Published On:Saturday, February 14, 2015
Posted by Unknown
बेलायती र हङकङको लाहुरे भन्दै युवतीसँग नजिकिएपछि
०३ माघ, काठमाण्डौ,- युवतीहरूलाई विभिन्न बहानामा फसाएर लाखौं रुपैयाँ ठगी गर्ने एकजना पक्राउ परेका छन् । झापा धरमपुर घर भएका वीरबल तामाङले युवतीहरूसँग प्रेम सम्बन्ध हुँदै विवाहसमेत गर्ने भन्दै ठग्ने गरेका थिए । कान्तिपुर दैनिकमा समाचार छ ।
केन्द्रीय अनुसन्धान ब्युरो -सीआईबीका अनुसार यिनले आफूलाई बेलायती र हङकङको लाहुरे भएको बताउँदै नजिक हुने गरेका थिए । त्यही बीचमा आफूलाई कुनै कामले पैसा चाहिएको भन्दै रकम निकाल्ने गरेका थिए । ती युवतीहरूको एटीएम कार्डसमेत लगेर चलाउने गरेको प्रहरीले जनायो ।
ब्युरोका अनुसार यिनले फरक युवतीलाई आफ्नो परिचय दिने गरेका थिए ।