Published On:Saturday, February 14, 2015
Posted by Unknown
भ्यालेन्टाइन डे कै दिन विवाह मन्डपबाटै बेहुला भागेपछि....
०३ माघ, काठमाण्डौ,- आफैंले मन पराएर जीवनसाथी बनाउन लागेको बेहुली छाडी बेहुला नै मन्डपबाट भाग्यो भन्दा पत्याउन निकै गाह्रो पर्छ । तर शनिबार काठमाडौंको बत्तिसपुतलीस्थित राममन्दिरमा यस्तो अपत्यारिलो घटना भएको छ । राजधानी दैनिकमा समाचार छ ।
तामझामका साथ आएका झापाका एक युवक आधा विवाह सकिएपछि मन्डपबाटै भागेका छन् । कुनै कारण नबताई बेहुलो भागेपछि बेहुली पक्षधर भने मर्माहत बन्न पुगेका छन् । झापा कुमरखोद स्थायी घर भएका नेत्रप्रसाद काफ्ले शनिबार दिउँसो पागलको नाटक गरी विवाह मन्डपबाट भागेका हुन् ।
उनी बेहुला बनेर झापा बुधबारे स्थायी घर भइ हाल गुहेश्वरी बस्दै आएकी खतिवडा थरकी युवतीलाई बेहुली बनाएर आफ्नो घर भित्र्याउन राममन्दिर आएका थिए ।