिनेटको धाराप्रवाह भाषणपछि केसीको झन्डै १५ मिनेट भावुकता, नैतिकताका पाठ र जिम्मेवारीका प्रेरणामिश्रित बोली गयो। यसपछि नरहरि आचार्यले आँखा उठाएर केसीको ओछ्यानसँगैको भित्तामा टाँगिएको नौबुँदे माग पढ्ने प्रयास गरे।

अर्थात् वार्ता गर्न आउनुअघि मागबारे सामान्य जानकारीबाहेक अरू उनीसँग केही ज्ञान थिएन भन्ने देखिन्थ्यो। प्रधानमन्त्रीका अर्का प्रतिनिधि दिलेन्द्र बडू बोलेनन्।

यो कोइरालाका तर्फबाट रचिएको एक नाटक थियो, त्यो अभिव्यक्ति ले ल्याएको कम्पलाई मत्थर पार्न। एक आचार्य सरकारी 'रेटोरिक' सुनाउन, अर्को आचार्य डा. केसीको कुरा 'सुनिदिन' र बडू स्थितिको 'रिपोर्ताज' आइतबार बिहान कोइरालालाई बताउन आएका मात्र देखिन्थे। नाटक पूरै असफल रह्यो।
केसीका सहयोगी डा.राजेन्द्रराज वाग्लेले बुँदा नम्बर ५ सबैभन्दा महत्त्वपूर्ण हो भनेर पूरै पढेर सुनाउँदा बोल्दाबोल्दैका केसी चुप लागे। तर नेतात्रयका कुनै शब्द, कुनै वाक्य, कुनै हरफ त्यस खास बुँदामाथि निस्केन।

सरकारी संवेदनहीनताको यो अद्भूत दृश्य थियो। आखिर प्रधानमन्त्रीले त्यस्तो बोलेको होइन पनि भन्न नसक्ने, तर बोलेको कुरा छापेर नराम्रो किन गरिदिएको? भन्ने खालको लाज पचेको वक्तव्य प्रधानमन्त्रीको प्रेस सचिवालयले जारी गर्‍यो नै। बुझिन्छ, यो मन्त्रिमण्डल केसी मरिदिए हुन्थ्यो भन्ने प्रस्ट मनसायमा छ, जीवित रहेकी गंगामाया अधिकारी पनि मरिदिए हुन्थ्यो भन्ने मनसायमा रहेजस्तै।

आइतबारको अन्नपूर्ण पोस्ट्को मुख्य शीर्षकमा केसीले भनेका छन्- 'प्रधानमन्त्रीले मरोस् भन्दैमा म मर्दिनँ।' यद्यपि उनले प्रधानमन्त्रीका प्रतिनिधिलाई भनेका वाक्यहरू अर्कै थिए- 'यसपालि म मरें भने पनि एउटा नागरिकप्रतिको जिम्मेवारीबोध गरेर यी मागहरू पूरा गर्नुहोला।

मेरो काम बिरामीको उपचार गर्ने र उपचार गर्न सक्नेहरूको उत्पादन गर्नुमात्र हो। तर तपाईंहरूले जिम्मेवारी पूरा गर्न नसक्नुभएकाले त्यो पूरा गर्न तपाईंहरूलाई सजिलो होस् भनेरमात्र नागरिकका तर्फबाट यस्तो दबाब बढाउनुपरेको हो।'

उनको मनोबल अवश्य उच्च छ। तर डाक्टरको शरीर पनि सबैको जस्तै सामान्य शरीर नै हो। उनले भनेका छन्- 'अझै एक हप्ता म बोल्न सक्छु।' तर डाक्टरहरूले उनको शारीरिक प्रणालीमै अपूरणीय क्षति हुने बताइसकेका छन्।

त्यसैले कोइराला र उनको सहयोगी एमालेले बुझ्नुपर्छ डा. केसी मरिहाल्नु त परको कुरा भयो, उनको शारीरिक प्रणालीमा मात्रै पनि कुनै अपूरणीय क्षति भयो भने त्यत्तिले नै हुरीको पत्कर बनाइदिनेछ यो सरकार र उसकै प्रणालीलाई पनि।
 

गैरकानुनी सेयरमा लगानीकाे अाव्हान

Posted by Unknown | | Posted in ,

१६ चैत्र, काठमाण्डौ । ८६ मेगावाटको सोलुखोला (दूधकोसी) आयोजनाको मुख्य लगानीकर्ता साहस उर्जा लिमिटेडले कानूनविपरीत सर्वसाधारणलाई सेयर लगानी आहृवान गरेको छ ।  नयाँ पत्रिका दैनिकमा समाचार छ । धितोपत्र बोर्डको अनुमतिविना र आयोजनाबारे विस्तृत जानकारी नदिई सर्वसाधारण ठगिने गरी कम्पनीले संस्थापक सेयरमा लगानी गर्न सार्वजनिक आहृवान गरेको छ ।

आयोजनाको प्रवर्द्धक कम्पनी हाइड्रो भेन्चरमा साहस उर्जाको ८६ प्रतिशत सेयर छ । आयोजनाको सम्भाब्यता अध्ययन पूरा भएको छ, तर विस्तृत अध्ययन पूरा भइसकेको छैन । आयोनामा कति लगानी हुने हो भन्ने स्ष्ट भएको छैन, तर सेयरका नाममा सर्वसाधारणबाट पैसा उठाउन थालिएको छ ।

सेयर जारी गर्दा कम्पनी स्थापनादेखि अहिलेसम्मको संक्षिप्त इतिहास, कम्पनीको उद्देश्य, पुँजी संरचना, नाफा-नोक्सान हिसाब, कम्पनीका संस्थापक लगानीकर्ताको विवरण, सम्भावित जोखिम लगायत सार्वजनिक गर्नुपर्छ । तर, साहस उर्जाले त्यस्तो कुनै विवरण सार्वजनिक गरेको छैन ।

प्रहरीबाटै बलात्कारपछि हत्या

Posted by Unknown | | Posted in ,

१६ चैत, अछाम । अछामको भैरवस्थान प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) धनवीर सिंह धामीले एक स्वास्थ्यकर्मी महिलाको बलात्कारपछि हत्या गरेका छन् । रानीवन उपस्वास्थ्यचौकीमा कार्यरत अनमी कलादेवी जैसीलाई प्रहरी सहायक निरीषक धामीले उनकै घरभित्र पसेर बलात्कार गरी जंगलमा लगेर हत्या गरेका हुन् ।

पीडित परिवारका अनुसार असई धामीले ४६ वर्षकी अनमी जैसीमाथि लामो समयदेखि हिंसा गर्दै आएका थिए । असई धामीले गत २८ फागुनको मध्यराति २ बजे जैसीकै घरभित्र प्रवेश गरी जबरजस्ती करणी गरी हत्यार गरेको मृतकका छोरा धनञ्जय न्यौपाने (जैसी)ले बताएको राजधानीमा खबर छ ।

उनका अनुसार प्रहरी सहायक निरीषक धामीले अनमी कलादेवीलाई बलात्कारपछि राति नै लछारपछार गर्दै जंगलतिर तानेर लगेका थिए । सोही समयदेखि बेपत्ता भएकी उनको १३ दिनपछि शव भेटिएको थियो । उनको शव भैरवस्थान(घ स्यालघाट भन्ने स्थानमा फेला परेको थियो । ‘मध्य रातमा आमाले बचाउ भन्दै चिच्याउनुभयो । म उठेर जाँदा उसले यहाँ आइस् भने मारिदिन्छु भन्यो,’ मृतकका छोरा धनञ्जयले भने ‘अनि म डरले जान सकिनँ । त्यसपछि उसले कहाँ लग्यो थाहा भएन । खोजी गर्दा एकै पटक शव फेला पर्‍यो ।’

सहायक निरीक्षक धामीले आफूलाई मुद्दा नहालिदिन आग्रह गरेको भन्दै धनञ्जयले भने(‘मलाई पटक(पटक पैसा लैजानुस् तर मुद्दा नदिनुहोस भन्छ, तर म मेरी आमालाई पैसामा कसरी बेच्न सक्छु ।’

युवतीको अनौठो अफर-मलाई गर्भवती बनाउ, आधा लाख कमाउ

Posted by Unknown | | Posted in

एकजना युवतीले अनौठो विज्ञापन गरेकी छिन् । जस अनुसार उनीसँग यौनसम्पर्क गरेर गर्भवती बनाइदिने पुरुषले आधा लाख रुपैयाँ भन्दा बढि कमाउनेछन् ।

रोमानियाकी एडेलिना अबलु नामकी महिलाका लागि यस्तो मर्द चाहिएको रहेछ जसले केवल उनीसँग यौनसम्बन्ध राखेर बच्चा दिन सकोस् ।

पश्चिमी रोमानियाको टिमीसौराकी एडेलिनाले फेसबुकमा यस्तो विज्ञापन राखेकी छिन् ।

उनले पुरुषहरुलाई अफर गरेकी छिन्(३ सय ५० पाउण्ड अर्थात् झण्डै ५२ हजार रुपैयाँमा उनीसँग यौनसम्पर्क गर्नुपर्ने र उनलाई एउटा बच्चाको आमा बनाइदिनुपर्ने ।

ती महिलासँग उल्टो आधा लाख भन्दा बढि पैसा लिएर यौन सम्पर्क गर्ने र उनलाई आमा बनाइदिने पुरुषको जन्मिने बच्चामाथि कुनै हक भने नहुने र बच्चाको अधिकार सबै आफ्नो हुने उनले स्पष्ट पारेकी छिन् ।

उनीसँग सम्भोग गर्न तयार हुनेले आफ्नो पुरुषत्व जाँच गर्नुपर्ने र बच्चाको अधिकारी सबै आफुलाई सुम्पिएको कागज गर्नुपर्ने बताएकी छिन् ।

एडेलिनाका अनुसार उनलाई ब्वायफ्रेण्ड र लोग्ने भन्ने चिजमा कुनै रुची छैन, किनकी उनको अनुभवमा पुरुषहरु निकै अपरिपक्व हुन्छन् ।

उनले विज्ञापनमा लेखेकी छिन्, ‘मलाई केटाहरु पाउन गाह्रो छैन । तर मलाई यस्तो पुरुष चाहिएको छ जसले बच्चा दिनसक्छ, बिना मतलबको सम्बन्धमा मेरो समयलाई खराब नगरीकन । मैले यसका लागि मूल्य चुकाइरहेकी छु । ३ सय ५० पाउण्डमा तपाइँले मज्जा गर्नुहुनेछ र मलाई एक बच्चा मिल्नेछ ।

उनका अनुसार उनी एक गम्भीर, स्वतन्त्र तथा परिपक्व महिला हुन् । आफुलाई बच्चा चाहिएको तर बच्चा जस्तो व्यवहार गर्ने पुरुष नचाहिएको उनी बताउँछिन् ।

यो अनौठो अनलाइन विज्ञापनका कारण उनी निकै चर्चित बनेकी छिन् । उनीसँग सहवासका लागि राजी हुँदै अनलाइनमा प्रतिक्रिया दिने पुरुषहरु बाढी नै लागेको छ । एक जना पुरुषले त लेखेका छन्, ‘म तयार छु । कहिले र कहाँ आउनुपर्ने रु’ अर्का एक पुरुषले त आफुले निशुल्क उक्त काम गर्न तयार रहेको भन्दै अनलाइनमा लेखेका छन्, ‘मैले यो काम सित्तैमा गरिदिन्छु किनकी तिमी निकै हट छौ ।’ एजेन्सीको सहयोगमा @0nlinekhabar

जहाजको ककपिटमा दुई जना चालक अनिवार्य

Posted by Unknown | | Posted in ,

१६ चैत, काठमाडौं । फ्रान्समा गत साता भएको विमान दुर्घटनापछि विश्वभरका विमान कम्पनीले आफ्नो नीतिमा परिवर्तन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


जर्मनीको लुप्थान्सा अन्तर्गतको जर्मनविङ्स कम्पनीको सो जहाजका स-चालकले डिप्रेसनको सिकार भई मुख्य चालक शौचालय गएको मौका पारेर क्याबिनको ढोका बन्द गरेर जानाजान जहाज दुर्घटना गराएको तथ्य अनुसन्धानका क्रममा खुलेपछि विश्वभरका जहाज कम्पनीहरुले ककपिटको नियम परिवर्तन गर्दै दुई  जना क्रु मेम्बर सधैं ककपिटमा अनिवार्य उपस्थित हुनुपर्ने नियम लागू गरेको आर्थिक दैनिकमा खबर छ । यस्तो नियमले हवाई भाडामा समान्य वृद्धि हुने अनुमान गरिएको छ ।

फ्रान्समा भएको दुर्घटनापछि क्यानडा, नर्वे, जर्मनी र बेलायतका विमान कम्पनीहरुले आफ्नो नीतिमा परिवर्तन गरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतको पर्यटकीय शहर गोवामा किस खान प्रतिबन्ध !

Posted by Unknown | | Posted in

भारतमा आजभोलि प्रतिवन्धको लहर नै चलेको छ । जे बिषय र कारण देखाएर प्रतिबन्धको घोषणा गरिएको छ, ती सुनेपछि तपाईं हाँसो थाम्न सक्नुहुन्न ।

पछिल्लो खवरअनुसार गोवाको एक गाउँमा सार्वजनिक स्थानमा किस गर्न प्रतिवन्ध लगाइएको छ । प्रतिवन्धभन्दा पनि त्यो निर्णय गर्नुको कारण निकै रोचक छ ।

पणजीबाट नजिकैको दुरीमा रहेको समुन्द्री किनारमा रहेको सल्भाडोर डू मुन्डो गाउँमा सार्वजनिक रुपमा किस गर्न प्रतिवन्ध लगाइएको हो ।

‘स्थानीयमा आएको उत्तेजना तथा आवेग’ लाई कारण देखाउँदै सार्वजनिक रुपमा किस गर्न प्रतिवन्ध लगाइएको हो ।

साल्भाडोर डू मन्डोका उपाध्यक्ष रीना फर्नाडिजका अनुसार गाउँ पञ्चायतले स्थानीयबासीको अनुरोधमा किसमा प्रतिवन्ध लगाउने निर्णय गरेको हो । यो प्रतिवन्ध यसै महिनाबाट लागू हुनेछ । उनले समाचार संस्था एएफपीसँग भने(गाउँमा अवान्छित गतिविधि धेरै नै भएको थियो । जसले स्थानीयबासी निकै समस्यामा थिए ।’

गाउँमा किस गर्न मात्र प्रतिवन्ध लगाइएको छैन, मदिरा पिउन र ठूलो आवाजमा संगीत बनाउन पनि पाइने छैन ।

प्रतिवन्ध घोषणा गरिएको पोष्टर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । पोष्टरमा लेखिएको छ(‘कुनै प्रकारको उत्पात नमच्चाउनुस् । घुम्न आएका मानिसहरुले गाउँलाई स्वच्छ राख्नुस् । मदिरा पिउन, धुम्रपान गर्न, ठूलो आवाजमा संगीत बजाउन, सार्वजनिक स्थानमा किस गर्न र उत्पात मच्चाउन प्रतिवन्ध छ ।’

यसअघि गोवा सरकारको कला एवं संस्कृति विभागले आफ्ना महिला कर्मचारीलाई बाहुला नभएको कम्मरमाथिको बस्त्र तथा जिन्स लगाएर कार्यालय आउन प्रतिबन्ध लगाएको थियो ।

करिव ४५० बर्षसम्म पोर्चुगलको अधिनमा रहेको गोवा सन् १९६१ मा मात्र भारतको नियन्त्रणमा आएको थियो । भारतको मुख्य पर्यटकीय गन्तब्य गोवामा प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीले शासन चलाइरहेको छ ।

अष्ट्रेलिया पाँचौं पटक विश्व च्याम्पियन

Posted by Unknown | | Posted in ,

१५ चैत, काठमाडौं । न्यूजिल्याण्डविरुद्ध सहज जित हात पार्दै अष्ट्रेलिया पाँचौं पटक वन डे क्रिकेटको विश्व च्याम्पियन बनेको छ ।
आइतबार भएको फाइनलमा कप्तान माइकल क्लार्क र स्टिभ स्मिथको शतकीय साझेदारीको मदतमा न्यूजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन मात्र बनेन,  समूह चरणमा ब्यहोरेको हारको बदाला समेत लिएको छ । यससँगै क्लार्कले आफ्नो वन डे क्रिकेटको सखद अन्त्य गरेका छन् ।
मेलबर्न क्रिकेट ग्राउण्डमा न्यूजिल्याण्डले प्रस्तुत गरेको १८४ रनको लक्ष्य अष्ट्रेलियाले ३३।१ ओभरमा ७ विकेट गुमाएर भेट्टायो । अष्ट्रेलियाको पहिलो विकेट भने सस्तैमा गुमेको थियो । मात्र २ रन जोड्दा एरोन फिन्च शुन्यमा नै आउट भए ।
दोस्रो विकेटका लागि डेभिड वार्नर र स्टिभ स्मिथले ६१ रनको साझेदारी गरे । दोस्रो विकेटका रुपमा आउट भएका वार्नरले ४६ बलमा ४५ रन बनाए ।
माइकल क्लार्कले तेस्रो विकेटका लागि स्मिथसँग ११२ रनको साझेदारी गरे । क्लार्क ७४ रनमा आउट भए । स्मिथ ५६ र बाट्सन २ रनमा अविजित रहे ।
खराव सुरुवात, १८३ मा अलआउट
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ४५ ओभरमा सबै विकेट गुमाएर १८३ रन बनायो ।  उसको सुरुवात निकै खराव रहृयो । न्यूजिल्याण्डको स्कोर मात्र एक रन हुँदा कप्तान ब्रेन्डन म्याकुलम शुन्यमै बोल्ड आउट भए । यो विश्वकपमा न्यूजिल्याण्डको सबैभन्दा खराव सुरुवात थियो ।
उसका भरपर्दा ब्याट्सम्यान मार्टिन गुप्टिल ग्लेन म्याक्सवेलको बलमा १५ रनमै बोल्ड आउट भए । थप ६ रन जोड्दा केन विलियम्सन १८ रनमा आउट भएपछि न्यूजिल्याण्ड दबावमा आयो ।
तर, ग्राण्ट इलियट र रोस टेलरले शतकीय साझेदारी गर्दै न्यूजिल्याण्डको पारी सम्होलेका छन् । इलियटसँग १११ रनको साझेदारी गरेका टेलर चौथो विकेटका रुपमा व्यक्तिगत ४० रनमा आउट भए ।
चौथो विकेट गुमाउँदा न्युजिल्याण्डको स्कोर १५० रन थियो । त्यसपछि विकेट झर्ने क्रम तीव्र भयो ।  कोरी एण्डरसन शुन्यमै बोल्ड भए भने र लुक रोन्चीले पनि खाता खोल्न सकेनन् । ड्यानअल भिट्टारीले ९ रन मात्र जोडे ।
न्यूजिल्याण्डको स्कोर १७१ रन हुँदा आठौं विकेटका रुपमा इलियट ८३ रनमा आउट भए । माट हेनरी शुन्य र टीम साउदी ११ रनमा नै पभेलियन फर्किए ।
अष्ट्रेलियाका फल्कनर र मिचेल जोनसनले ३र३ विकेट लिए भने मिचेल स्टार्कले २ र म्याक्सवेलले एक विकेट लिए ।

विश्वकपको उपाधिका लागि अष्ट्रेलियालाई १८४ रनको लक्ष्य

Posted by Unknown | | Posted in

विश्वकप क्रिकेटको उपाधिका लागि न्यूजिल्याण्डले अष्ट्रेलियालाई १८४ रनको लक्ष्य प्रस्तुत गरेको छ । अष्ट्रेलियाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
मेलबर्न क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ४५ ओभरमा सबै विकेट गुमाएर १८३ रन बनायो ।
उसको खराव निकै खराव रहृयो । कप्तान ब्रेन्डन म्याकुलम पहिलो ओभरको पााचौं बलमा शुन्यमै बोल्ड आउट भएका छन्, जतिबेला न्यूजिल्याण्डको स्कोर एक रन मात्र थियो ।
उसका भरपर्दा ब्याट्सम्यान मार्टिन गुप्टिल ग्लेन म्याक्सवेलको बलमा १५ रनमै बोल्ड आउट भए । थप ६ रन जोड्दा केन विलियम्सन १८ रनमा आउट भएपछि न्यूजिल्याण्ड दबावमा आयो ।
तर, ग्राण्ट इलियट र रोस टेलरले शतकीय साझेदारी गर्दै न्यूजिल्याण्डको पारी सम्होलेका छन् । इलियटसाग १११ रनको साझेदारी गरेका टेलर चौथो विकेटका रुपमा व्यक्तिगत ४० रनमा आउट भए ।
चौथो विकेट गुमाउादा न्युजिल्याण्डको स्कोर १५० रन थियो । त्यसपछि विकेट झर्ने क्रम तीव्र भयो । कोरी एण्डरसन शुन्यमै बोल्ड भए भने र लुक रोन्चीले पनि खाता खोल्न सकेनन् । ड्यानअल भिट्टारीले ९ रन मात्र जोडे ।
न्यूजिल्याण्डको स्कोर १७१ रन हुादा आठौं विकेटका रुपमा इलियट ८३ रनमा आउट भए । माट हेनरी शुन्य र टीम साउदी ११ रनमा नै पभेलियन फर्किए ।
अष्ट्रेलियाका फल्कनर र मिचेल जोनसनले ३र३ विकेट लिए भने मिचेल स्टार्कले २ र म्याक्सवेलले एक विकेट लिए ।

किन अविवाहित युवतीभन्दा विवाहितलाई देख्दा बढी उत्तेजना हुन्छ ?

Posted by Unknown | | Posted in

म १६ वर्षीय विद्यार्थी हुँ । मेरो उचाइ पनि बढेको छैन, अनि अविवाहित युवतीभन्दा विवाहितलाई देख्दा बढी उत्तेजना हुन्छ । किन होला ? 

६५१६ 

सजिलो भाषामा भन्नुपर्दा त्यस्तो किसिमको शरीर भएकोे व्यक्ति जसको दृश्यपान गर्दा 
आनन्द प्राप्त हुन्छ वा भनौं सुन्दर लाग्छन्, त्यसलाई नै हामी आकर्षक शरीरको भन्न सक्छौं । विकासवादी मनोविज्ञानको कुरा गर्दा पनि महिलाको तुलनामा पुरुषको शारीरिक स्वरूपलाई बढी महत्त्व दिइएको पाइन्छ । यस्तो विपरीतलिङ्गी वा समलिङ्गी दुवै सम्बन्धमा हुन्छ । शारीरिक रङ्गरूप अनि आकर्षणमासम्बन्ध बलियो हुने कुरा हामीले देख्दै आएका छौं । गहिरोसँग विचार गर्दा, धेरैजसो कुरा मानव स्वास्थ्यसँग सम्बन्धित हुन्छ । राम्रो शरीर वा जीउ मिलेको हुनुलाई आकर्षक शरीर भएको मानिन्छ । 

जहिले पनि यौवनपूर्ण अवस्थालाई महिलाको आकर्षणसँग जोडिन्छ । पुष्ट अधर, कोमल छाला, स्वस्थ आँखा, चमक भएको केश तथा कसिलो शरीर भएका महिलालाई आकर्षक मानिन्छ । त्यसैगरी विकसित स्तन पनि महिलाको शारीरिक आकर्षणको मापदण्डमा पर्छ । विकसित स्तनले भावी सन्तानको पोषणको सुनिश्चिततालाई संकेत गर्छ । प्राय: सबै समाजमा महिलाको आकर्षणमा कम्मर-नितम्ब अनुपातको महत्त्वपूर्ण भूमिका देखिन्छ । कम्मर-नितम्बको अनुपात शून्य दशमलव ७ भएका महिला (कम्मरको नाप नितम्बको नापभन्दा ७० प्रतिशत कम) बढी आकर्षक मानिन्छन् । विभिन्न देश अनि समाजमा शून्य दशमलव ६ देखि शून्य दशमलव ८ वा बढीसमेत हुन सक्छ । स्तन महिलाको अङ्ग भए पनि पुरुषले पनि यौन आनन्द प्राप्त गर्ने भएकाले नै होला, उनीहरू यसप्रति आकषिर्त हुन्छन् । स्तनलाई महिलाको सुन्दरतासँग जोडिन्छ । प्राय: पुरुषले आफूभन्दा केही होचा महिलालाई रुचाएको पाइन्छ । केही अपवादलाई छोडेर प्राय: व्यक्तिले आफ्नो अनुहारसँग मिल्दोजुल्दो अनुहारमा विशेष आकर्षक पाउन सक्छ । दायाँबायाँ मिलेको हुनुका साथै अनुहारको माथिल्लो भाग (निधार भएको भाग), मध्यभाग (आँखा, नाक, गाला) अनि तल्लो भाग (ओठ, चिउँडो) समान अनुपातको हुनुलाई सुन्दर अनुहार मानिन्छ । सम्भवत: तपाईं आकषिर्त हुनुभएको महिलामा पनि यी कुरा पक्कै होलान् ।

विवाहितप्रति किन आकषिर्त ?

कतिपय अविवाहित महिला विवाहित पुरुषप्रति आकषिर्त भएजस्तै अविवाहित पुरुषहरू पनि विवाहित महिलाप्रति आकषिर्त हुन्छन् । पक्का भन्न नसकिए पनि यसका केही सम्भावित कारणमध्ये केहीको चर्चा गरौं । 

पुरुष स्वभावले नै यौनसम्पर्क राख्न लालायित हुन्छ । यौनसम्पर्कका लागि यौन साथीसँगको सम्बन्धप्रति प्रतिबद्ध हुनुपर्ने हुन्छ । विवाहित महिलासँगको सम्बन्धमा प्रतिबद्धताको आवश्यकता नपर्ने हुनाले सजिलो हुन्छ । 

अर्को तर्क पुरुष स्वभावले नै चुनौतीपूर्ण कार्य गर्न चाहन्छ र विवाहित महिलासँगको सम्बन्धमा एक किसिमको विजयबोध गर्छ । त्यसैगरी विवाहित महिला अनुभवी हुने आफ्ना चाहना स्पष्ट रूपमा भन्ने अनि नयाँ प्रयोग गर्न सजिलै मान्ने, उनीहरूमा भय कम हुने जस्ता कुरा भएकाले पनि अविवाहित पुरुषहरू उनीहरूप्रति आकषिर्त हुन्छन् । 

विवाहित महिलाहरू यस्ता सम्बन्धका सन्दर्भमा कम तनावमा हुन्छन्, किनभने उनीहरू भावनात्मक रूपमा परिपक्व हुन्छन् र उनीहरूका लागि खर्च गर्नुपर्ने बाध्यता पनि हुँदैन । विवाहित महिलाले त्यस्ता पुरुषसँग सामाजिक, आर्थिक भार उठाउन सहयोग गरोस् भन्ने अपेक्षा गरेका हुँदैनन् र सम्बन्धमा प्रतिबद्धता पनि खोजेका हुँदैनन् । उनीहरूको उद्देश्य यौन सम्पर्क राख्नु मात्र हुन्छ ।

के गर्नुपर्ला  ?

तपाईं अहिले किशोरावस्थामै हुनुहुन्छ । यो उमेरमा यौन भावनाको विकाससँगै विभिन्न किसिमका यौन परिकल्पना पनि गरिन्छ । यसै क्रममा विवाहित महिलाप्रति यौन रूपमा आकषिर्त हुन पुगिन्छ । तपाईं विवाहित महिलाप्रति आकषिर्त भए पनि उमेरको हकमा अझै पनि बढ्ने क्रममै हुनुहुन्छ । उपरोक्त कुराका आधारमा तपाईंले आफू यसरी विवाहित महिलाप्रति आकषिर्त भएको कुरालाई विश्लेषण गरेर कारण पत्ता लगाउनुभयो भने समाधानमा सहयोग पुग्न सक्छ । 

माथि गरिएका आकर्षणका कुरा हुँदाहुँदै पनि विवाहित व्यक्तिका लागि यो विवाहेत्तर सम्बन्ध हो । यसबाट श्रीमान्लाई धोका दिएको नै मानिन्छ र सबन्ध-विच्छेदसम्म पनि हुन सक्छ । तपाईंको सम्बन्धले गर्भ रहन गए अर्को संकट निम्तिन सक्छ, तसर्थ यौन आकर्षणमा परेर जोसमा होस हराउनु हुँदैन । वासनाको प्रभावमा सोच-विचार नगरी निर्णय गर्नु हानिकारक हुन सक्छ ।


साभार : साप्ताहिक 

आफ्नो यौवनले विश्व हल्लाउने स्त्री ः प्रमिला उर्फ पामेला

Posted by Unknown | Saturday, March 28, 2015 | Posted in

हे ! भगवान्, बर्बाद भो ! आज त मैले गर्भ निरोधक चक्की नै खान बिर्सिएछु !’ आफ्नो कलेजको गल्लीमा बसेर यसरी चिच्याउने ती युवती अरू कोही नभएर यस शताब्दीकै कामुक एवं विवादास्पद चर्चित सुन्दरी प्रमिला सिंह चौधरी उर्फ  पामेला वोर्डेस थिइन्  । आफ्नो  अनुपम यौवनको रसले एक पटक विश्वकै प्यास मेटाइदिने अझै भनौँ आफ्नो सौन्दर्य र कामुकताको छालले ‘मै हुँ’ भन्ने शासकहरूलाई लछप्पै रुझाइदिने सौन्दर्यकी मसिहा प्रमिलाको जन्म भारतको  हरियाणास्थित एक सानो गाउँमा सन् १९६२ अप्रिल १९ मा भएको थियो । भारतीय सैनिकका जागिरे पिता मेजर महेन्द्र सिंह चौधरी र माता शकुन्तला सिंह चौरधीको कोखबाट यस धर्तीमा  पाइला टेकेकी  एक साधारण भारतीय  नारी पछि गएर दुनियाँका शासकहरूको निन्द्रा हराम गर्नेछिन् भनेर सायदै कसैले सोचेका थिए होलान् । साधारण मध्यम तर शिक्षित परिवारमा जन्मेकी प्रमिला सिंह चौधरी पछि पामेला वोर्डेसको नामबाट संसारका मै हुँ भन्ने शासकहरूलाई  शासन गर्दै चर्चित बनिन्  । आफू जन्मेको महिना दिनमै आफ्ना सैनिक पितालाई गुमाएकी प्रमिला माताको संरक्षणमा हुर्केकी थिइन् ।  विधवा आमाले निकै कष्टका साथ उनलाई  हुर्काएकी थिइन् । यतिसम्म कि उनलाई राम्ररी हुर्काउन बढाउन उनकी आमाले छात्रवासमा वार्डेनको काम  गर्नेदेखि लिएर ग्याँस सिलिण्डर बेच्नेसम्मको काम गर्नु परेको थियो । उनी जन्मदै साह्रै सुन्दरी थिइन्, विस्तारै उनमा कामुकता पनि बढ्दै गयो । मिलेको शरीर उज्याली अनुहार भएकी उनी सानैदेखि पढ्नमा पनि तेजिली थिइन् । उनले प्राथमिक शिक्षा स्थानीय लरेन्स स्कुलबाट लिएकी भए पनि माध्यमिक शिक्षा भने जयपुरस्थित महारानी गायत्री देवी विद्यालयबाट पूरा गरिन् । उनले एक पटक सुनेको र देखेको कुरा सायदै बिर्सन्थिन् । कुसाग्रबुद्धिकी उनी  खेलकुदमा पनि सौखिन थिइन् । घोडसवार र टेनिसमा उनका सहपाठीहरू उनीसँग टक्कर गर्न सक्दैन थिए ।  उनी प्राकृतिक रूपमै सुन्दर भएकीले कहिल्यै सिँगारिने  गरिनन् । सिँगारबिना उनको  तेजिलो अनुहार र सहपाठीहरूभन्दा असाधारण शारीरिक  विकासले गर्दा उनका साथीहरू आश्चर्यमा पर्दथे । उनको शारीरिक बनावट एकदमै कामुक र जो–कोहीलाई पनि लोभ्याउने किसिमको थियो । सरकारी जागिरे आमाको सरुवासँगै दिल्ली जाने क्रममा उनले दिल्लीको साउथ दिल्ली बुमेन्स पोलिटेक्नीकलबाट फेशन एण्ड टेक्सटाइल डिजाइनिङ्गमा डिप्लोमा सकेसँगै बेरी लेडी श्रीराम कलेजबाट पनि बि.ए पढ्न भ्याइन् । आफ्नो प्राकृतिक सुन्दरतमा सन्तुष्ट र त्यसमै रमाइरहेकी उनी जसै कलेज जीवनमा पाइला टेकिन् उनमा केही परिवर्तनहरू हुन थाले । सिँगारबाट जहिल्यै टाढा रहने प्रमिला अब सिँगारबिना बाँच्न नसक्ने भइन् । सुनमा सुगन्ध भनेझँै उनमा सिँगार थपिँदा अवर्णनीय सुन्दरता थपियो, जसले जो–कोहीलाई पागल बनाउन पर्याप्त रह्यो । उनी स्त्री भैकन पनि स्त्री जस्ती थिइनन् । उनी आफ्ना केटीसाथीहरूभन्दा पनि केटा साथीहरूसँग हिमचिम बढाउँथिन् । हो यहीबाट  सुरु हुन्छ उनको  यौनको जादुमय जीवन । उनले कलेज जीवनमै आफ्नो यौवनको चमत्कारिक अमिट छाप छोड्न सफल रहिन् । उनको यौवनका रस पिएर उनका कलेजका केटा साथीहरू धन्य भए, तृप्त भए । उनी मन मिल्नासाथ जो–कोहीसँग पनि नाङ्गिन संकोच मान्दिन थिइन् । उनको विचारमा  सेक्स केही पनि थिएन, यौटा रोमान्चक खेलबाहेक, जुन उनी बारम्बार खेल्न मन पराउँथिन् । उनी एकदमै खुला स्वच्छ र विशाल विचारकी थिइन् । उनले आफ्नो कलेज जीवनमा पनि तिनै केटाहरूसँग मात्रै रात बिताइन्, जुन केटाहरू उनीजस्तै स्वच्छ र खुला विचारले ओतप्रोत थिए । केटा साथीहरूसित कलेजमा खुलम खुला यौनका चर्चा देखि लिएर बीच चहुरमा चुम्बन गर्न पनि उनी कहिल्यै पछि पर्दीनथिइन् । उनमा  कहिल्यै आफू नारी भएको भान भएन  र उनले त्यो व्यक्त गरिनन्  पनि । उनी  आफूलाई केटा भन्दा केही कुरामा कमी ठान्दिन थिइन् । यति सम्म कि  उनी कलेजमा साथीहरूबीच नागिन्थिन्, जसले उनका साथीहरू बेचैन बन्थे । उनी कुरैकुरामा टिसर्ट खोल्थिन् भने गर्मी भएमा लगाएको जिन्सको पाइन्ट नै फुकाल्थिन् । उनको स्तनको प्रत्यक्ष दर्शन नपाउने उनका साथीहरू सायदै थिए होला । उनी जहाँ जान्थिन् त्यहाँ तहल्का मच्चिन्थ्यो । उनलाई कहिल्यै लज्जा संकोच र डरले छुन सकेन । उनी जहिल्यै स्वतन्त्र हुन मन पराउँथिन् । विस्तारै उनमा महत्वकांक्षी चाहनाहरू पलाउँदै गए । यस्का लागि उनले आफ्नो रूप र यौवन भजाउने निर्णय गरिन्, जसका लागि उनी विस्तारै फेसन क्षेत्रमा प्रवेश गरिन् । उनीले विश्वमै शक्तिशाली सम्पन्नशाली बन्ने जुन महत्वाकांक्षी इच्छा बोकेकी थिइन्, त्यसलाई उनी मोडलिङ क्षेत्रबाट पूरा गर्नका लागि आफ्नो सुन्दरता र यौवनको सिँढी उक्लने विचार गरिन् । यसै क्रममा उनी सन् १९८१ मा पहिलो  पटक मुम्बई गइन् । उनको महत्वाकांक्षी  स्वभावले र उच्च उद्देश्य पूरा गर्न भनी उनी मुम्बई  पुगेकी थिइन । उनी  फेशनको दौडमा अगाडि दौडेर अथाह सम्पति कमाउन चाहन्थिन् । उनले प्राकृतिक रूपमा जुन सुन्दरता र यौवन  प्राप्त गरेकी थिइन् । त्यसलाई उनी पैसाम बदल्न चाहन्थिन् । जुन उनी मुम्बइ जानुभन्दा अगाडि नै दिल्लीमा नै केही विज्ञापन  कम्पनी एडवेजबाट  ख्याती कमाइ्सकेकी थिइन् । किनभने उनको सुन्दरता र बोल्ने खुबी अथाह थियो । उनी मुम्बई गएर त्यस्ता व्यक्तिहरुरूसत सम्बन्ध अगाडि बढाइन्, जसबाट उनको उद्देश्य र महत्वाकांक्षा पूरा हून्छ भन्ने उनलाई  लाग्यो । मुम्बई  पुगेपछि उनले आफ्नो नाम प्रमिलाबाट पामेला सिंह राखिन् । पामेला उनले क्याम्पस पढ्दाखेरि नै प्रयोग गरे पनि उनका साथीहरू भने सजिलोका लागि उनलाई प्रमिला नै भन्थे । उनको  नामको पछाडि सिंह थरको पनि विवाद छ । उनको सिंह थर भएको कोहीसँग न त विवाह नै भयो न त कोही त्यस्तो दाबी गर्न नै आयो । उनको उद्देश्य प्राप्तीको पहिलो खुड्किलो उनको नामले दिलायो । प्रमिलाबाट पामेला बन्नु नै उनको उद्देश्य पूरा गर्नुको अगाध लगाव थियो । यसै क्रममा उनले १९८२ मा फेमिना पत्रिकाद्वारा आयोजित मिस इण्डिया  प्रतियोगितामा उनी सफल रहिन् । उनले आफ्नो छविलाई रातारात शिखरमा पु¥याइदिएर उद्देश्य पूर्तिमा कोशेढुंगा बनाउन सफल रहिन् । 
उनी मिस इण्डिया बनेसँगै उनलाई बलिउडमा पनि प्रवेश गर्न मन लाग्यो  । जुन उनको लागि कठिन थियो  । उनी उद्देश्य राखेपछि पुरा गर्न आतुर र अधैर्य हुन्थिन । उनमा धैर्यता भने जीवनमा कहिल्यै आएन । उनले छिट्टै आफ्नो उद्देश्य पूरा गर्नका लागि बे्रड तताउने होस या बेड दुवैमा राजि हुन्थिन् । मात्र उनको उद्देश्य पूरा हुनु पथ्र्यो । यसका लागि आफ्नो यौवनको पासो फिजाउन खप्पीस थिइन् । यसै सन्दर्भमा उनको यौवनको पासोमा गान्धी फिल्मका निर्देशक रिचर्ड एटनवरो तथा उनका केही विदेशी सहायकदेखि लिएर भारतीय वितरक एवं निर्माताहरू फसे । उनले एउटा सानो रोल पाइन् । उनले सोचे जस्तो भएन । यति सानो रोलले उनको उद्देश्यमा सहयोग गर्ने नदेखेपछि फेरी उनी विश्व सुन्दरी प्रतियोगितामा भाग लिनको लागि सन् १९८२ जुलाइमा पेरु गइन् । यो नै उनको जीवनको उद्देश्य प्राप्तिको ढोका थियो । भनौं ईश्वरले उनको उद्देश्य पूरा गर्न उनलाई त्यहाँ पु¥याएको थियो । उनले त्यहाँबाट त्यस्तो यात्रा गरिन् जुन कहिल्यै पछाडि फर्केर हेनु परेन । उनले जुन ज्यू बेचेर नै किन नहोस् घ्यू किन्ने सपना देखेकी थिइन् । त्यसको लागि उपयुक्त बाटो त्यो भन्दा अरु केही हुन सक्दैनथ्यो ।
उनले त्यो बाटोमा मात्रै आफ्नो जिन्दगीलाई दौडाइन जुन बाटोमा नयाँ नयाँ पुरुषहरू, प्रभावशाली हस्तीहरू, संसारका धनाढ्य, महान राजनीतिज्ञ, कलाकारसँग सजिलै सम्पर्क स्थापित गर्न सकियोस् र उनीहरू उनको यौवनको आगोको अगाडि मैन जस्तो पग्लुन् । तर उनलाई एक पल्ट भाग्यले छल्यो । उनी विश्व सुन्दरी प्रतियोगितामा असफल भइन् । तर उनी हार मान्नेवाला थिइनन् । उनी त्यस पछि फेरी केही मान्छेहरूलाई हाता लिएर पेरुबाट लस एन्जलस् गईन् । तर उनको अस्थाई भिषा र पासपोर्टमा समस्या देखियो । जसबाट मुक्त हुन उनले तुरुन्त एक जना फ्रेन्च नागरिक डोमेनिक बोर्डेससँग विवाह गरिन् । र उनी प्रमिला सिंह चौधरी पामेला, पामेला सिंह हुँदै पामेला बोर्डेस बनिन् । र संसार भरि यसै नामबाट चर्चित बनिन् । सन् १९८३ मा डोमेनिक बोर्डेससँग विवाह गरेपछि उनलाई युरोप घुम्न छुट भयो । एक करोडपति गितारबादककी श्रीमती भएपछि उनी सन् १९८५ मा लण्डन गइन् र आफ्नो शोख घोडा सवारी र टेनिसको कारणले त्यहाँको कुलिन वर्गमा पनि आफ्नो क्षेत्र विस्तार गर्दै अमिट छाप छोड्न सफल भइन् ।
यो नै उनको जीवनको सबैभन्दा सफल पाटो रह्यो । उनले यसै क्रममा लण्डनमा उच्च राजनीतिज्ञसँग सम्पर्क स्थापित गरिन् । उनको कुरा गर्ने कला एकदमै अद्भूत थियो र सुन्दरता अद्धितीय । उनले आफ्नै कुरा पूरा गर्न जोकोहीसँग पनि रात बिताउन राजी हुन्थिन् । त्यसपछि उनले लण्डनमा राजनीतिज्ञहरूको यौनको प्यास आफ्नो यौवनको छालले मेटाइदिन थालिन् ।
उनको अगाडि सत्तरी वर्षका बूढाहरू पनि १९ वर्षको तन्नेरीझैँ फूर्तिला हुन्थे । उनले गराइदिने तृप्ततादेखि जो–कोही पनि पागल बन्थे । नेताहरूमा उनको यौवनको रस लिनेमा बिर्टिस सांसद सदस्य डेबिडशा पनि थिए । उनकै सिफारिसमा पामेला हाउस अफ कमन्समा उनी रिसर्च असिस्टेन्ट बनेकी थिइन् । जहाँ उनले बिस्तारै बिस्तारै आफ्नो यौवनको पासोमा संसद् सदस्य तथा मन्त्रीहरूलाई पार्न थालिन् । अब उनको मुठीमा सांसद र मन्त्री आउन थाले । उनले निकै मायाले उनीहरूको वेश्यौली प्यास मेटाइदिन थालिन् र उनीहरूमाथि हावी हुँदै गइन् ।
उनको जवानीको वेग थाम्नेहरूमा इटलीका काउन्ट पार्लो कोलो बत्ती, रोमानियाका राजकुमार पाल, रोलिङ्ग स्टोफनका एक सुपर स्टार बिलवार्ड मेन अब्वजरका सम्पादक डोनाल्ड टरेल फोर्ड । बोर्डरुम पत्रिकाका सम्पादक मार्क बर्था, सण्डे टाइम्स्का सम्पादक एण्ड्रण्यु नील, सांसद हेनरी बेलिङधम, सांसद डेबिसा लिवियाली कुटनीतिज्ञ कर्नेल मुअम्मर अहमद गेडा फदेम तथा बेलायती खेलमन्त्री कोलिन मोएनिहाल आदि थिए । जसलाई पामेलको यौनको प्यास बुझाउन हम्मेहम्मे परेको थियो ।  त्यसपछि पत्रपत्रिकामा उनको शान र शौखिन जिन्दगीको बारेमा छ्यापछ्याप्ती  लेख आउन थाले । त्यतिबेला सम्म ठिक थियो जतिबेला पामेला त्यस बारे प्रतिक्रिया दिन्थिनन् । तर एक पटक उनले एक यस्तो बयान दिइन्, जसले लण्डनको राजनीतिमा केही समयका लागि भूकम्प नै ल्याइदियो । उनको विषयमा १२ मार्च, १८८९ मा ब्रिटेनको एक पत्रिका न्युज अफ द वल्र्डले छाप्यो– ‘हाउस अफ कमन्समा एक वेश्या कार्यरत छे, जो मोजमस्तीको लागि जे पनि गर्न सक्छे ।’
ब्रिटेनमा यो खरबले सनसनी मच्चायो । पछि फेरि पत्रिकाहरूले लेखे कि टोटी पार्टीका सांसद डेबिड शाकी शोध सहायक पामेला वार्डेस एक वेश्या हुन् । उनी एक कलगर्ल हुन् र उनी आफ्नो थोरै कमाईको बाबजुद लण्डनमा ७५ हजार पाउन्डको मूल्यवान् महलमा बसेकी छिन्  र उनको सम्बन्ध उच्च व्यक्तिहरूसित मात्रै छ ।
यही शृंखलामा चलिरहेको बेला पामेलाको यौटा सनसनीपूर्ण बयान दिइन्– “यदि मैले सबै पोल खोलिदिने हो भने लण्डन ठप्पै हुन्छ । अझै मैले कोकोसँग रात बिताएँ, त्यो भनिदिएँ भने ब्रिटेनको सत्ता आजै ढल्नेछ ।” उनको समाचार र बयानलाई लिएर धेरै समय उनी मिडियाको मसला नै बनिन् । उनको सनसनी खोजेर कामुक तथा उत्तेजक फोटो छाप्ने मिडियाहरूमा प्रतिस्पर्धा नै चल्यो । उनी यस शताब्दीकै कामुक विवादास्पद र विलासी नारीको परिचय बनाउन सफल रहिन् ।
कुनै बेला उनको यौवनको वरिपरि सारा विश्वकै राजा–महाराजाहरू झुम्मिन्थे । एकपल्ट अमेरिकाका राष्ट्रपति जर्ज डब्लू बुसद्वारा लण्डनमा आयोजित एक पार्टीमा पामेलालाई विशेष आमन्त्रित गरिएको थियो । साथै उनी विशेष पाहुनाको साथमा अघिल्लो पंक्तिमा बसेकी थिइन् ।
उनले सुन्दर स्त्रीको माध्यमले आफ्ना हतियारको कारोबार चलाउन माहिर सुन्दरता स्त्रीको शौखिन उदनात खामोसीसँग उनकै आवासमा केही महिना बिताइन् । त्यस्तै उनले लिवियाका राष्ट्रपति कर्नेल मुअब्बर गद्दाफिको काकाको छोरा कर्नेल फेदमलाई पनि आफ्नो यौवनको स्वाद चखाइन् । उनलाई उनको जवानी ज्वालाबाट शान्त पार्न सण्डे टाइम्स्का सम्पादक एन्ड्रण्यु नीलले पनि आफ्नो पुरुषत्व छर्के । त्यस्तै बेर्डरुमको सम्पादक बर्था पनि निर्थुक्किए । पामेलाको बैंशमा रुझेका बर्थाकै अनुरोधमा उनले बिर्टिस संसदमा प्रवेश पाएकी थिइन् ।
यसरी ब्रिटिस संसदमा तहल्का मच्चाएर चर्चाको शिखरमा पुगेकी पामेलालाई निगरानीमा राखेर जाँचबुझ कमिटिद्वारा अनुसन्धान गर्दा पनि निर्दोष सावित भइन् । त्यसपछि उनी हङकङ गइन् र लगत्तै सिंगापुर पनि । सँगै इण्डोनेसिया पनि । यसरी प्रमिला चौधरीबाट पामेला वार्डेस बनेर विश्वलाई आफूतिर केन्द्रित बनाएकी भारतीय नारी पामेलाका चरित्रलाई खोट लगाउँदै उनकी आमाले उनीसँग सम्बन्ध तोडेपछि उनी वेश्यावृत्ति वा दलालीद्वारा युगौँयुग पुग्ने सम्पत्ति समातेर यौटा फोटोग्राफरको रूपमा बिताउँदै छिन् ।@the universal time

    Popular Posts

    Blog Archive